डाक्टरको लापरबाहीले शिशुको औंला गुम्यो
०५ फागुन २०७२
•
७ मिनेट पाठ
डाक्टरको लापरबाहीले शिशुको औंला गुम्यो
काठमाडौं- कान्ति बाल अस्पतालमा उपचारक्रममा भएको लापरबाहीले तीनमहिने शिशुले दाहिने हातका सबै औँला गुमाएका छन्। आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको दाहिने हातका पाँचवटै औँला काट्नुपरेको छ।आन्द्रा बेरिएको अवस्थामा पुस १३ गते कान्तिमा भर्ना गरिएका बालकको त्यसको तीन दिनपछि आन्द्राको शल्यक्रिया गरिएको थियो। शल्यक्रियाका क्रममा शल्यकक्षमा रहेका चिकित्सकसहितको टोलीले लापरबाही गर्दा बालकको हात हिटरले पोलेको थियो।




हिटरले पोलेको विषयमा अस्पतालले बालकका आफन्तलाई तत्काल जानकारी दिएन, पछि त्यसको उपचारमा समेत ध्यान दिएन।

आन्द्राको शल्यक्रिया गरेर अप्रेसन थियटरबाट निकालिएको बच्चाको हातमा पट्टी बाँधेको देखेपछि आफन्तले त्यसबारे जानकारी मागेका थिए। बालकका हजुरबुबा बुद्धिसागर अधिकारीका अनुसार त्यतिबेला अस्पतालले कोठा तताउन बालिएको हिटरको रापले बच्चाको हातमा सानो फोका उठेकाले पट्टी बाँधिएको जवाफ दिएको थियो।

'सानो फोका हो, हामीले ड्रेसिङ गरिदिएका छौँ। नर्मल नै छ। बच्चालाई डिस्चार्ज गर्दा पनि फरक पर्दैन भनेका थिए,' बुद्धिसागरले भने, 'उनीहरुले पोखरामै स्वास्थ्य संस्थामा लगेर फेरि ड्रेसिङ गराउनू भनेका थिए।'

कान्तिले पुस २२ गते डिस्चार्ज गरिदियो। पोखरास्थित गण्डकी अस्पतालका चिकित्सकले डे्रसिङ गर्ने क्रममा देखे, हात त कालै हुनेगरी जलेको रहेछ। उनीहरुले बालकका आफन्तलाई औंलाको घाउ शल्यक्रिया नगरी निको नहुने अवस्थामा रहेको बताएपछि उनीहरु छाँगाबाट खसेझैं भए।

त्यसपछि उनीहरु बालकलाई लिएर माघ १ गते कान्तिमै आएका थिए। आन्द्राको शल्यक्रियामा संलग्न चिकित्सक डा. पुष्कर पोखरेललाई भेटेर उनीहरुले बालकको हातबारे जानकारी गराए। बुद्धिसागरका अनुसार शल्यक्रिया गर्ने डाक्टरले कान्तिमा पोलिएको उपचार गर्ने युनिट छैन भन्दै त्रिवि शिक्षण अस्पताल रेफर गरिदिए।

'पहिले पोल्दा यहीँ उपचार गर्ने अनि हामीलाई कुनै जानकारी नदिने तर पछि अस्पतालमा युनिट नै छैन भनेपछि हामीले पहिले लापरबाही भएको चाल पायौँ,' उनले भने, 'त्यसपछि हामीले जुनसुकै हालतमा पनि नातिको उपचार यहीँ गर्नुपर्छ भन्यौँ अनि टिचिङबाट डाक्टर बोलाइयो।'

उनका अनुसार जलेको हातका औँलाको समयमै उचित उपचार नहुँदा सबै औँला काट्नुपर्ने अवस्था भइसकेछ।

आफन्तका अनुसार हातका सबै औँला काट्नुपर्ने भएपछि अस्पतालले माघ ४ गते निःशुल्क शल्यक्रिया गरिदियो। त्यसयता बालक अस्पतालमै उपचाररत छन्। अस्पतालले लापरबाही गरी बालकको औँला काट्नुपर्ने अवस्था आएपछि आफन्तले छानबिन गर्न माग गरेका थिए।

अस्पतालले चिकित्सक डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनायो। श्रेष्ठले एक साताअघि नै प्रतिवेदन बुझाइसकेका छन् तर अस्पताल प्रशासनले उक्त प्रतिवेदन गोप्य राखेको छ। उपचारमा संलग्न चिकित्सक पनि एक सातादेखि बिदामा बसेका छन्।

अस्पतालस्रोतका अनुसार छानबिनका क्रममा पनि अस्पतालका तर्फबाट त्रुटि भएको पाइएपछि प्रतिवेदन गोप्य राखिएको हो। छानबिन समितिका संयोजक डा. श्रेष्ठलाई घटनाबारे जिज्ञासा राख्दा 'छानबिनक्रममा भेटिएका सबै विवरण तयार पारी अस्पताल प्रशासनमा बुझाइएकाले प्रतिवेदनमा भएका कुरा अस्पतालबाटै लिनू' भन्ने जवाफ दिए।

अस्पताल प्रशासनले प्रतिवेदनबारे प्रवक्ता डा. कैलाश झालाई जानकारी रहेको बतायो। प्रवक्ता झाले पनि आफूलाई यो विषयमा कुनै जानकारी नरहेको बताए। 'यस विषयमा मलाई कुनै जानकारी छैन,' उनले नागरिकसँग भने, 'छानबिन समितिलाई नै सोध्नुहोला।'

अस्पतालका निर्देशक डा. चन्दे्रश्वर महासेठले समितिले प्रतिवेदन बुझाएको र प्रतिवेदनका विषयमा सबै विवरण स्मरण नभएको बताए। तर, उनले घुमाउरो हिसाबले उपचारक्रममा अस्पतालका तर्फबाट केही त्रुटि भएको भने स्विकारे।

'बच्चाको उपचारक्रममा एक्सिडेन्ट्ली हात पोलिएको थियो,' उनले भने, 'छानबिनक्रममा पनि यो कुरा आएको छ। हामीले एक्सिडेन्ट्ली भएको उक्त घटनापछि बच्चाको सबै उपचार निःशुल्क गरिदिने भएका छौँ।' उनले उपचारक्रममा यस्ता दुर्घटना कहिलेकाहीँ हुने गरेको दाबी पनि गरे।

अस्पताल निर्देशक डा. महाशेठले बच्चाको सबै उपचार निःशुल्क गरेको बताए पनि आफन्तले बच्चाको उपचारका क्रममा हालसम्म डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताएका छन्। आफन्तले घटनाको यथार्थ विवरण बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्।

आफन्तले बच्चाको शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने र यसका लागि २ लाख रुपैयाँको कोष बनाउनुपर्ने माग गरेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस