हाम्रा प्रधानमन्त्री कति स्वस्थ?
०३ माघ २०७२
•
११ मिनेट पाठ
हाम्रा प्रधानमन्त्री कति स्वस्थ?
काठमाडौं- मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएको कार्यक्रममा प्रसंग मिलाएर उनको स्वास्थ्य स्थितिको बचाउ गरे। आफैंले लेखेको पुस्तक 'कार्डियोलोजी एन्ड क्रिटिकल केयर' को विमोचन कार्यक्रममा डा. सायमीले 'प्रधानमन्त्रीले स्टेरोइड नामको औषधि खाइरहेको, मानसिक समस्यामा रहेको भन्ने विषय हल्ला मात्र' भएको बताए।




राम्रै चिनजान भएपछि प्रधानमन्त्रीको उपचारमा प्रत्यक्ष असंलग्न सायमीको भनाइ यत्तिमै रोकिएन। 'उहाँमा कुनै त्यस्तो समस्या छैन। स्टेरोइडका कारण उहाँले केही सम्झनुहुन्न भन्ने कुरा गलत हुन्,' उनले भने, 'उहाँ स्वस्थ हुनुहुन्छ। मिर्गौला प्रत्यारोपण गरिएकाले त्यसका लागि चाहिने औषधि भने खाइरहनुभएको छ।'

सायमीको यो भनाइ कार्यक्रममा 'साइड टकिङ' विषय पनि बन्यो। 'उहाँले निकाल्नै नपर्ने प्रसंग निकाल्नुभएको हो, कतै उहाँलाई बोल्न लगाइएको त हैन भन्ने सन्देह जन्मियो,' कार्यक्रमका सहभागी एक चिकित्सकले भने।

ओलीको घरघरमा खाना पकाउने ग्यासको पाइप पुर्यामउने, एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, विद्युतीय रेल सञ्चालन गर्ने र हावाबाट विद्युत निकाल्ने प्रतिबद्धतालाई विभिन्न सामाजिक सञ्जालमा 'ठट्टा' को विषय बनाइयो।

उनले शनिबार ललितपुर, बुङमतीमा भएको पुनर्निर्माण कार्यक्रमको शुभारम्भमा त भूकम्प छेक्न पर्खाल लगाउनुपर्छ समेत भने। 'घर मात्रै बनाएर हुन्न, घरवरिपरि ढुंगाहरु थुपारिदिने हो भने भुइँचालो जताबाट आउँछ त्यहीँबाट हल्लिँदै, घस्काउँदै आउँछ। पर्खालजस्तो राख्यो भने भुइँचालो आएर ढुंगामा गर्यापकगुरुक पारेर त्यसको तुजुक त्यहीँ सकिन्छ,' प्रधानमन्त्री ओलीले भाषणमा भनेका थिए।

यो सन्दर्भमा कतिपयले यी अभिव्यक्तिलाई औषधिको असरका रुपमा समेत व्याख्या गरिरहँदा कार्यक्रममा ओली आफैंले पनि बालुवाटारको कार्यक्रममा सामयीसँगै सहमति जनाउँदै थपे, 'विरोधीले डाक्टरको हवाला दिँदै मेरो विरोधमा अनेक कुरा गरिरहेका छन्,' ओलीले भने, 'अनि केही मिडियाले त्यसैलाई समाचार बनाइरहेका छन्।'

कार्यक्रममै ओलीले थपे, 'विरोधीहरुले मेरो कुर्सीको मुनि तान्त्रिक चिजसमेत राखे, हेलिकप्टरबाट खस्दा, जेलनेल भोग्दा, मिर्गौला फेल हुँदा, म्यानेन्जाइटिस, निमोनिया जस्ता रोगले सताउँदा नमरेको म जाबो तान्त्रिक चिजले मर्छु होला त?'

उपचारमा संलग्न चिकित्सकले समेत ओलीले न्यून मात्रामा स्टेरोइड खाइरहेको तथ्य सार्वजनिक गरे पनि सायमीले किन 'स्टेरोइड' खाएको भन्ने कुरा लुकाउन खोजेका थिए।

कतिपय चिकित्सकले ओलीका आक्रामक र अस्वाभाविक अभिव्यक्तिलाई औषधिको असरका रुपमा समेत हेर्ने गरेका छन्। आठ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले मूल रुपमा त्यसपछि आवश्यक पर्ने 'इम्युनोसप्रेसन'सहित स्टेरोइडसमेत सेवन गरिरहेका छन्।

प्रत्यारोपण गरिएको अंग अर्काको हुने भएकाले शरीरले सधैं त्यसलाई 'रिजेक्ट' गर्न खोज्छ। कुनै पनि समयमा चाहिनेभन्दा बढी प्रतिरोधी क्षमता विकास भए पनि प्रत्यारोपण गरिएको अंग शरीरले रिजेक्ट गरेर असफल हुने जोखिम हुन्छ। प्रतिरोधात्मक क्षमता कम हुँदा पनि अन्य खालका संक्रमणको जोखिम हुन्छ। यसअवधिमा हातमा भएको फंगल्स इन्फेक्सन, सुगर, मेनेन्जाइटिस सबै यही प्रतिरोधात्मक क्षमता कम हुँदाको असर भएको ओलीको उपचारमा संलग्न चिकित्सक बताउँछन्।

ओलीले सेवन गर्नेमध्ये स्टेरोइड बढी मात्रामा र तत्कालका लागि सेवन गर्दा मानिसमा 'मै हुँ, म नै शक्तिमान हुँ, जे पनि गर्नसक्छु' भन्ने भावना 'युफोरिक इफेक्ट' गराउन सक्छ। वरिष्ठ चिकित्सकका अनुसार यस्तो भावना सामान्यतः छोटो अवधिका लागि स्टेरोइड सेवनले हुन्छ।

ओलीले लामो समयदेखि यस्तो औषधि सेवन गरेको भए यस किसिमको समस्या हुन नपर्ने एकथरी चिकित्सकको दाबी छ। तर लामो समय खाँदा यो असर कम हुँदै गएर शरीरले त्यसलाई समायोजन गर्ने चिकित्सक बताउँछन्। खासगरी स्टेरोइड एन्टिइम्फ्लामेट्री र एन्टिइमिनोसप्रेसनका लागि अन्य बिरामीलाई समेत दिन गरिन्छ।

चिकित्सकका अनुसार छोटो समयका लागि र बढी मात्रामा स्टेरोइड सेवनले अन्य असर भने हुन्छ। युफेरिक इफेक्टसँगै, हड्डी कमजोर हुने समस्या अस्टिअपरोसी, आँखाको दृष्टिमा समस्या, प्रतिरोधात्मक क्षमता कम भएर जुनसुकै संक्रमणको जोखिमसमेत हुने गर्छ। शरीरको अवस्थासँगै औषधिको मात्रा मिलाउन नसके स्टेरोइडले रक्तल्पता, सुगरसमेत जन्माउँछ।

बढी मात्रामा खाँदा गाला फुल्ने, मांसपेशी कमजोर हुने, जिउ सुन्निएजस्तो देखिनेसमेत गराउँछ। डेढ वर्षअघि ओलीको सुगर, संक्रमण, जिउ र अनुहार सुन्निने समस्या निकै बढेको थियो। चिकित्सकका अनुसार प्रधानमन्त्रीमा पछिल्लो दिनमा स्टेरोइडको मात्रा सीमित मात्रै भएकोले अनुहार र जिउ सुन्निने समेत निकै कम भइसकेको छ।

प्रधानमन्त्री निकट चिकित्सक डा. दिलिप शर्माले ओलीले न्यून मात्रामा खाइरहेको स्टेरोइडको कुनै प्रतिअसरलाई पछिल्ला अभिव्यक्तिसँग जोड्नु गलत भएको बताए। 'प्रत्यारोपण गरेका मान्छेले खानुपर्ने इमिनोसप्रेसन र स्टेरोइडको कम्बिनेसन हुँदा प्रतिफल राम्रो हुने भएकाले मात्र ५ एमएल स्टेरोइड हामीले उहाँलाई दिएको हो,' शर्माले भने, 'त्यसले धेरै राम्रो गरेको छ, स्टेरोइडको कुनै असर छैन।'

पूर्व प्रधानमन्त्रीमध्ये गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पनि जीवनको अन्तिम अवस्थासम्म स्टेरोइड सेवन गरेका थिए। तर ओलीको व्यक्तित्व सुरुदेखि ठट्टा गर्ने भएपछि पछिल्ला दिनमा जारी भेटघाटका विषयबस्तुप्रतिको बुझाइ पर्याप्त नहुँदा यस्तो स्थिति आएको बताउँछन्। 'रातदिन भूकम्प, लोडसेडिङ र इन्धनका विकल्पका कुरा हुन्छ,' ओलीका एक आफन्तले भने, 'विषय बुझाउने र बुझ्ने र प्रस्तुत गर्ने कुरामा तालमेल नमिलेर प्रधानमन्त्रीबाट अस्वाभाविक कुरा आइरहेको छ।'

सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले गत वर्ष असारमा महाधिवेशनका कारण नियमित स्वास्थ्य जाँच बिराएको र त्यही समय धपेडीसमेत बढेपछि एकपछि अर्को गर्दै संक्रमण देखिएको थियो। त्यतिबेला हात सुन्निएपछि युरिक एसिडको आशंकामा औषधि चलाइएको थियो। त्यतिखेर उनले खाइरहेको औषधि इम्युनोसप्रेसनको असर रहेको पछि मात्रै यकिन भएको थियो। २०१४ देखि नै हातमा फंगल्स इन्फेक्सन देखिएका ओलीको करिब ७ महिनासम्म नियमित 'ड्रेसिङ' र एन्टिबायोटिक्स सेवनपछि हात पूर्ण रुपमा निको भएको चिकित्सकको भनाइ छ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न मिर्गौला प्रत्यारोपण फिजिसियन डा. दिव्यासिंह शाहले प्रधानमन्त्री हुनुअघि र पछिको तुलनामा स्वास्थ्य निकै सुधार भएको बताइन्। 'बीचका ठूला संक्रमणले उहाँ स्वास्थ्यमा विशेष ख्याल गर्न थाल्नुभएको छ,' उनले भनिन्, 'बीचमा देखिएको सुगर, प्रेसर सबै नियन्त्रणमा छ।'

उनले अहिले मिर्गौलाको कार्यप्रणालीलाई सघाउन प्रत्येक प्रत्यारोपण गरेका मान्छेले खानुपर्ने औषधि मात्रै प्रधानमन्त्रीलाई दिइरहेको जानकारी दिइन्। उनले पछिल्लो दिनमा स्वास्थ्य राम्रो भएपछि ओलीको आत्मबल बढेकोसमेत बताइन्।

चिकित्सकहरु ओलीलाई स्वस्थ रहन औषधि मात्र होइन, स्वस्थ र सन्तुलित आहारका साथै पर्याप्त व्यायाम पनि उत्तिकै आवश्यक छ भन्छन्। 'स्वास्थ्यका हिसाबले उहाँले १८ घन्टा आराम गर्नुपर्ने हो,' एक चिकित्सकले भने। यी कुरा नपुग्नासाथ औषधिको मात्रासमेत थपघट गर्नुपर्ने चिकित्सक बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस