काठमाडौं- नेपाल टेलिकमले स्वेच्छिक अवकाश (भिआरएस) कार्यक्रम अन्तर्गत ७ सय ९६ कर्मचारीलाई अवकाश दिएको छ। संस्था सुदृढीकरण गर्न सरकारी स्वामित्वको टेलिकमले २५ वर्ष अवधि पुगेका ती कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको हो।
विभिन्न चरणमा गरेर १ हजार ४ सय कर्मचारीलाई स्वेच्छिक अवकाशमा सहभागी गराउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा यो निर्णय भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए। दोस्रो चरणको कार्यक्रम यसै आर्थिक वर्षभित्र सुरु गरिने आचार्यले जानकारी गराए।
बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको टेलिकमका सह–प्रवक्ता डिल्लिराम अधिकारीले बताए। 'संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत ७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय भएको छ,' अधिकारीले भने, 'संस्थालाई प्रतिस्पर्धात्मक रुपमा पुनर्संरचना गर्न उक्त निर्णय भएको हो।'
स्वेच्छिक अवकाश पाएका कर्मचारी एकमुष्ठ रकम लिएर बिदा हुनेछन्। स्थायी सेवा गरेको अवधि, सेवा गर्न बाँकी रहेको समय र खाईपाई आएको सुविधाको आधारमा एकमुष्ठ रकम पाउने अधिकारीले बताए। अवकाश लिएका कर्मचारीले बाँकी सेवा अवधिमध्येबाट वार्षिक ४ महिनाको तलब सुविधासहित एकमुष्ठ रकम पाउने छन्। एकमुष्ठ रकम लिएर अवकाश पाएका कर्मचारीको टेलिकममा कुनै दायित्व रहने छैन। उनीहरुले पेन्सन पनि पाउने छैनन्।
स्वेच्छिक अवकाश पाएका कर्मचारीले कति रकम पाउँछन् भन्ने हिसाबकिताब आउन बाँकी छ। अवकाश दिने निर्णय भइसके पनि सञ्चालक समितिबाट यसको 'फाइनल कपी' आउन बाँकी भएकाले एक–दुई दिनभित्र यसको हिसाबकिताब हुने अधिकारीले बताए।
संस्थालाई नयाँ प्रविधिमैत्री बनाउन भिआरएस कार्यक्रम ल्याइएको प्रबन्ध निर्देशक आचार्यले बताए। 'यस कार्यक्रम नयाँ प्रविधिलाई सजिलै ग्रहण गर्न नसक्ने कर्मचारीको लागि हो,' आचार्यले भने, 'अवकाश पाउने पनि लक्षित वर्गभित्रै पर्नुभएको छ।' यस क्रममा टेलिकमका राम्रा र 'क्रिम' कर्मचारी बाहिरिने डर नभएको उनले बताए। 'राम्रा र क्रिम कर्मचारीलाई हामी जान दिदैनौं,' उनले भने, 'यो कार्यक्रम क्षमतावान कर्मचारीको लागि होइन।'
टेलिकमले केही समयअघि स्वेच्छिक अवकाशमा भाग लिन इच्छुक कर्मचारीको लागि सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाका आधारमा परेका निवेदनका आधारमा ७ सय ९६ जना छानिएका हुन्।
कार्यक्रममा २५ वर्ष पूरा भएका तर नियमित अवकाश पाउन ६ महिनाभन्दा धेरै अवधि रहेका कर्मचारीमात्र सहभागी भएका छन्। टेलिकमले भिआरएस कार्यक्रमको सूचना प्रकाशित गर्दा पहिलो, दोस्रो र तेस्रो चरण गरी अवकाश दिने जनाएको थियो। उक्त कार्यक्रममा सहभागी हुन इच्छुकले दिएको निवेदनमध्ये प्रक्रिया पूरा भएका कर्मचारीलाई पहिलो चरणमा अवकाश दिइएको हो।
अवकाश पाउनेमा एकदेखि ११औं तहसम्मका कर्मचारी छन्। २५ वर्ष अवधि पूरा भएका सबै कर्मचारीको लागि यो कार्यक्रम भएकाले १ हजार ४ सय कर्मचारी कटौती हुनेछन्। टेलिकममा हाल देशभरमा ५ हजार १ सय कर्मचारी कार्यरत छन्।
पुराना कर्मचारी कटौती गर्ने टेलिकमको पहिलेदेखिकै योजना हो। सूचना र सञ्चार क्षेत्र नयाँ प्रविधियुक्त बन्दै गएको र बजारमा प्रतिस्पर्धा पनि बढ्दै गएकाले संस्थालाई चुस्त बनाउन यसले सहयोग गर्ने अधिकारीले बताए। संस्थालाई चुस्त बनाउन यो योजना ल्याइएको हो।