भ्यालेन्टाइन डे(प्रणय दिवस)का लागि यस वर्ष भारतबाट करिब ४० लाख रुपैयाँ बराबरको गुलाब आयात हुने भएको छ।

भ्यालेन्टाइन डेका अवसरमा युवायुवतिले प्रेम दर्शाउन उपहारको रुपमा प्रेमको प्रतिक गुलाब आपसमा साटासाट गर्ने गर्दछन्। जाडो याममा नेपालमा खास गरी काठमाडौं उपत्यका क्षेत्रमा फूलको उत्पादन कम हुने भएकोले यो मोसममा आन्तरिक खपतका लागि भारतबाटै फूल ल्याउने गरिएको नेपाल फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष लोकनाथ गैरेले बताए।
'भ्यालेन्टाइन डे पनि जाडोमै पर्ने भएकोले आन्तरिक उत्पादनले नपुग्दा भारतबाट ल्याउनु पर्ने बाध्यता छ,' उनले भने, 'यस वर्षक करिब १ लाख स्टिक गुलाब भारतबाट आयात हुने हाम्रो अनुमान छ।' भारतबाट ल्याउँदा आकार, गुणस्तर र रंगका आधारमा प्रति स्टिक ३० रुपैयाँदेखि ५० रुपैयाँ थोक मूल्यमा गुलाब ल्याउने गरिएको छ। यस हिसाबले औषतमा करिब ४० लाख रुपैयाँ बराबरको गुलाब आयात हुने अनुमान गरिएको छ । गुलाब आयात व्यक्तिगत रुपमा पुष्प व्यवसायीहरुले आ–आफ्नै तरिकाले गर्ने गरेका छन्।
पश्चिमी सभ्यताको प्रभावमा परेका शहरी क्षेत्रका युवायुवतीले प्रणय दिवसका दिन गुलाबको फूल उपहार दिने गरेको भए पनि धेरैजसो युवायुवतीले गुलाब उपहार नदिइकनै पनि अन्य उपहार दिएर प्रेम दर्शाउने गर्दछन्। 'सबै युवायुवतीले गुलाब नै दिन्छन् भन्ने पनि छैन,' अध्यक्ष गैरेले भने, 'त्यसैले गुलाबको खपत कम नै भएको मान्नु पर्छ।'