काठमाडौं- वैशाखको भूकम्पमा घरविहीन हुनुभयो? नयाँ बनाउन तयार रहनुस्। सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम आउँदो माघ २ बाट औपचारिकरुपमै सुरुवात गर्दैछ। वि.सं १९९० को महाभूकम्प सम्झाउने भूकम्प सुरक्षा दिवसकै दिन पारेर माघ २ गते शनिबार राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुनःनिर्माण औपचारिक सुरुवात गरेपछि यसले अभियानको रुप लिनेछ।
राष्ट्रपति भण्डारीले मध्याह्न ११ः५६ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा रानीपोखरी पुनर्निर्माण कार्य शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। त्यहीँबाट भण्डारीले राष्ट्रिय पुनर्निर्माण अभियान थालनी भएको घोषणा गर्नेछिन्। राष्ट्रपतिको घोषणापछि पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा काम सुरु गर्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १९९० साल माघ २ गते आएको भूकम्पको दिन पारेर राष्ट्रिय पुनर्निर्माणको कामको थालनी गर्न लागिएको बताए। '१९९० सालको भूकम्पले ठूलो क्षति गरेपछि भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्देश देशैभरि फैलाउन माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ,' उनले भने, 'हामीले पनि त्यही दिन यो महान अभियान सुरु गर्ने कार्यतालिका बनाएका हौँ।'
'वैशाख १२ मा गइहाल्यो भूँइचालो! सुरक्षित पुनर्निर्माणमा जुट्ने पालो' भन्ने नाराका साथ पुनर्निर्माणको कामको सुरुवात गर्न लागिएको उनले जानकारी दिए।

रानीपोखरीसँगै आमजनताका घर तथा बस्ती पुनर्निर्माणको थालनी कार्यविनायक नगरपालिकाको बुङ्मतीबाट गर्न लागिएको उनले जानकारी दिए। उनका अनुसार बुङ्मती क्षेत्रको पुनर्निर्माणको काम भने प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गर्नेछन्। प्रधानमन्त्री ओलीले २ गते ४ बजे बुङ्मती क्षेत्रको पुनर्निर्माण गुरुयोजना लोकापर्ण गर्दै निर्माण अभियानको सुरुवात गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा नै पुनर्निर्माणका लागि कार्यविनायक नगरपालिका र बुङ्मती पुनर्निर्माण समितिबीच सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यतालिका रहेको ज्ञवालीले जानकारी दिए।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहका अनुसार भूकम्पपछि घर निर्माणको पर्खाइमा रहेका सबै प्रभावित परिवारका सदस्यले माघ २ गतेभित्रै सरकारले तयार पारेका घरका डिजाइन हेर्न पाउने छन्। 'सबै प्रभावितकहाँ सुरक्षित घरका डिजाइन २ गतेभित्र पुर्यााउने तयारी भइसकेको छ,' उनले भने, 'यसका लागि सरकारी तथा अन्य संघ–संस्थाको सहयोगमा सबै १७ वटा घरका डिजाइन पठाउने काम अगाडि बढिसकेको छ।' घरवारविहीन जनताले हातमा परेको नक्सा हेरेर आफूअनुकूल घरको डिजाइन सहजै छान्नसक्ने उनले बताए।
विभागले भूकम्पबाट अति प्रभावित १४ जिल्लालाई लक्षित गर्दै ग्रामीण र कम सहरी क्षेत्रमा उपयोगी हुनेगरी घरका नयाँ डिजाइन तयार पारेको हो। 'भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी बनाइने नमुना आवास भवन' २ लाख ८६ हजारदेखि ३३ लाख रुपैयाँसम्म पर्ने छन्। एकदेखि तीनतलासम्मका १७ प्रकारका भूकम्पप्रतिरोधी घरको डिजाइन रहेको सिंहले जानकारी दिए। वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिका अनुकम्पनले देशभरका ६ लाखभन्दा बढी निजी घर पूर्णरूपमा ध्वस्त भए भने तीन लाख घरमा आंशिक क्षति पुगेको छ।

निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि ०७२ लागू भइसकेको महानिर्देशक सिंहले जानकारी दिए। पुनर्निर्माणको काम अघि बढाउन देशमा करिब ५० हजार तालिमप्राप्त निर्माणकर्मी आवश्यक रहेको उनले बताए। यसबीचमा सुरक्षित भवन निर्माणको काम अगाडि बढाउन विभागले हालसम्म १२ हजार ५ सयजना निर्माणकर्मीलाई तालिम दिइसकेको उनले जानकारी दिए।
सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीका अनुसार भूकम्पपछि परिवर्तित अवस्थामा नयाँ बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउन सरकारले विद्यमान निर्माण मापदण्ड तथा संहितालाई संशोधन गर्दै नयाँ मापदण्ड बनाउने, विगतमा गल्ती गर्नेलाई कारबाही गर्ने, नक्सा पास अनिवार्य गर्नेलगायत एकीकृत बस्तीको योजना अगाडि बनाएको छ।
'भूकम्पले निम्त्याएको क्षतिपछि सरकारले पुनर्निर्माणको योजना मात्र होइन, कार्यान्वयनका लागि मापदण्ड नै तयार पारेको छ,' उनले भने, 'नयाँ मापदण्डअनुसार अब महानगरपालिका, नगरपालिकादेखि गाविससम्म नयाँ भवन बनाउँदा अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने तथा नक्सा स्वीकृति गराउनुपर्ने व्यवस्था छ।' हालसम्म घर बनाउँदा नगरपालिकामा मात्र नक्सा पास गर्नुपर्ने व्यवस्था थियो।
उनका अनुसार घर बनाउन चाहनेले आफ्नो अनुकूलताअनुसार कुनै एक डिजाइन अनिवार्य रूपमा लागू गर्नुपर्ने हुन्छ। तर, कसैलाई उक्त डिजाइन बाहेकको घर बनाउने इच्छा भएमा अनिवार्य रुपमा सम्बन्धित क्षेत्रका सरकारी नियकासँग घरको डिजाइन र नक्सा पास गराएर अन्य डिजाइनका सुरक्षित घरसमेत बनाउन सक्ने छन्।

'अब बन्ने भवन भूकम्पीय दृष्टिले सुरक्षित बनाउन र भवनसंहिता लागू गर्न एकदेखि तीन तलासम्मका १७ प्रकारका घरका डिजाइन तयार पारिएको हो,' उनले भने, 'तीन तलाभन्दा माथि र त्यो भन्दा भिन्न डिजाइनको घर कसैले बनाउन चाहन्छ भने पनि सरकारी निकायमा आएर अनिवार्य डिजाइन पास गराउन सक्छन्।' उनले डिजाइनभन्दा पनि प्रविधिमा बढी जोड दिइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्री प्रयोग अनिवार्य गरिएको बताए।
डिजाइन अनुसारको घर बनाउँदा ग्रामीण क्षेत्रमा सहजै उपलब्ध हुने ढुंगा, माटो, काठ, इँटालगायत निर्माण सामग्रीको प्रयोग गर्न सकिने छ। नयाँ डिजाइनअनुसारको घर र प्राविधिक पक्षको पालना गर्ने हो भने तीन तलासम्मका घर बनाउँदा इन्जिनियरको आवश्यका समेत पर्दैन। तर, त्योभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुसाथै माटो परीक्षणसमेत गर्नुपर्ने हुन्छ।
महानिर्देशक सिंहका अनुसार नयाँ डिजाइन र प्रविधिअनुसार घर बनाउनेले तालिमप्राप्त डकर्मी, सिकर्मी तथा ठेकेदारको सहयोग भने लिनुपर्ने हुन्छ। 'नयाँ डिजाइनसँगै घर निर्माणका क्रममा अपनाइने र प्रयोग गर्ने प्रविधिका विषयमा ज्ञान दिन सरकारले डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने कार्यक्रमसमेत ल्याएको छ,' उनले भने, 'ग्रामीण भेगका मानिसको आर्थिक अवस्थालाई मध्यनजर गरेर गाउँमै उपलब्ध हुने स्रोत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको हो।'

उनका अनुसार भूकम्पप्रभावित जिल्लामा सरकारले उपलब्ध गराउने दुई लाख रुपैयाँ राहत र केही रकम परिवार आफैँले थप गरेर नयाँ डिजाइनअनुसार घर निर्माण गर्न सक्नेछन्। यसका साथै सामूहिक जमानीमा ३ लाख रुपैयाँ ऋणसमेत पीडित परिवारले घर निर्माणका लागि पाउने छन्।
डिजाइनमध्ये 'स्टाब्लिस्ड सोयल ब्लक सिमेन्ट' (सिएसएसबी) को प्रयोगबाट बनाइने एक तले तीनकोठे भवन सबैभन्दा सस्तो मूल्यमा बनाउन सकिने छ। २ सय ७० वर्गफिट क्षेत्रफलमा बनाइने यस्ता घरका लागि २ लाख ८६ हजार खर्च लाग्ने अनुमान गरिएको छ। यस्तै इँटा, सिमेन्टको प्रयोगबाट बनाइने साढे २ तलाको घरका लागि भने सबैभन्दा बढी ३३ लाख रुपैयाँ पर्ने छ।
ढुंगाको प्रयोग गरेर घर बनाउनेको हकमा १८ इन्चको गाह्रो बनाउनुपर्ने हुन्छ भने इँटाको हकमा १४ इन्चको गाह्रो हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यसैगरी, आरसिसी ढलान, काठको भुइँ, पाली भएको, भिरालो जग्गामा बनाउने घर, काठको दलिन, टिनको छाना भएको घरको डिजाइनअनुसार खर्च र घर निर्माणका लागि आवश्यक पर्ने अनुमानित कामदर संख्यासमेत डिजाइनमा उल्लेख छ।