काठमाडौं- देशभित्रै उपलब्ध कच्च पदार्थको उचित प्रयोग नहुँदा वार्षिक ८ अर्बभन्दा धेरैको सिमेन्ट क्लिंकर बाहिरबाट आयात हुने गरेको छ। देशको विभिन्न ठाउँमा रहेका चनुढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रामा क्लिंकर आयात गर्नुपरेको हो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष ०७१/७२ को तथ्यांक अनुसार ८ अर्ब ४० करोडभन्दा धेरैको क्लिंकर भारतबाट आयात भएको छ। उक्त एक वर्षमा भारतबाट १ अर्ब २३ करोड ४० लाख केजी क्लिंकर आयात भएको हो।
क्लिंकर सिमेन्ट उत्पादनमा चाहिने प्रमुख कच्चा पदार्थ हो। प्राकृतिक खानीमा पाइने चुनढुंगालाई क्लिंकर बनाएर सिमेन्ट उत्पादनमा प्रयोग गरिन्छ। देशलाई चाहिने सिमेन्ट स्वदेशमै उत्पादन हुन थाले पनि यसको कच्चा पदाथ क्लिंकर भने अझै भारतबाट आउने गरेको सिमेन्ट व्यवसायी बताउँछन्।
'सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुने अवस्थमा छौं,' नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले भने, 'पूर्णरुपमा आत्मनिर्भर हुन क्लिंकरमा पनि आत्मनिर्भर हुनुपर्छ।' दुई अढाइ वर्षको अवधिमा नेपालका उद्योगलाई चाहिने क्लिंकर उत्पादन आफैं गर्न सक्ने क्षमतामा पुग्ने थापाले बताए।
अहिले देशभित्र ४६ वटा सिमेन्ट उद्योग छन्। यी उद्योगमध्ये १२ वटाले आफैं क्लिंकर उत्पादन गर्छन्। बाँकी केहीले देशभित्रै उत्पादन भएको क्लिंकर प्रयोग गर्छन भने केहीले आयात गर्छन्।
देशभित्र प्रशस्त मात्रामा चुनढुंगा खानी रहेको अध्ययनले देखाएको छ। ती चुनढुंगा खानीलाई उपयोग गर्न सक्ने हो भने सिमेन्ट निर्यात गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघ तथा अर्घाखाँची सिमेन्ट उद्योगका अध्यक्ष पशुपति मुरारका बताउँछन्। 'देशभित्रै प्रशस्त मात्रामा चुनढुंगा छ,' मुरारकाले भने, 'सिमेन्ट उत्पादन बढाएर अलिकति मूल्य घटाउन सकियो भने नेपाली सिमेन्ट निकासी गर्न सक्छौं।' भारतको उत्तर प्रदेश र बिहार नेपाली सिमेन्टको लािग राम्रो बजार बन्न सक्ने सम्भावना छ।
सिमेन्टको कच्चा पदार्थ क्लिंकर भारत, दक्षिण अफ्रिका लगायत देशबाट आयात भइरहेको संघका महासचिव ताराप्रसाद पोख्रेलले बताए। देशभित्र उत्पादन भइरहेको क्लिंकरले नपुगेपछि आयात गर्नु परेको हो।
बाहिरबाट क्लिंकर ल्याएर सिमेन्ट बनाउँदा मूल्य बढ्छ। आवश्यक सिमेन्ट देशभित्र उत्पादन हुने अवस्था भए पनि भारतबाट आयात भएको सिमेन्ट सस्तो पर्दा आयात नरोकिएको व्यवसायीको भनाइ छ। भारतबाट क्लिंकर ल्याउँदा भन्सार लाग्ने भएकाले नेपाली सिमेन्ट महँगो पर्न जाने व्यवसायीको भनाइ छ। सञ्चालनमा रहेका चुनढुंगा खानीसम्म पुग्ने मोटरबाटो राम्रो नहुनु, यातायात सिन्डिकेट र स्थानीय केही समस्याले गर्दा नेपाली सिमेन्ट महँगो भएको व्यवसायीको भनाइ छ। भारतबाट आयात हुने सिमेन्टसँग प्रतिस्पर्धा गर्न देशभित्रै क्लिंकर उत्पादन गर्ने र उद्योगसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने माग व्यवसायीको छ।
देशको विभिन्न स्थानमा रहेका खानीहरूको उत्खनन गरी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने सिमेन्ट उद्योगको लागि नेपाल सरकारले आर्थिक वर्ष ०६४/६५ देखि सडक तथा विद्युत पूर्वाधारहरू उपलब्ध गराउने नीति लिएको छ। देशभित्र रहेका चुनढुंगा खानीको उत्खनन र प्रयोग गर्ने उद्देश्यले सरकारले खानीसम्म बाटो र प्रसारण लाइन बनाउने कार्यक्रम लामो समयदेखि सञ्चालन गरिरहे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।
सरकारले योजना पूरा गर्न ढिलासुस्ती गरेकाले उद्योगीलाई नै उक्त योजना बनाउन जिम्मा दिए छिटो सम्पन्न हुने र उपलब्ध चुनढुंगाको प्रयोग हुन सक्ने व्यवसायीको भनाइ छ। केही खानीसम्म बाटो र विद्युत लाइन पुर्यासए पनि उद्योगीले खानी सञ्चालन नगरेको उद्योग मन्त्रालयको भनाइ छ।
अहिले जम्मा २० प्रतिशत सिमेन्ट भारतबाट आयात भइरहेको छ। ठूला आयोजनाले ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्ने भएकाले भारतबाट उक्त सिमेन्ट आयात भइरहेको छ। ग्रेडको व्यवस्था भएपछि सिमेन्ट आयात रोकिने व्यवसायीले बताए।