१ सय २० गाविसमा चरम खाद्य संकट
१६ पौष २०७२
•
६ मिनेट पाठ
१ सय २० गाविसमा चरम खाद्य संकट
काठमाडौं- मध्य, मध्यपश्चिम तथा सुदूरपश्चिमका ९ जिल्लाका १ सय २० गाविस उच्चतम खाद्य असुरक्षामा परेका छन्। त्यहाँका ६० हजार घरधुरीका करिब २ लाख ६० हजार मानिस प्रभावित भएको सरकारी अध्ययनले देखाएको छ।सिन्धुपाल्चोक, बाजुरा, मुग, डोल्पा, गोरखा, नुवाकोट, रामेछाप, दोलखा, र रसुवा जिल्लाका १ सय २० वटा गाविस चरम खाद्य संकटमा परेको अध्ययनले देखाएको छ। सिन्धुपाल्चोक जिल्लाका ३३ गाविस सबैभन्दा बढी खाद्य असुरक्षाको अवस्थामा रहेको अध्ययनले देखाएको छ। त्यसपछि गोरखा २०, नुवाकोट १३, रामेछाप १२, दोलखा ११, बाजुरा १७ र रसुवाका २ गाविस चरम खाद्य संकटको अवस्थामा छन्। त्यसमध्ये भूकम्प प्रभावित जिल्लामा ४८ हजार ६ सय घरधुरीका लगभग २ लाख ४ हजार ४ सय गंभीर खाद्य असुरक्षित अवस्थामा छन्।

भूकम्पपछि मकै २०, धान २२ र कोदोको उत्पादन १० प्रतिशत ह्रास र साथै पशुपालनको उत्पादन समेत १६ प्रतिशत घट्नुलाई आधार मानिएको छ। क्रमिक रुपमा यस जिल्लामा खाद्य वस्तुको बजार मूल्यमा ८० प्रतिशतको वृद्वि र विप्रेषण प्रवाहमा आएको २० प्रतिशतको ह्रासले अवस्था बिग्रेर गएको छ।

सूदुरपश्चिम विकास क्षेत्रको बाजुरा जिल्ला खाद्य सुरक्षा सञ्जालले १० गाविसहरुलाई चरण ३ मा वर्गीकरण गर्योय। ७ हजार ४ सय घरधुरीबाट लगभग ३२ हजार ८ सय मानिस प्रभावित भएको अनुमान छ। मकै र कोदो (५०Ü) र धान (१३Ü) को उत्पादनमा आएको ह्रास र रोजगारीका अवसर ३० प्रतिशत गुमेको अध्ययनले देखाएको छ।

बर्खे बालीमा देखिएको उत्पादन ह्रासका कारण कर्णालीमा पनि जिल्ला खाद्य सुरक्षा सञ्जालले मुगु जिल्लाका १२ गाविस र डोल्पा जिल्लाका ७ गाविसलाई चरम खाद्य असुरक्षाको सूचीमा राखेको छ। ४ हजार घरधुरीका २२ हजार ८ सय मानिस यस अवस्थाबाट प्रभावित हुन पुगेको अनुमान गरेका छन्।

बर्खे बालीको उत्पादनमा आएको ह्रास, खाद्य सुरक्षा र जीविकोपार्जनमा भूकम्पले पारेका प्रभाव, इन्धन संकट, सडक अवरोध, बजारमूल्यको अनियन्त्रित वृद्धि जस्ता कारणले गर्दा आगामी दिनमा ती गाविसमा चरम खाद्य संकट हुने अध्ययनले देखाएको छ।

कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम, नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली र युरोपेली संघको सहयोगमा गरिएको अध्ययनमा मध्य तथा सुदूरका गाविसमा उच्चतम खाद्य असुरक्षा हुने उल्लेख छ।

त्यसैगरी, आगामी दिनमा सुदूरपश्चिमको बाजुरा १७, मध्यपश्चिमको डोल्पा ७, हुम्ला १७, मुगु १२, र कालिकोटका १० गाविस चरम खाद्य संकट पर्ने अध्ययनले देखाएको छ। यी सबैजसो जिल्लामा जिल्ला खाद्य सुरक्षा सञ्जालले बर्खे बालीको उत्पादनमा आएको ह्रास र खाद्य वस्तुको बजार मूल्य वृद्धि हुनु मख्य कारण मानेका छन्।

मध्यमाञ्चलको दोलखा ११, रामेछाप १२, रसुवा २, र नुवाकोटका ३ वटा गाविस जिल्ला खाद्य सुरक्षा सञ्जालहरुले प्रक्षेपण गरे अनुसार वर्तमान अवस्थामा चरण ३ को खाद्य असुरक्षा अवस्था भोगिरहेका छन्।

