काठमाडौं- उत्पादित बेकरीमा गुणस्तर नभएकाले नाङलो बेकरी क्याफेको पेस्ट्री उत्पादनमा सरकारले सिलबन्दी गरेको छ। बिनाअनुमति सञ्चालन गर्दै आएको उद्योगले गुणस्तर कायम गर्न नसकेपछि सिलबन्दी गरिएको हो।
उपभोक्ताको गुनासोमा बेकरी क्याफे र बेकरी उत्पादन स्थल अनुगमन गर्दा गुणस्तर नभेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार सिलबन्दी गरेको छ। 'नाङलो क्याफेको सानेपास्थित केक पेस्ट्री उत्पादनस्थल अनुगमन गर्दा कानुनविपरित अनुमतिबिना सञ्चालन भइरहेको पाइयो,' विभागका महानिर्देशक संजिवकुमार कर्णले भने, 'उत्पादित केक र स्थल पनि गुणस्तरीय भेटिएन।' उपभोक्ताको उजुरीका आधारमा विभागले केही दिनअघि क्याफेको अनुगमन गरेको थियो।
क्याफेको सानेपामा सञ्चालित उक्त केक पेस्ट्री उत्पादनस्थल सञ्चालन गर्न पनि अनुमति नलिएको महानिर्देशक कर्णले बताए। बेकरी क्याफेले ठैवको शाखामा केक उत्पादन गर्ने भनि अनुमती लिएको भए पनि सानेपाको हकमा अनुमति नलिएको उनले बताए।
'उत्पादनस्थल अनुगमन गर्दा केकमा ब्याक्टेरिया संक्रमण भएको र सरसफाइ नभएको पाइयो,' कर्णले भने, 'कानुन र यो उपभोक्ता हितविपरित सञ्चालन भएको छ।'
केही दिनअघि दि बेकरी क्याफे, नयाँबानेश्वरबाट खरिद गरेको केक खाएर परिवारका सबै सदस्यले बान्ता गरेको भन्दै एक उपभोक्ताले विभागमा उजुरी दिएका थिए। उजुरीका आधारमा विभागले दि बेकरी क्याफे, नयाँ बानेश्वरमा निरिक्षण गर्दा उक्त केक सानेपाबाट खरिद गरी बिक्री गरेको पाइएको कर्णले बताए। दि बेकरी क्याफेले सानेपाबाट दैनिक केक खरिद गर्ने गरेको र विक्री नभए भोलिपल्ट फिर्ता गर्ने गर्नुपर्छ। तर, यसरी फिर्ता गरेको अभिलेख प्रमाण क्याफेले पेश गर्न नसकेको विभागले जनाएको छ।
अनुसन्धानबाट उक्त केक नाङलो बेकरी ठैवको शाखाको रुपमा सानेपा स्थित केक पेस्ट्रि उत्पादन गर्ने कारखानाबाट उत्पादन भएको र उक्त उत्पादन स्थलले अनुज्ञापत्र नलिएको खुल्न आएको थियो। खाद्य नियमावली २०२७ को नियम ३० अनुसार छुट्टै उत्पादन स्थानले समेत अनिवार्य अनुज्ञापत्र लिनुपर्ने व्यवस्था भएकोमा नाङलो बेकरी सानेपाको नाममा अनुज्ञापत्र नभएको विभागले जनाएको छ।
'अनुगमन टोलीले सानेपा शाखाबाट उत्पादित केकेको नमुनाको विश्लेषण प्रतिवेदनले हाइजिनिक अवस्था समेत सन्तोषजनक नरहेको पाइएको छ,' विभागले भनेको छ।
अनुज्ञापत्र नलिइ शाख उद्योग संचालन गरेको र उत्पादि खाद्य गुणस्तरहिन पाइएकाले खाद्य ऐन अनुसार उक्त कम्पनीलाई कारवाही गर्ने कर्णले बताए। खाद्य ऐन अनुसार मुद्धा हाल्ने र सिलबन्दी रहेको उद्योगले प्रकृया पुर्या एर, गुणस्तरीय उत्पादन गरेपछि मात्र संचालन गर्न दिने विभागले जनाएको छ। नाङलो बेकरीले काठमडौं लगायत देशका विभिन्न ठाउँमा बेकरी क्याफे संचालन गर्दै आएको छ।