पोखरा- काठमाडौं बस्दा लाहाचोकका गोविन्द श्रेष्ठको घनश्याम पौडेलसँग चिनापर्ची भयो। एकदिन अचानक दुबईबाट कामदार चाहियो भनेर आफूलाई फोन आएको घनश्यामले सुनाए। घनश्यामको घर कहाँ हो? के काम गर्छन् भन्नेचाहिँ गोविन्दलाई केही थाहा थिएन। तैपनि गोविन्दले अरु कुरा केही नसोची आफू दुबई जान मन गरे। 'भिजिट भिसामा जाने हो, काम उहाँ पुगेपछि पाइहालिन्छ,' घनश्यामले यत्ति भनेका थिए, 'मेरो साथी उहीँ छ, उसले फोन गरेर धेरैजना युवा चाहियो भनेको छ।'
गोविन्दले यो कुरा गाउँकै साथीलाई बताए। त्यो साथीले अर्कोलाई। कुरा फैलिँदै २०/२२ जनासम्म पुग्यो। गोपाल चपाईं पढाइ सकेर गाउँमै फाल्टु थिए। उनलाई दुबईको जागिरले लोभ्याउनु स्वाभाविक थियो। उनीमात्रै होइन, जागिर खाइरहेकैहरुलाई दुबई जाने मन भयो। आर्मीबाट अवकाश लिएर गाउँमै बैंकमा सेक्युरिटी गार्ड गरिरहेका शुक्र अधिकारी पनि लोभिए। जागिर छाडिदिए। पोखरामा सहकारीमा काम गर्ने कुलप्रसाद अधिकारीले पनि जागिरको माया मारे। गणेशप्रसादले अधिकारीले कुखुराको फार्म नै बेचिदिए। आखिर महिनाको १ लाख रुपैयाँ कमाइने जागिरको आकर्षण जो थियो।
दुबईमै बस्ने राजकुमार शर्मासँग तिनै घनश्याममार्फत सबै युवाले फोनमै कुराकानी गर्न थाले। नचिनेको मान्छे ठगी पो हाल्छ कि भन्ने सोचेर उसको घरठेगाना पनि सोधे। 'मेरो घर नेपालगन्जको फुलटेक्रा हो, त्यहाँ गएरै सोध्नोस् न म को हो?,' शर्माले यति भनेपछि लाहाचोकका युवा ढुक्क भए। निधिखुदी गर्नपट्टि लागेनन्। अनि शर्माले भनेकै व्यक्ति ऋतिक शर्मालाई पैसा बुझाए। केही पैसा मोहन खनालको नामको खातामा माछापुच्छे्र बैंकमा दाखिला गरिदिए।
२ लाखका दरले पैसा बुझाएका ती युवामध्ये ८ जना त दुबईका लागि उडेका पनि थिए। तर, दुबई पुगेर पनि उनीहरुले भनेजस्तो काम त के कुनै पनि रोजगारी पाएनन्। उल्टै जेल पर्नबाट बल्लबल्ल जोगिएर फर्किए। 'आफूसँग लगेको १ हजार डलर पनि त्यही राजकुमार शर्मालाई दुबईमा बुझाएर रित्तै फर्कियौं,' गोपाल चपाईंले सुनाए। पुगेको दिनमै सबै जनासँगको १ हजार डलर शर्माले आफूहरुबाट फुत्काएको उनले बताए। 'काम खोज्न पैसा चाहिन्छ, त्यो तपाईंहरुकै पैसाले खोज्ने हो भने क्यारे हामीले पनि दिइहाल्यौं,' उनले भने, '४ दिनसम्म खान–बस्न राम्रो गरेका थिए, पछि फेरि अर्काे ठाउँ फेरे।'
१४ दिन फेरि अर्काे ठाउँमा सारेपछि राजकुमारले कुरा पनि फेरे। 'भिजिट भिसामा आएको हुनाले अब तपाईंहरु फेरि दुबईबाट बाहिर निस्किएर आउनुपर्छ,' उनले भनेको चपाईं सुनाउँछन्, 'मुम्बई पुगेर आउनोस्, जागिर रेडी हुन्छ।' त्यो कुरा पनि आफूहरुले मानेको चपाईंले बताए। 'मुम्बई जाने भनेर बिहानै ५ बजे एयरपोर्ट पुग्यौं तर, उडेनौं,' उनले भने, '४ दिनसम्म त एयरपोर्टमै लुकेर बसेका थियौं, पछि प्रहरीले समात्यो, जेल जान्छौं कि घर भनेपछि घरै आयौं।' उनीहरु जनवरीको दोस्रो हप्ता अर्थात पुस अन्तिमतिर स्वदेश फर्किएका हुन्। त्यसपछि पालो कुरेर गाउँमै बसेकाहरु पनि झसंग भए।
लहलहैमा वैदेशिक रोजगारीमा जाने भन्दा ठगिएको कुराले यी युवा आफ्नो बुद्धि देखेर आफैं हाँस्छन्। श्ाुक्रराज भन्छन्, 'हामी जानेबुझेका जस्ता मान्छे पनि ठगियौं,' उनी आफैंप्रतिको व्यंग्यमिश्रित हाँसो हाँसे। अहिले उनीहरु ठगिएको पैसा फिर्ता पाइन्छ कि भनेर अड्डा चहार्दैछन्। तर, प्रहरीले भने ठगीसम्बन्धी मुद्दा आफूले नहेर्ने बताएपछि निराश छन्। अदालतमा मुद्दा दिनका लागि पनि उनीहरुसँग ठग्ने व्यक्ति राजकुमार शर्मा भनिएकाको असली नाम ठेगाना पत्तो छैन। सुरक्षित आप्रवासनका लागि वैदेशिक रोजगार (सामी) परियोजनाकी संयोजक मैया गुरुङका अनुसार आधिकारिक मेनपावर एजेन्सीको सट्टा व्यक्तिको पछि लाग्नाले उनीहरु ठगिएका हुन्। व्यक्तिले ठगेकाले यस्तो इस्युलाई वैदेशिक रोजगारीसम्बन्धी ठगीसमेत मान्न नमिल्ने उनी बताउँछिन्।
सामीले वैदेशिक रोजगारमा जान चाहनेलाई परामर्श दिन जिल्ला प्रशासन कार्यालयमै केन्द्र स्थापना गरेको छ। तर, गुरुङका अनुसार विदेश जानेहरु कसैसँग सरसल्लाह लिनै चाहन्नन्। 'कसैलाई भन्यो भने बिगारदिन्छन् कि भन्ने डर छ,' उनले भनिन्, 'सबैभन्दा समस्या यहींबाट सुरु हुन्छ।' व्यक्तिको सट्टा वैदेशिक रोजगार कम्पनीमार्फत नै जानुपर्ने उनी सुझाउँछिन्।