अख्तियारको 'ब्ल्याकमेलिङ'पछि डिनको राजीनामा
२३ माघ २०७२
•
११ मिनेट पाठ
अख्तियारको 'ब्ल्याकमेलिङ'पछि डिनको राजीनामा
काठमाडौं— मेरिट प्रणालीमा आधारित भई ३५ लाख रुपैयाँसम्म शुल्क लिएर मात्र एमबिबिएसमा विद्यार्थी भर्ना गर्नुपर्ने नियम कार्यान्वयन नगराउन आफूमाथि परेको दबाब थेग्न नसकेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. राकेश श्रीवास्तवले पदबाट राजीनामा दिएका छन्। मनपरी भर्नामा चर्काे शुल्क असुल्दै आएका 'मेडिकल माफिया' का दबाब झेल्न नसकेपछि उमेरहदले अवकाश पाउने पदावधि एक वर्षजति बाँकी छँदै उनले शुक्रबार पद त्यागेका हुन्।२०७० फागुन १ गते वरिष्ठताका आधारमा डिन नियुक्त श्रीवास्तवको राजीनामा शुक्रबारै स्विकृत भइसकेको छ ।

उनले चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको सिफारिस, मन्त्रिपरिषद निर्णय र सर्वोच्च अदालतको आदेशअनुसार भर्नामा मेरिट प्रणाली अनिवार्य लागू गर्न एवं निर्धारित शुल्कसीमा कार्यान्वयन गर्न अडान लिँदै आएका थिए ।

सम्बन्धन पर्खाइमा रहेका मेडिकल कलेजलाई जथाभाबी सम्बन्धन दिनुपर्ने अनुचित दबाबसामु समेत उनी कहिल्यै झुकेका थिएनन्।

अघिल्ला शिक्षामन्त्री चित्रलेखा यादव र उपकुलपति हीराबहादुर महर्जनले पटकपटक दबाब दिए पनि श्रीवास्तव सम्बन्धन दिन नसक्ने अडान राखेर लोकप्रिय भएका थिए ।उनले आफ्नो राजीनामापत्रमा 'स्वास्थ्य' लाई कारण देखाउँदै डिन र त्रिविको प्राध्यापक पदबाट समेत राजीनामा दिएको उल्लेख छ । उनले नागरिकसँगको कुराकानीमा आफूले राजीनामा दिएको जनाउँदै स्वास्थ्यलाई त्यसको कारण बताए । 'डिन भएपछि स्वास्थ्य उपचारका लागि समय निकाल्न पनि भ्याइनँ,' उनले भने, 'त्यसैले अहिले राजीनामा दिएँ ।'

श्रीवास्तवले सहयोगीमार्फत तीन दिनअघि दर्ता गराएको राजीनामा शुक्रबारको कार्यकारी परिषदले स्वीकृत गरिसकेको त्रिवि उपकुलपति तीर्थराज खनियाँले बताए ।

'राजीनामा दर्ता भएपछि मैले फोन गरेर सोधेको थिएँ र भेट्न पनि भनेको थिएँ,' खनियाँले नागरिकसँग भने, 'उहाँले भेटे पनि फिर्ता नलिने भनेपछि राजीनामा स्वीकृत भइसक्यो ।'

कार्यकारी परिषदले आइओएमकै सहायक डिन विमलकुमार सिन्हालाई निमित्त डिन बनाएको छ ।

तत्कालीन डिन डा. प्रकाश सायमीले पनि जथाभाबी सम्बन्धन दिन आएको दबाब झेल्न नसकेकै कारण २०७० पुसमा पद त्यागेका थिए।

अख्तियारकाे ब्लाकमेलिङ छानवीन हुनुपर्छ: डा.केसी

स्रोतका अनुसार श्रीवास्तवले निजी मेडिकल कलेजको दबाब र प्रभावमा अख्तियारबाट समेत दुवै निर्णय लागू नगर्न दबाब आएको निकटका चिकित्सकसँग बताएका थिए । नागरिकको जिज्ञासामा भने उनले त्यस्तो दबाब आएको स्वीकार्न चाहेनन् ।

यता, वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियारका केही आयुक्तले 'ब्याकमेलिङ' गरेर राजीनामा दिन बाध्य पारेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन्।

'किन राजीनामा दिन बाध्य पारियो र किन यति चाँडै स्वीकृत गरियो, छानबिन होस्,' उनले भने । उनले श्रीवास्तवको राजीनामालाई दुर्भाग्यपूर्ण भन्दै उनले थालेका सुधार नरोक्न पनि तत्काल वरिष्ठताकै आधारमा डिन नियुक्त हुनुपर्ने बताए ।

सुरुमा सरकारको निर्णय कार्यन्वयनकै पक्षमा उभिएको आइओएमले पुस दोस्रो साता अचानक मेडिकल कलेजहरुलाई पत्राचार गर्दै निर्धारित शुल्क र मेरिटमा खुकुलो हुन सक्ने मौका दिएको थियो । आइओएमका सहायक डिन डा. शरद वन्तले परामर्शबिनै कलेजहरुलाई एकतर्फी भर्नाको बाटो खोलेदेखि नै डिन श्रीवास्तव लामो बिदामा बस्दै आएका थिए ।