त्यसैगरी, मध्यस्तरका जिल्लामा अछाम १९, बैतडी १३, बझाङ २७, दार्चुला २०, डोटी १८, डोल्पा १६, हुम्ला १०, जुम्ला १६, कालिकोट २०, सल्यान १८, दैलेख १०, सुर्खेत १०, जाजरकोट ११, धादिङ ५, सिन्धुली २३, दोलखा २३, रामेछाप २२, रसुवा १२, नुवाकोट २८, काभ्रेपलाञ्चोक ३२, सिन्धुपाल्चोक ३३, ताप्लेजुङ १५, र खोटाङका ९ वटा गाविस छन्।

आगामी चार महिनामा देशका अन्य क्षेत्र भने न्यूनतम खाद्य असुरक्षित चरण (चरण १) मा वर्गीककृत हुन सक्ने छन्, जहाँका घरधुरीहरु बर्खे बाली (धान, मकै र कोदो) को सञ्चयको उपभोग गर्ने छन् र ज्यालादारी कामबाट प्राप्त नियमित आम्दानी, कृषि तथा पशुधन उत्पादनको बिक्री र विप्रेषणबाट जीविकोपार्जन गर्नेछन्।

तथापि, तराईमा व्याप्त आन्दोलनको अवस्था र पहाडी क्षेत्रमा हिमपातले हुने सडक अवरोधका कारणले गर्दा बजार राम्ररी सञ्चालन हुन नसक्ने अवस्था देखिन्छ जसको कारणले खाद्य वस्तुको मूल्य वृद्धि हुन सक्नेछ।
अर्को समाचार
ठेकेदारले समयमा खाद्यान्न नपुर्‍याएपछि संकट
२८ भदौ २०७१
•
३ मिनेट पाठ
ठेकेदारले समयमा खाद्यान्न नपुर्‍याएपछि संकट
मुगु-नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्न ठेकेदारले गाउँमा नपुर्यापए पछि पुर्वी करानको किम्री गाविसमा चरम खाद्य संकट भएको छ।

यस क्षेत्रका लागि नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले पुलु गाविसको पुलुमा वितरण केन्द्र स्थापना गरि हरेक वर्ष खाद्यान्न ढुवानीका लागि ठेकेदार मार्फत खाद्यान्न पठाउने गरिरहे पनि अघिल्लो वर्षबाट नै चामल नपाएको स्थानीयवासीले गुनासो गरेका छन। हामीले ल्होसारका वेला पनि चामल पाएनौ , विकासको त कुरै छैन, चाड पर्वमा समेत चामलसम्म पाउँदैनौ, अहिले गाउँमा भोकमरी छ अवस्था धेरै गाह्रो भईसक्यो किम्री गाविस वडा नम्बर १ का कुञ्जाङ लामाले भने। एकै चोटी तीन प्याक पाउने भन्दै ठेकेदारले गाउँलेबाट पैसा उठाएर लिए पनि अहिलेसम्म गाउँमा चामल पुगेको छैन लामाले भने। करान भेकका पाँच गाविसका लागि प्रति केजी १६ रुपैयाँका दरले पुलु वितरण केन्द्रसम्म खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदार पालजोल लामाले वितरण केन्द्रका लागि जानु पर्ने १ हजार ९ सय क्वीन्टल मध्य अहिलेसम्म १ हजार २ सय ३३ क्वीन्टल खाद्यन्न बुझेर लिई सकेको नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले जनाएको छ। आर्थिक वर्ष २०७०। ७१ का लागि पुलु वितरण केन्द्रका लागि छुट्याईएको खाद्यन्नको कोटाबाट १२ सय ३३ क्वीन्टल ठेकेदारले असारमा नै बुझेर लिई सकेका छन् तर खाद्यन्न वितरण गरेको भरपाई अहिलेसम्म बुझाएका छैनन अब ताकेता पत्र लेख्नु पर्ने भएको छ शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले भने। माँग्री, डोल्फु, पुलु र मुगु गाविसका सर्वसाधारणले खाद्यान्न आँशिक रुपमा पाए पनि किम्री गाविसका स्थानीयवासीले अहिलेसम्म खाद्यन्न पाउन सकेका छैनन्। सदरमुकाम स्थित संस्थानको कार्यालयबाट ठेकेदारले खाद्यन्न बुझेको देखिए पनि गाउँ सर्वसाधारणले खाद्यन्न पाउन सकेका छैनन।

'मेरो काम विशेषले गाउँमा खाद्यन्न पुग्न सकेको छैन', ठेकेदार पाल्जोलले भने 'गमगढीबाट बुझेको खाद्यन्नबीच बाटोमा नै छ अब एक हप्ता भित्र गाउँमा पुग्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस