काठमाडौं- अन्तर्राष्ट्रिय चलन अनुसार ग्रेडको व्यवस्था नहुँदा नेपाली सिमेन्टले बजार विस्तार गर्न सकेका छैनन् । केही ठूला आयोजनाले उच्च 'ग्रेड लेवल' लगाएका सिमेन्ट माग्ने तर, स्वदेशी सिमेन्टमा गे्रडको व्यवस्था नहुँदा उद्योगले बजार हिस्सा गुमाइरहेका छन्।
नेपालमा 'ग्रेड' लगाउने व्यवस्था नभएकाले बाहिरबाट सिमेन्ट आयात भइरहेको सिमेन्ट व्यवसायी बताउँछन्। 'ठूलो आयोजनाले ५३ ग्रेड जस्ता विशेष किसिमका सिमेन्ट चाहियो भन्छन्,' नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने, 'हामीले यो स्तरको उत्पादन गर्न सक्ने भए पनि ग्रेड लेख्न पाएका छैनौं।' उत्पादन क्षमता हुँदाहुँदै पनि ग्रेड लेख्न नपाएकाले ठूला आयोजनामा नेपाली सिमेन्टको प्रयोग हुन नसकेको उनले बताए।
सरकारले अन्तर्राष्ट्रिय प्रावधान अनुसार ग्रेडको अनुमति दिएको छैन। बाहिर ३३ ग्रेड, ४३ ग्रेड, ५३ ग्रेड भनेर सिमेन्टको स्तर छुट्ट्याउने चलन छ। अन्तर्राष्ट्रिय स्तरका ठूला निर्माणकर्ताले आयोजना निर्माण गर्दा ५३ ग्रेडका सिमेन्ट माग्ने गरेका छन्। नेपालको प्रावधान अनुसार उक्त ग्रेडका सिमेन्ट उपलब्ध गराउने अवस्था नभएको व्यवसायीले बताए।
'नेपाली सिमेन्ट उद्योग परिणाम, गुणस्तर र मूल्यको हिसाबले प्रतिस्पर्धी छन्,' नेपाल उद्योग वाणिज्य महासंघ तथा अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले भने, 'हामीलाई अहिले भइरहेको समस्या आफ्ना उत्पादनमा ३३, ४३ वा ५३ ग्रेड लेख्न नपाउनु हो।'
नेपाली सिमेन्टलाई बिक्री गर्न एनएस अनिवार्य गरिए पनि आयातितको हकमा भने त्यो प्रावधान लागू छैन। यसमा सरोकारवाला निकायले ध्यान दिनु जरूरी भएको मुरारकाले बताए।
'आयातित सिमेन्टको तुलनामा गुणस्तरमा कुनै समस्या छैन भने नेपाली सिमेन्टले किन ग्रेड लेख्न नपाउने? कि आयातितले पनि लेख्न पाउनु भएन,' मुरारकाले भने, '३–४ वर्षदेखि नै हाम्रा उत्पादनमा ग्रेड लेख्न पाउनुपर्छ भन्दै आए पनि खै के कारणले हो त्यसमा सफलता पाउन सकिएको छैन।'
नेपालमा ओपिसी, पिपिसी र पिएससी भनेर तीन किसिमका सिमेन्ट उत्पादन हुन्छन्। 'यस्तो व्यवस्था सायद नेपालमा मात्र होला,' संघका महासचिव ताराप्रसाद पोख्रेलले भने। नेपाल सरकारको गुणस्तर तथा नापतौल विभागले सिमेन्टलाई गुणस्तर चिह्न दिने गरेको छ।
सरकारले केही वर्षदेखि ग्रेडको व्यवस्था गर्ने भनिरहेको छ। ग्रेडिङको नियम छिट्टै कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। 'यसको तयारी भइरहेको छ,' महानिर्देशक पुडासैनीले भने, 'दुई महिनामा सक्ने गरी उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु।'
केही प्यारामिटरको निरीक्षण गर्न बाँकी भएको उनले बताए। क्लिंकर जस्ता कच्चा पदार्थको निरीक्षण र केही प्राविधिक काम सकेपछि छिट्टै ग्रेडिङ लागू हुने पुडासैनीले जानकारी गराए।
व्यवसायीका अनुसार अहिले जम्मा २० प्रतिशत सिमेन्ट भारतबाट आयात भइरहेको छ। यो पनि विगतमा ठुल्ठूला आयोजनामा भएका सम्झौताले गर्दा भएको उनीहरूले बताए। विशेष गरी अन्तर्राष्ट्रिय ठेक्का प्रतिस्पर्धाका कारणले ठूला आयोजनाका लागि बाहिरबाट सिमेन्ट र डन्डी आयात भइरहेको छ। ठूला परियोजनाका लागि बाहिरबाट सिमेन्ट ल्याउँदा भन्सार छुट पाइने भएकाले पनि आयात भइरहेको व्यवसायीको भनाइ छ।
