पोखरा- पार्टी मधेस आन्दोलन गरी आयात अवरुद्ध गर्न लागिरहेका बेला सदभावना पार्टी कास्कीका अध्यक्ष फजुल मिया ग्यास कालोबजारीमा लागेको भेटिएको छ। कास्की प्रहरीले पोखरा-१३ मियापाटनस्थित उनको घरबाट ग्यास भरिएका १५ सहित १७ सिलिन्डर आइतबार बेलुका बरामद गरेको छ। फजुल फरार भएका छन्। ग्यास महँगोमा बेचिरहेको अवस्थामा फेला परेकी उनकी श्रीमती सकिलालाई भने प्रहरीले पक्रेको छ।
सद्भावना पार्टीको नाममा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सिफारिस बनाएर लगेका ग्यास मियाले महँगोमा बेचेको गुनासोका आधारमा उनको घरमा प्रहरी पुगेको थियो। गुनासो गरेअनुसारकै व्यवहार देखेपछि फजुलकी श्रीमतीलाई पक्राउ गरी ग्यास सिलिन्डरसमेत बरामद गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर वेदप्रसाद जोशीले जानकारी दिए।
प्रहरीका अनुसार मिया परिवारले खाली सिलिन्डर लिएर जानेसँग ६ हजार रुपैयाँ लिएर भरिएको सिलिन्डर बेच्ने गरेको थियो। प्रचलित बजार मूल्यअनुार खालि सिलिन्डरसँग भरिएको सिलिन्डर साट्दा १ हजार ४ सय रुपैयाँ मात्रै तिरे पुग्छ। सद्भावना पार्टीको कास्की जिल्ला अधिवेशनका लागि ग्यास आवश्यक परेको भन्दै मियाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस बनाई मियाले ग्यास आयात गरेका थिए। उक्त सिफारिस देखाउँदै कपिलवस्तुको कृष्णनगरबाट ग्यास ल्याउने र यहाँ महँगोमा बेच्ने गरेको सुइँको पाएकै आधारमा मियाको घरमा छापा मारेको इन्स्पेक्टर जोशीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा शाखाका इन्स्पेक्टर गणेश वमका अनुसार फजुलकी श्रीमती सकिलालाई कालोबजारीमा अनुसन्धान गर्न सोमबार अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ। वमले यसअघि पनि पोखरा रानीपौवाकी पवित्रा थापालाई ग्यास कालोबजारीमा पक्रेर मुद्दा चलाएको जानकारी दिए। थापालाई अदालतले १५ हजार रुपैयाँ धरौटी लिएर रिहाको आदेश दिएको थियो।
राजनीतिमार्फत समाजको सेवामा खटिनुपर्ने समाजका अगुवा नै ग्यासको कालोबजारीमा लागेको मात्रै होइन, ग्यास बिक्रेताहरुका अगुवा पनि यस्तै धन्दा गरेको आरोपमा यसअघि पक्राउ परेका थिए।
प्रचलित मूल्यभन्दा बढीमा ग्यास बेचेको आरोप बिक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेललाई पनि लागेको छ। उनको डिपोमा छापा मार्दा प्रशासनले त्यस्तो भेटेपछि उनीसँग स्पष्टीकरण मात्रै मागिएन, ग्यास बेच्नै रोक लगाइयो। लेकसाइडमा रहेको डिएनआर ट्रेडर्स डिपोबाट उनले महँगोमा ग्यास बिक्री गरेको भेटिएको थियो। मंसिर २० गते उपभोक्ता मञ्चसहितको अनुगमनमा प्रशासनले उनको डिपोबाट श्रीमाया ग्यास ग्यास बढी मूल्यमा बेचेको भेटिएको थियो। उनले एउटै सिलिन्डरमा ३ हजार ३ सय रुपैयाँ बढी नाफा लिएर बेचेका थिए। त्यसअघि पनि उनले सहुलियतमा लिएको ८० लिटर डिजेल पनि बढी मूल्यमा बेचेको आरोप लागेको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजीप्रसाद कोइरालाले कालोबजारी भइरहेको छ छैन भनेर अनुगमन जारी राखिएको छ। 'अहिले कालोबजारी लगायत मुद्दा प्रशासन स्वयंले हेर्दैन, तर अनुमगन भने जारी छ,' उनले भने, 'अहिले मुद्दाहरु प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालत जान्छ।' नयाँ संविधान अनुसार १ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा अदालतले हेर्न थालेको हो।