काठमाडौं- पछिल्लो ६ वर्षमा मुलुकको राजस्वमा सूचना प्रविधिसम्बन्धी कम्पनीको योगदान ८ गुणाले बढेको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०६६/६७ मा सूचना प्रविधिसम्बन्धी कम्पनीले २ अर्ब ३० करोड रुपैयाँ राजस्व तिरेकोमा ६ वर्षपछि २०७१/७२ मा उनीहरुको योगदान बढेर १५ अर्ब १० करोड रुपैयाँ पुगेको छ।विभागको तथ्यांकअनुसार २०७२/७३ को १० महिनामा मात्र राजस्वमा १४ अर्ब ४० करोड रुपैयाँ योगदान गरिसकेको छ। २०७२/७३ को अन्तसम्ममा सूचना प्रविधिसम्बन्धी कम्पनीहरुको राजस्वमा योगदान ८ गुणाले बढेर १६ अर्ब पुग्ने निश्चित छ। राजस्वमा सूचना प्रविधिसम्बन्धी कम्पनीले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य सबै कर सामेल छन्।
मुलुकमा पछिल्ला वर्ष सूचना प्रविधिसम्बन्धी कम्पनी खुल्ने क्रम उल्लेख्य दरमा बढको छ। जसले राजस्वमात्र नभएर रोजगारी सिर्जनामा पनि ठूलो योगदान दिएको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष विनोद ढकालले बताए।
उनका अनुसार सरकाले सूचना प्रविधिसम्बन्धी कम्पनीलाई प्रोत्साहन गर्ने हो भने राजस्वमा यिनीहरुको योगदान दोब्बर हुनेमा दुईमत हुँदैन। राजस्व विभागका अनुसार पनि पछिल्लो समय सूचना प्रविधिसम्बन्धी कम्पनी राजस्वमा दर्ता भएर कारोबार गर्ने क्रम बढे पनि कारोबार भने उल्लेख्य रुपमा बढेको छैन।
हाल मुलुकमा चार विश्व विद्यालय, ६२ भन्दा बढी कलेज, ३ सय १८ भन्दा बढी सफ्टवेयर तथा हार्डवेयर कम्पनी, विविध आइएसपी, इनटरनेट सेवा प्रदायक, वेब डिजाइनिड., होस्टिड. तथा रजिस्ट्रेसनलगायत विविध सूचना प्रविधिसम्बन्धी कम्पनी राजस्व विभागमा दर्ता छन्।
विभागका अनुसार ८३ हजार ४०० सूचना प्रविधिसम्बन्धी कम्पनी कर कार्यालयमा दर्ता भए पनि करिब ४ हजारले मात्र नियमित कर बुझाउने गरेका छन्।
सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर सूचना प्रविधीसम्बन्धी प्रोफेसनलहरुलाई नेपालमा नै राख्न सक्ने हो भने राजस्वमा योगदान हालको दाँंजोमा धेरै गुना बढ्ने एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको विचार छ।
यस्तै, भन्सार कार्यालयका अनुसार नेपालबाट धेरै सफ्टवेयर निर्याता पनि हुने भएतापनि भन्सारसंग यसको कुनै तथ्यांक छैन। किनकि सफ्टवेयर निर्यात विद्युतीय माध्यमबाट हुने गर्दछ।
विश्व बैकको सूचना प्रविधीसम्बन्धी कम्पनीहरुको अध्यायन–२०१०ले नेपालबाट १ करोड देखि १ करोड ५० लाखसम्मको सफ्टवेयर सन् २००७मा नै निर्यात भएको तथ्यांक निकालेको थियो। विश्व बैकले तत्कालिन अवस्थामा नै पनि १.१ अर्ब अमेकिरी डलरको राजस्वको अनुमान गरेको थियो।
एफ वान सफटका अध्यक्ष विश्वास ढकालका अनुसार पनि सूचना प्रविधीसम्बन्धी कम्पनीहरु सरकारको आम्दानीको एउटा दरिलो स्रोत बन्न सक्छन्। तर उनका अनुसार सरकाले सूचना प्रविधी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्दछ। सरकारले एउटा सिहदरवार जस्तै क्षेत्रमा विना अवरोध विद्युत आपुर्ति गरेर सूचना प्रविधीसम्बन्धी कम्पनीहरुलाई स्थापना गर्ने हो भने यो क्षेत्रले राजस्वमा मात्र होइन, रोजगारी सिर्जनामा पनि ठुलो योगदान गर्न सक्दछ।