सरकारी नीतिका कारण स्वदेशी सिमेन्ट उद्यमीलाई परेको अर्को समस्या विदेशी आयोजनाले भारतलगायत देशबाट सिमेन्ट ल्याउँदा भन्सार र भ्याट छुट पाउनु पनि हो। नेपाल सिमेन्टमा लगभग आत्मनिर्भर भइसकेकाले अब सरकारले विदेशी सिमेन्टलाई दिँदै आएको भ्याट र भन्सार छुट बन्द गर्नुपर्ने मुरारकाले बताए। अहिले एक बोरा सिमेन्ट आयात गर्दा ठूला आयोजनाले एक सय ८५ रुपैयाँ भन्सार छुट पाउँछन्। नेपाली सिमेन्टले भने कच्चा पदार्थमा पनि छुट नपाउने नीति छ। अलिकति मूल्य घटाउन सके नेपाली सिमेन्ट निकासी गर्न सकिन मुरारकाले बताए। भारतको उत्तर प्रदेश र बिहार नेपाली सिमेन्टको लागि लागि राम्रो बजार भएको व्यवसायीको भनाइ छ।
भारतको सिमेन्टसँग प्रतिस्पर्धा गर्न सरकारले केही सुविधा दिनुपर्ने व्यवसायीले बताए। पिपिसीमा प्रयोग हुने २५ प्रतिशत फ्लाइअस भारतबाट ल्याउने गरिएको छ। भारतमा फालिएको फ्लाइअस नेपाल ल्याउन यातायात खर्च धेरै हुने र सरकारले उल्टो भन्सार लगाइदिँदा उत्पादन मूल्य धेरै भएको पोख्रेलले बताए। यसको प्रत्यक्ष असर उपभोक्तालाई हुने र उत्पादन मूल्य बढ्दा भारतको सिमेन्टसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरूको भनाइ छ।
केही स्थानीय समस्याले गर्दा सिमेन्ट उत्पादन र यसको मूल्यमा प्रभाव परिरहेको व्यवसायीको भनाइ छ। सरकारले बनाएको सडक राम्रो छैन। त्यसमाथि स्थानीय यातायात व्यवसायीको सिन्डिकेटले गर्दा ढुवानी खर्च बढिरहेको उनीको भनाइ छ। 'हाम्रो झन्डै २० प्रतिशत खर्च यातायातमा गएको हुन्छ,' संघका महासचिव पोख्रेलले भने, 'सडकको भारवहन क्षमता कम हँुदा लागत बढिरहेको छ।'
सिमेन्ट ढुवानी गर्ने बाटो १० टनभन्दा धेरै बोक्न सक्ने अवस्थामा छैनन्। धेरै लामो गाडी चलाउन पर्याप्त घुम्ने ठाउँ नभएकाले उच्च भारवहन क्षमताको सडक नभएकाले धेरै पैसा यसमा गइरहेको छ। सडकको गुणस्तरमा ध्यान दिने हो भने लागत धेरै कम हुने व्यवसायीको भनाइ छ।
यातायातको सिन्डिकेटले पनि उत्पादनमा प्रभाव परेको व्यवसायीको भनाइ छ। 'नेपाली सिमेन्ट उद्योगका लागि सडक र यातायातको सिन्डिकेटले निकै समस्या सिर्जना गरिरहेको छ,' घोराही सिमेन्ट निर्देशक सञ्जय बंशलले भने, 'यदि घरेलु उद्योगलाई सहयोग गर्ने हो भने सरकारले नेपाली सिमेन्ट उद्योगले भोगिरहेका समस्या समाधान गरिदिनु पर्छ।'
नेपाल सरकारले विद्युत र सडकमा सिमेन्ट उद्योगलाई सहयोग गर्ने घोषणा गरे पनि व्यवहारमा त्यसो हुन सकेको छैन। काम गर्ने उद्योगलाई सहयोग नभएको व्यवसायीको भनाइ छ। 'कागजमा मात्र रहेका उद्योगलाई सहयोग गरिएको पनि देखियो,' मुरारकाले भने। चुनढुंगा प्रशस्त भएकाले नेपालमा सिमेन्टको राम्रो सम्भावना भएको र अहिले ४६ वटा उद्योगमध्ये १२ वटाले आफैं क्लिंकर तयार गरिरहेको मुरारकाले बताए।
कम मूल्यमा सिमेन्ट उपभोक्तासम्म पुर्यािउन गैरआर्थिक पक्षले समेत प्रभाव पारेको व्यवसायीको भनाइ छ। बन्द, हडताल, चन्दा आतंक, यातायात सिन्डिकेट, स्थानीय स्तरका समस्याले प्रभाव पारेको व्यवसायीको भनाइ छ। लोडसेडिङको बेला डिजेल ल्याएर उद्योग चलाउनसमेत नपाएको व्यवसायीले गुनासो गरे।