उत्पादन आधा घटेमात्र ब्याज अनुदान
२९ पौष २०७२
•
६ मिनेट पाठ
उत्पादन आधा घटेमात्र ब्याज अनुदान
काठमाडौं- भूकम्प र नाकाबन्दीले मर्कामा परेका व्यवसायीलाई ऋण तथा अनुदान उपलब्ध गराउन सरकारले ल्याएको आर्थिक पुनरुद्धार कोषबाट ५० प्रतिशतभन्दा कम उत्पादन भएका उद्योगले मात्र ब्याज अनुदान पाउने व्यवस्थाले कोष कार्यान्वयनमा जटिलता थप्न सक्ने व्यवसायी बताएका छन्। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही समयमा ५० प्रतिशतभन्दा कम उत्पादन भएका उद्योगीले मात्र यो सुविधा पाउने व्यवस्था कोषमा गरिएको सरकारले बताएको छ।

'आर्थिक वर्ष ०७१/७२ मा साउनदेखि पुससम्म भएको उत्पादनको तुलनामा यस वर्ष ५० प्रतिशत कम उत्पादन भएका उद्योगले मात्र यो सुविधा पाउँछन्,' अर्थ मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले भने, 'यसको मूल्यांकन गरेर ब्याज अनुदान दिइनेछ।' सानादेखि ठूला सबै उद्योगको लागि यही व्यवस्था गरिने उनले जानकारी गराए। त्यस्तै, उद्धार कोषबाट सुविधा पाउनको लागि राष्ट्र बैंकमा बुझाउनुपर्ने कर लगायतका सबै बुझाएको हुनुपर्छ।

एक हप्ताअघि सरकारले भूकम्प र नाकाबन्दीले मर्कामा परेका व्यवसायीलाई ऋण तथा अनुदान दिन एक खर्ब रुपैयाँको आर्थिक पुनरुद्धार कोष स्थापना गरेको छ। यो कोष दुई खाताबाट सञ्चालन हुनेछ। एक– ब्याज अनुदान दिने र अर्को पुनर्कर्जाको सुविधा उपलब्ध गराउने। पुनर्कर्जा पाउनेले ५ करोडसम्म पूरै र यसभन्दा माथि २० प्रतिशतका दरले पाउने छन्। पुनर्कर्जामा भने १० करोडसम्म वार्षिक ४ प्रतिशत र सोभन्दा माथि प्रत्येकले २ प्रतिशतले पाउने देवकोटाले बताए।

५० प्रतिशत भनेर सोझै तोक्दा यसको मूल्यांकनमा जटिलता थप्न सक्ने नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बताए। 'कोषको कार्यान्वयन उदार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,' शर्माले भने, '५० प्रतिशत तोकिएको छ तर यसको मूल्यांकन जटिल हुन सक्छ।' ५० प्रतिशत वा ५१ प्रतिशत उत्पादन कम भएको छ भनेर कसरी मूल्यांकन गर्ने भन्ने विषयले सुविधा लिन अप्ठेरो हुन सक्ने उनले औंल्याए।

'म यो कोषबाट दिएको सुविधा पाउन सक्षम छु भनेर भन्ने आधार के के हुन्?,' शर्माले सोधे, 'हामीले ५० प्रतिशत कम उत्पादन भएको कसरी थाहा पाउने र डाटाको मूल्यांकन कसरी गर्ने?' सानादेखि ठूला उद्योगले यो सुविधा पाउने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। कोषको कार्याविधि आउन बाँकी भएकाले कार्यविधिमा सरलीकरण गर्नुपर्ने शर्माले बताए।

व्यवसायीको तर्फबाट २५ प्रतिशत कम उत्पादन भएकाले सुविधा पाउनुपर्ने प्रस्ताव राखे पनि सरकाले ५० प्रतिशत राखेको छ। साना उद्योगीको लागि २५ प्रतिशत मात्र कम उत्पादन भए पनि यसले धेरै मार पर्ने भएकाले यो सुविधा साना उद्योगीले पनि पाउने वातावरण बनाउनुपर्ने उनले बताए।

ब्याज अनुदान कृषि ट्रेकिङ, ट्राभल, होमस्टे, पयर्टन, रिसोर्ट, र्यारफ्टिङ, घरेलु र साना उद्योग सबै र अरु उत्पादनमूलक उद्योगले यो सुविधा पाउने व्यवस्था भएको देवकोटाले बताए। त्यस्तै, निर्माणाधीन जलविद्युत आयोजना र निर्माण भइसकेका क्षतिग्रस्त जलविद्युत आयोजनाले पनि यो सुविधा पाउने छन्। यो सुविधा सूर्ति र मदिराजन्य उद्योगले भने यो पाउने छैनन्। काठमाडौं लगायत भूकम्प र नाकाबन्दी दुवैबाट प्रभावित जिल्लालाई कोषले समेट्ने छ।

कोष कार्यान्वयन नेपाल राष्ट्र बैंकले गर्नेछ। डेपुटी गर्भनरको संयोजकत्वमा एक मूल्यांकन समिति बन्ने र त्यसले उद्योगीले पाउने सुविधाको मूल्यांकन गरेर सुविधा दिने बताइएको छ।

व्यवसायीले कोषबाट अधिकतम ५ प्रतिशतसम्म ब्याजदरमा ऋण पाउने छन्। सरकारले बैंकहरूलाई १.५ प्रतिशत ब्याजमा ऋण दिनेछ भने बैंकहरू अधिकतम ५ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नु पर्नेछ। स्प्रेड दर ३.५ प्रतिशत रहनेछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस