माझीगाउँ (दोलखा)- अबिरल बहिरेहछ तामाकोसी नदी। नदी छेउमा छ पिछडिएका माझीको बस्ती। बीचबाट घुसेको चरिकोट–मन्थली पक्की सडकले सुगम गाउँको झल्को दिएपनि कच्याक–कुचुक जस्ता, जाली तार र बाँसका चोयाले बनेका माझीका टहरोले त्यसलाई असत्य सावित गरिरहेको छ। एकसरो लुगाले लाज ढाकिरहेका माझी मध्येदिनमा पनि टहरोअघि सुतेर घाम तापिरहेका छन्। बेला–बेलामा तामाकोसीबाट दर्गुदै आउने सिरेटोले तातेको शरीर क्षणभरमै चिस्याइ दिन्छ।
टहरो नजिक सडक किनारमा पराल ओछ्याएर उमेरले ३० वर्ष नाघेका शंकर–कल्याणी माझी दम्पती तीन लालाबालासहित घाम ताप्न मग्न छन्। तातेको शरीर सिरेटोले चिस्याउँदा उनीहरु बारम्बार परालमै मडारिन्छन्। 'भूकम्पले घर ढाल्यो। नदीमा माछा पनि पाईन छोड्यो,' जुरुक्क उठ्दै ३१ वर्षीय शंकरले भने, 'सँधैका पीडित हामीलाई यो पाली भुँईचालोले जाल हान्यो।'
यो जाडोमा छानो, मानो र न्यानोले एकैसाथ टड्पाइरहेको उनले सुनाए। लक्का जवानीमा दुई जना दृष्टिविहिन छोरासहित पाँच सन्तान भरणपोषणको बोझिलो जिम्मेबारी बोकेका उनलाई भविश्यको भन्दा वर्तमानकै चिन्ता छ। 'सम्पतीको नाममा रहेको त्यही एउटा घर पनि अब रहेन। टहरोभित्र अन्नको गेडो छैन,' उनले चिन्ता दर्शाएर, 'तामाकोसीको छालमा जालभित्र माछा पर्न छाडिहाले। आम्दानीको स्रोत नै गुम्यो।''
नदीमा करेन्ट लगाउनाले माछा नपाईँदा बिहान–बेलुकाको गर्जो टार्ने मेलो टुंगिएको शंकर बताउँछन्। राहतको खाद्यन्नसमेत सकिएपछि यो माझी परिवारलाई शीत चुहिने र सिरटो छिर्ने छानोसँगै बिहान–बेलुका मुख जोर्ने मानोको चिन्ता पनि थपिएको छ। जन्मँदै आँखाको ज्योती गुमाएका शंकर–कल्याणी दम्पतीका वर्षेनीका माइला र साँईला सन्तान राजेन्द्र (९) र सुजिन्द्र (८) चरिकोटस्थित अपांग गृहमा छन्। सँगै रहेका ११ वर्षीया छोरी चण्डिका, तीन वर्षीय छोरा राजन र डेढ वर्षीय राजु चिसोले बिरामी छन्। 'तातोपानी खुवाएर केटाकेटी तङग्राउँदै छु,' आमा कल्याणी भन्छिन्, 'यो चिसोमा चरिकोटमा रहेका दाजुभाइको हाल के छ कुन्नि! खर्च अभावले भेट्न जान पाएको छैन।'
भूकम्पले जाल हानेको ठानिरहेका माझी गाउँकै ३२ वर्षीय कृष्ण माझी माछा मारेर गरिखाने लहरेपासो (जाली) हराएपछि केही दिनदेखि तनावमा छन्। छेउछाउमा माछा पाइन छाडेपछि टाढा गएका उनी बसमा घर फर्कँदा पासो हराए। 'पासो कहाँ पुग्यो पत्तो छैन,' पासोसँगै हाँसो पनि हराएका उनले भने, 'पासै हराएपछि गाँसै हराएको छ।' हातमुख जार्ने मेलो रोकिएपछि उनले धागो किनेर नयाँ पासो बनाउने जिम्मा श्रीमती अमलालाई दिएका छन्।
छुट्टिएका जेठो छोरा कृष्णले पासोको चिन्ता गरिरहँदा उनका ७२ वर्षीय बाबु लालबहादुर राति शीतले भिजेर घाममा सुकाइएका ओढ्ने ओछ्याउने सुक्ला कि नसुक्ला भनेर ओल्टाइ–पल्टाइ गर्दै थिए। 'पेटभरि तातो खान्की पनि छैन,' उनले भने, 'यी (ओढ्ने–ओछ्याउने) पनि सुकेनन् भने टहरोमूनि रात कटाउँन हामी बुढाबुढीलाई सकस पर्छ।'
९० परिवार पिछडिएका माझी समुदाय रहेको भिरकोट–१ माझी बस्तीमा सबैलाई चिसोसँगै भेटभरि खानाकै पहिलो चिन्ता छ। सामाजिक, आर्थिक, शैक्षिक रुपमा निकै पिछडिएका अधिकांशसँग घर बनेको जग्गा बाहेक अरु केही छैन। कतिपयसँग केही बाखोबारी भएपनि उत्पादन हुने मकै, कोदोले ३ महिनाभन्दा बढी खान पुग्दैन। भएको ढुंगामाटाको घर भूकम्पले ढालेपछि उनीहरुसँग माछा मार्ने जाल बाहेक केही छैन। त्यही जालमा पनि माछा पर्न छोडेपछि उनीहरु खिन्न छन्। त्यसैले शंकरले भनेका होलान्, 'हामी माझी सँधैका पीडित।'
यहाँका माझी माछा मारेर बिहान–बेलुकाको छाक जुटाउँछन्। आम्दानीको यो स्रोत सुकेपछि उनीहरु मर्चा बेचेर आम्दानी लिन्छन्। त्यतिले पनि नपुग्ने भिरका खेतीपातीको काममा मजदुरी गर्न पुग्छन्। ५५ वर्षीय बीरबहादुर माझीका अनुसार पाँच–सात वर्षयता खोलामा करेन्ट प्रयोग गर्न थालेपछि माछा पाइन छोडेको हो। करेन्टले भूरानै मार्ने भएपछि माछा हुर्कन पाउँदैनन्। 'दिनभर खोलामा दुवाली थुन्दा र जाल हान्दा १० किलोसम्म मर्थे,' उनले भने, 'त्यही बेचेर ढुक्कले खुजारा चल्थ्यो।'
अहिले दिनभर जाल होनर दुवाली थुन्दा पनि एक किलो पनि माछा मर्दैन। 'अन्य समुदायका मान्छे पनि खोलामा पस्न थाले,' वीरबहादुर गुनासो गर्छन्। डेढ सय जति माझी माछा मार्न दैनिक खोलामा छिर्छन्। माछा मरे ६ किमी टाढाको तामाकोसी बजार लगेर बिक्री गरी चामल किन्छन्। एक केजी माछा जुटाउन सके ५ सय रुपैयाँ आम्दानी हुन्छ। 'एउटै माछा पाँच–सात किलोका हुन्थे,' ८० वर्षीया पुतली माझी डेढ दसक अघिको अनुभव सुनाउँछिन्, 'अहिले त औँला जत्रा पनि पाउन मुश्किल छ।' यो ठिहीमा तामाकोसीमा माछा मार्न उत्तिकै चुनौति छ। माझीका अनुसार जाडोयाममा उसैपनि माछा निकै कम पाइन्छ।
राहतमा पाएको जस्ता, पूराना सामग्रीले माझीले टहरो बनाएपनि त्यसलेजाडोमा न्यानो दिएको छैन। साँझ परेपछि सिरेटो एक्कासी बढ्न थालेसँगै शीच चुहिन थाल्छ। बिहान उठ्दा केटाकेटी र बुढाबुढीको आँखा सुन्निन्छ। बाक्लो चिप्रम जम्छ। माझीको टहरो कुचोले बडारे झैँ छन्। खाने गेडो छैन। न्याना ओड्ने, ओछ्याउने र लुगा छैनन्। राहतमा पाएको केही मन्डी पातला छन्। चिसोले घरैपिच्छे कोही न कोही बिरामी छन्। 'राहतमा पाएको म्याटमा एकसरो तन्दा ओछ्याएर मन्डी ओड्दै त सुत्छौं नि, तान्ते होइन्,' लडेर खुट्टा भाँजिएपछि वैशाखीको साहारामा हिँड्ने छातीकी रोगी मनमाया भन्छिन्, 'हामीलाई सँधै उस्तै दुःख छ।' उनका अनुसार पहिला सम्पतीको नाममा ढुंगामाटाका घर हुँदा बाक्ला लुगाफाटा नहुँदा पनि जाडोको पर्वाह हुँदैनथ्यो।
माझी बस्ती भरिनै टहरोमा शीतले भिजेका लुगा, मन्डी, सिरक र तन्ना सुकाउन झुण्डाइएको देख्न सकिन्छ। त्यही सिरक पनि केही दिनअघि मात्र धुर्मुस–सुन्तली सरसफाइ अभियानले दिएको माझी सुनाउँछन्। गत वर्षामा अस्थायी आवास बनाउन सरकारले दिएको १५ हजार रुपैयाँ ऋणधन र खाद्यन्न किन्न खर्च गरेका उनीहरुले यसैसाता मात्र न्यानो लुगा किन्न १० हजार थापेका छन्। त्यो रकम केमा खर्च गर्ने भन्ने द्धिविधामा छन् उनीहरु। खाँचो धेरैको छ, सबै किन्न पैसा पुग्दैन। लुगाफाटा किने चामल छैन, चामल किने लुगाफाटा।
त्यो रकमबाट केहीले चामल नै किनिसके। चामल किनेकाहरु भन्छन्, 'पेट मारेर कसरी अर्थोकमा खर्च गर्नु।' न्याना लुगामा खर्च गर्नेको आफ्नै प्राथमिकता र तर्क छन्। 'चामल किन्नु कि तेलमसला। लुगा किन्नु कि के किन्नु? १० हजारले के आउँछ र?' आठ सन्तानकी अभिभावक ५२ वर्षीया कलेन माझीले केटाकेटीको अडान् सुनाइन्, 'बरु खोले खाएर सास धानौँला, ओछ्यान र लुगा किनेर रात न्यानो बनाउने हो।' द्धिविधाका कारण धेरैले रकम खर्च गर्न सकेका छैनन्।
भएको घरसमेत भूकम्पले ढालेपछि चिन्तित माझी युवा नयाँ घर ठढ्याउन विदेशिन सपना बुन्दैछन्। यसअघि गाउँमा चार–पाँच जना कमाउन खाडीमुलुक पुगेपनि गाउँमा विदेशिने प्रचलनको विकास भइसकेको थिएन। भूकम्पपछि नौजना विदेश गइसकेको २९ वर्षीय बलबहादुर माझीले जनाए। आफैं विदेशिने तयारीमा रहेका उनले भने, 'पुस २० गते दुई जना उड्दैछन्।' उनका अनुसार गाउँका अरु १५ माझी युवा विदेशिने तयारीमा छन्। भन्छन्, 'यहाँ बसेर के गर्नु? खानकै धौ भो। खोलामा माछा पाईँदैन। घर बनाउने चुनौति थपिएको छ।'