यसबीच उनी बंगलादेश र भारत भ्रमणमा लामो समय बिताएर फर्केका थिए ।

आइओएमले असोज १३ को मन्त्रिपरिषद निर्णय र मंसिर १५ को सर्वोच्च अदालतको आदेशअनुसार प्रवेश परीक्षा पास भएका विद्यार्थीमध्ये करिब ४ हजार विद्यार्थी काउन्सिलिङ गर्दै कलेज छान्न लगाएर भर्नाका लागि पठाएको थियो । तीमध्ये केही कलेजले मात्रै तोकिएको शुल्कमा विद्यार्थी सीमित सिटमा भर्ना दिएका थिए ।

मेरिटमा परेका विद्यार्थी ३५ लाख शुल्कमा भर्ना गर्न कलेज पुगे पनि कलेजहरुले ५० लाखसम्म तिर्न तयार भए मात्र भर्ना लिइने भन्दै फकाईरहेका छन् ।

सुरुमा आइओएमले कलेजहरुलाई मेरिटकै आधारमा निर्धारित शुल्क लिएर मात्र भर्ना लिन निर्देशन दिएको थियो तर कलेजहरुले अटेर गरेर विद्यार्थीलाई दुःख दिए पनि आइओएमले कलेजसँग खाता मागेर पहिलो किस्ता जम्मा गरेको रिसिभ आइओएमका बुझाएपछि मात्रै भर्ना गर्ने सूचना निकालेको थियो । तर पनि कलेजहरुले विद्यार्थी खातै नदिने, बन्द भएको खाता दिने र खाता पैसा जम्मा गरिसकेकालाई समेत बढी पैसा नदिए पढ्न नदिने भन्दै भर्ना रोकेका थिए ।

सबैभन्दा बढी राजधानीको किस्ट मेडिकल कलेजले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा विश्वविद्यालय अनुदान आयोगले पैसा तिरिदिने गरी पढ्न गएका विद्यार्थीलाई समेत भर्ना लिन अटेर गर्दै आएको छ । आइओएमका पदाधिकारीले बारम्बार आग्रह गरेपछि सुरुमा खाता नम्बर दिनै इन्कार गरेको थियो भने पछि दिए पनि भौचर जम्मा गर्न जाँदा निष्क्रिय खाता नम्बर दिइएको पाइएको थियो ।

किस्टले योग्यता सूचीमा पछाडि परेका विद्यार्थीसँग ५० लाखसम्म र बीचतिर परेका विद्यार्थीसँग कम्तीमा ४५ लाख एकमुष्ठ नदिएसम्म भर्ना नलिने जनाउँदै आएको छ ।

उच्चस्रोतका अनुसार अख्तियार प्रमुख लोकमानसिंह कार्कीका आफन्तको कलेज भएकाले आफूहरुलाई नटरेको भन्दै आइओएम पदाधिकारीले मन्त्रालयमा गुनासो गर्दै आएका छन् । अख्तियारका एक आयुक्तको छोरा र भतिजी योग्यता सूचीमा पछाडि परेको र किस्टले भर्ना गराइदिने वचन दिएकाले पनि यो वर्ष योग्यता सूची लागू गरे 'फसाइदिने' दबाब आएको गुनासो गरेका थिए ।

स्रोतअनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत यसपटक शुल्क र सिट संख्या निर्णय लागू गर्न नसकिने संकेत मन्त्रालयमा गरेका थिए ।

सुरुमा ३५ लाख शुल्क र मेरिट भर्ना दुवै लागू गर्ने मनस्थितिमा देखिएका आइओएम पदाधिकारी पछिल्लोपटक अचानक कलेजहरुलाई 'खुकुलो' छाडिदिने पक्षमा उभिएका थिए । आइओएम स्रोतका केयुअन्तर्गतका कलेजले मेरिट लागू नगरेपछि त्रिविअन्तर्गतका कलेजले समेत नमान्ने अडान राखेपछि पदाधिकारी 'खुकुलो छाड्ने' रणनीतिमा लागेका थिए । त्यतिबेला कलेजलाई अदालतको आदेश र मन्त्रालयको निर्णय नमानेको भन्दै कारबाहीको बाटो नै नरहने गरी सहायक डिन डा. वन्तले गुपचुपमै पत्र पठाइदिएको भनाइ अन्य पदाधिकारीको छ ।

पुस १६ को मितिमा कलेजहरुलाई पठाइएको पत्रमा कुनै कारणवश परीक्षार्थी आफू छानिएको कलेजमा भर्ना नभई रिक्त हुन गए बाँकी सिटमा भर्ना गर्न निर्देशन दिइएको थियो । पहिलो चरणमा पठाएका विद्यार्थी नै कलेजले भर्ना नदिएपछि आइओएमले सुरुमै कारबाही नगरी सात दिन म्याद थपिदिएको थियो ।

वरिष्ठताका आधारमा डिन नियुक्ति माग गर्दै डा. केसी अनशनमा रहकै समयमा पनि त्रिविले डिन नियुक्तिमा आलटाल गरेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्ति गर्न २४ घन्टे अल्टिमेटमपछि श्रीवास्तव नियुक्त भएका थिए ।

२०३९ पुस १८ मा सहायक प्राध्यापकबाट सेवा प्रवेश गरेका श्रीवास्तव २०५४ वैशाख ५ मा प्राध्यापकमा बढुवा भएका थिए । श्रीवास्तवले २०७३ फागुनमा उमेरहदका कारण अवकाश पाउँथे । नेपालका प्रथम नाक, कान, घाँटी रोगविशेषज्ञ डा. लक्ष्मीनारायण प्रसादका छोरा श्रीवास्तव 'स्टेट फर्वार्ड' र 'एक्सन ओरियन्टेड' डिनमा गनिन्थे ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस