कानुनै फेरेर मनमोहनका नाममा व्यापार गर्ने दाउ
१६ पौष २०७२
•
१७ मिनेट पाठ
कानुनै फेरेर मनमोहनका नाममा व्यापार गर्ने दाउ
काठमाडौं- सरकारले सहकारीबाट सञ्चालित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुप दिन हतारहतार चोरबाटोबाट प्राविधिक महाविद्यालयसम्बन्धी नीति परिमार्जन गर्न लागेको छ। सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ नीति बनाउने प्रतिबद्धता जनाउँदै चिकित्सा शिक्षाको विकृति विरुद्ध सातपटक अनशन बसेका डा. गोविन्द केसीस"ग पटक–पटक सम्झौता गरेको थियो।ती सम्झौताअनुरुप बनेका समितिले तयार पारेका प्रतिवदेनसमेत बुझिसकेको सरकारले फेरि पनि मनमोहन कलेजलाई नै सम्बन्धन दिने गरी चोरबाटोबाट पुरानै नीतिका बाझिने सर्त हटाउन लागेको हो।

स्रोतका अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पताललाई एमबिबिएस/एमडीलगायत कोर्स पढाउने बाटो खोल्नकै सम्भावित सबै चोरबाटो पहिल्याउने क्रममा यस्तो परिमार्जन गर्न लागेको हो।

प्राविधिक शिक्षण संस्था सञ्चालनसम्बन्धी नीति 'निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३' संशोधनको काम सरकारले अन्तिम चरणमा पुर्या"एको छ। यही नीतिका आधारमा सरकारले यसअघि २० वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ। १६ वटा कलेज मनसाय पत्र लिएर सम्बन्धनको पर्खाइमा छन्।

स्वास्थ्य मन्त्रालयले लगेको प्रतिष्ठानसम्बन्धी प्रावधानसँग बाझिन सक्ने नीतिमा रहेका सर्तहरु पन्छाएर सहकारी लगायतले प्राविधिक महाविद्यालय सञ्चालन गर्न पाउने गरी बाटो खोल्न लागिएको हो। स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक नेपाल स्वास्थ्य सेवा सहकारीले सञ्चालन गरेको मनमोहन अस्पताललाई सहकारीले चलाउने गरी 'मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान' को रुप दिएर नयाँ विधेयक अगाडि बढाएको छ।

संशोधनका लागि किस्ट मेडिकल कलेजसम्बद्ध चिकित्सक डा. बालमानसिंह कार्कीको संयोजकत्वमा गठित समितिले तीन महले मस्यौदा तयार गरेको हो। यो विषयमा नयाँ शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई समेत 'ब्रिफिङ' भइसकेको छ। स्रोतका अनुसार मन्त्री पोखरेलको अनुकूलता हेरेर छिट्टै उच्च प्राविधिक शिक्षा प्रवर्द्धन तथा अनुगमन समितिको बैठकमा छलफल गर्ने र पास गर्ने तयारी गरिँदैछ। मस्यौदाको अन्तिम रुपको कपी नागरिकसँग सुरक्षित छ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले परिमार्जनको तयारी भएको स्वीकार गर्दै मन्त्री अध्यक्ष रहेको समितिमा पेस नभएसम्म के–कस्ता बुँदा राखिएको छ भन्न नसकिने बताए। कुनै कलेजविशेषका लागि प्रतिष्ठान बाटो खोल्न नीति परिमार्जन गर्न लागिएको हो कि भन्ने प्रश्नमा उनले भने, 'मस्यौदाका क्रममा कसैको इच्छा र आग्रह आउन सक्छ, समितिमा गएर परिमार्जन नहुँदासम्म फरक पर्दैन।'

उच्चस्रोतका अनुसार त्यसका लागि विभिन्न संस्थानहरुका डिनहरुको समेत रायसमेत संकलन गरिसकिएको छ। नीतिले चिकित्सासँगै इन्जिनियरिङ, कृषि तथा वन, सूचना प्रविधि, लेखा व्यवस्थापनलगायत विषयका कलेज विद्यालयको नीति तर्जुमा गर्ने भए पनि अहिले चिकित्सामा मात्रै बढी केन्द्रित भएको छ।

सरकारले चिकित्सा शिक्षासम्बन्धी मापदण्ड तय गर्न त्रिवि पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वको समितिले दिएको प्रतिवेदन र 'मेडिकल कलेज उच्चस्तरीय राष्ट्रिय मापदण्ड सिफारिस समिति' को प्रतिवेदनलाई पूरै बेवास्ता गरेको छ। जेठमा शिक्षामन्त्रीलाई बुझाएको गिरी प्रतिवेदन र सोही आधारमा माथेमा प्रतिवेदनले समेत अब खुल्ने मेडिकल कलेजका लागि लगानीको आधार र खोल्न मिल्ने जिल्ला क्षेत्रसमेत सिफारिस गरिसकेको छ।

तीन महलेमा उल्लिखित विवरणमा परिमार्जनको पुस्ट्याइँमा 'सामुदायिक, सहकारी, निजी, साझेदारी, वैदेशिक लागनीजस्ता लगानीका सबै आयामहरुलाई नियमन गर्नुपर्ने भएकाले' उल्लेख छ।

त्यसैगरी, हालको नीतिको पाँच नम्बरमा रहेका उच्च शिक्षा प्राविधिक शिक्षा प्रवर्द्धन तथा अनुगमन समितिमा समेत सामुदायिक र सहकारी क्षेत्रको प्रतिनिधित्व गर्न परिमार्जन गर्न लागेको उल्लेख छ।

परिमार्जित नीतिमा उच्चस्तरीय समितिमा समेत निजी क्षेत्रको प्रतिनिधित्व बढाउने, एमबिबिएस, बिडिएसलगायत विभिन्न विषयमा मनसायपत्र लिन लिइने शुल्कमा समेत परिमार्जन गर्न लागिएको छ। स्रोतका अनुसार परिमार्जनका क्रममा अन्य सर्त र सुझावसमेत परिमार्जन गरेको देखाए पनि खास रुपमा मुख्य बुँदा मनमोहनमै केन्द्रित छ।

नीति परिमार्जन र प्रतिष्ठान स्थापनासम्बन्धी घटना नियोजित रुपमा आएको शिक्षामन्त्रालयका उच्च अधिकारीसमेत स्विकार्छन्। पछिल्लोपटक सरकारले लामो समयदेखि सम्बन्धन कुरेर बसेको मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानका स्वरुप दिएर चिकित्सा शिक्षा पढाउने बाटो खोल्ने तयारी गरेको छ।

हालसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्णरुपमा सरकार मातहतमा मात्रै सञ्चालन रहेको सन्दर्भमा एमाले नेता एवं कार्यकर्ता मिलेर खोलेको प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानकै स्वरुपमा मान्यता दिनेगरी प्रक्रिया अगाडि बढाइएको छ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो कार्यकालमा गुपचुप रुपमै अगाडि बढाएको विधेयकलाई आइतबारको संसद बैठकले 'विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यससँगै विधयक ऐन निर्माणको वैधानिक प्रक्रियामा प्रवेश गरेको छ।

सम्बन्धनका लागि अनेक 'हतकण्डा' अपनाउँदै आएका सञ्चालकले त्रिविबाट सम्बन्धन लिन नसकेको अवस्थामा पछिल्लोपटक आफ्नै पार्टी सरकारमा भएको र संसदमा पनि सुविधाजनक बहुमतको अवस्थामा नयाँ बाटो लिएका हुन्। एमालेका वरिष्ठ नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको कलेजमा २५ सभासदसहित २ हजार ५ सय नेता एवं कार्यकर्ताको सेयर छ।

संसदमा पेस भएको विधेयक पास भई प्रतिष्ठान हुनेबित्तिकै चिकित्सा विज्ञानका हरेक विषय र तहको पठनपाठन एकलौटी रुपमा सुरुआत गर्न सक्छ। सरकारले डा. गोविन्द केसीसँग चिकित्सा शिक्षा नीति नबन्दासम्म नयाँ मेडिकल कलेज स्थापना नगर्ने सम्झौता पटक–पटक गरे पनि नीति चिकित्सा शिक्षा नीति बनाउने प्रक्रिया अड्काएर एमाले नेताको लगानीमा सञ्चालित कलेजलाई प्रतिष्ठानको स्वरुप दिन लागेको हो।

नयाँ सरकार गठनसँगै शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा नीति तर्जुमा मस्यौदा कमिटीको प्रतिवेदनअनुसार समिति र ऐनको मस्यौदा बनाउन प्रक्रिया अड्काइदिएको छ। यही मौकामा फटाफट ऐन पास गर्ने योजनाअनुसार नै विधयेक अगाडि बढाइएको स्वास्थ्य मन्त्रालय उच्चस्रोतको भनाइ छ।

यसअघि स्वास्थ्य विज्ञानसम्बन्धी प्रतिष्ठानहरु प्रत्यक्ष रुपमा स्वास्थ्य मन्त्रालय मातहत स्थापना गरिएको भए पनि यसलाई पूर्णतः सरकारको कुनै लगाम नरहने गरी छुट दिइएको छ।

मनमोहन अधिकारी प्रतिष्ठानका लागि भने पूर्वप्रधानमन्त्री, पूर्व न्यायाधीश र पूर्वसभामुख वा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्यािएका लब्धप्रतिष्ठित व्यक्ति कुलपति हुने व्यवस्था गरिएको छ। जबकि अहिलेका प्रतिष्ठानहरुमा प्रधानमन्त्री पदेन कुलपति हुन्छन्।

मनमोहनका लागि कुलपति सिफारिस समितिसमेत सहकारी संस्थाको अध्यक्षको संयोजकत्वमा बन्ने व्यवस्था गर्न लागिएको छ। कुलपतिले उपकुलपति र उपकुलपतिले अन्य पदाधिकारी नियुक्त गर्ने व्यवस्था राखिएको छ। यो प्रावधानले सरकारसँगको सम्पर्क नरहने देखाएको छ।

त्यसैगरी प्रतिष्ठानको सम्पत्ति तथा दायित्वसम्बन्धी व्यवस्थामा सहकारी संस्थाद्वारा स्थापित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति ऋण तथा दायित्व प्रतिष्ठानमा सर्ने उल्लेख छ।

अर्को उपदफामा कुनै कारण प्रतिष्ठान सञ्चालन हुन नसक्ने भए सभाले प्रतिष्ठान खारेज गर्नसक्ने तर खारेज भएको अवस्थामा सम्पत्ति तथा दायित्व सहकारी संस्थामै सर्ने उल्लेख छ। ऐन कार्यान्वयनका लागि प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा सभा रहने व्यवस्था गरिएकोमा २६ सदस्यीय सभामा अधिकांश गैरप्राज्ञिक व्यक्ति रहने र त्यसमा पनि सहकारीकै सदस्यको बहुमत रहने आधार बनाइएको छ। हाल सरकारअन्तर्गतका कलेजले अधिकांश सिट छात्रवृत्तिमा दिएको सन्दर्भमा मनमोहन प्रतिष्ठानले भने हाल निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेजले सरह १० प्रतिशत सिट मात्रै छात्रवृत्तिमा पढाउने गरी छुट दिन लागिएको छ।

पछिल्लोपटक प्रतिष्ठानको रुपमा ल्याउन विधेयक दर्ता भए पनि यसअघि मनमोहनलाई सम्बन्धन दिन एमाले नेताहरुले पटकपटक राज्यशक्तिको दुरुपयोग गर्दै आएका छन्।

२०६२ सालमा सहकारीका रुपमा स्थापित गरेर अस्पताल बनाएका सञ्चालकहरुले आइओएमले आफ्नो क्षमता नपुग्ने भन्दै सम्बन्धन दिन इन्कार गरेपछि पटकपटक दबाब दिँदै आएका छन्। यसका लागि त्रिविका उपकुलपति र आइओएमका डिन नियुक्तिमा पटकपटक हस्तक्षेप र चलखेल हुँदै आएको छ।

दुई वर्षअघि आइओएम फ्याकल्टी बोर्डलाई छलेर त्रिविले चोरबाटोबाट आफैं निवेदन माग गरेर सम्बन्धन दिन प्रक्रिया अगाडि बढाएको समेत थियो। तर डा. केसी अनशन बसेपछि सरकारले नीति नबन्दासम्म भन्दै नयाँ सम्बन्धन रोकेको थियो। यसबीचमा पनि अघिल्लो सरकारका तर्फबाट समेत शिक्षामन्त्री चित्रलेखा यादबले त्रिवि उपकुलपतिमार्फत र अख्तियारले समेत आइओएमलाई पत्राचार गरी सम्बन्धनका लागि दबाब दिएको थियो।

भौतिक र प्राज्ञिक पूर्वाधार नपुगे पनि सम्बन्धन दिनकै लागि आफूअनुकूलको अनुगमन टोलीबाट सबै पूर्वाधार पूरा गरेको रिपोर्ट बनाइएको थियो। अहिले प्रस्तावित प्रतिष्ठानमा झन् मेडिकल कलेजका लागि पुग्ने पूर्वाधारसमेत छैन्।

मन्त्रालय, संसदीय समितिलगायत विकल्पले समेत काम नगरेपछि गत वर्ष मंसिरमा व्यवस्थापिका संसदका १ सय ४६ जना एमाले सभासदले सभामुख र प्रधानमन्त्री ज्ञापन बुझाएर मनमोहनले सम्बन्धन नपाए संसद रोक्ने चेतावनी दिएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सम्बन्धन खुला गरेका थिए।

यसबीचमा व्यवस्थापिका संसदको महिला बालबालिका समितिले समेत सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको थियो। मनमोहनका अध्यक्ष पाण्डे, उपाध्यक्ष वंशीधर मिश्रसहित ७ जना लगानीकर्ता सभासद रहेको समितिले कार्यसूचीमै नभएको विषयमा निर्देशन दिएको रहस्यसमेत खुलेको थियो।

तर केसी पुनः अनशन बसेपछि सरकारले पुनः नीति र ऐन नबन्दासम्म सम्बन्धन रोक्ने निर्णय गरेको थियो। नीति सुझावका लागि केदारभक्त माथेमा कार्यदलले प्रतिवेदन बुझाएपछि सम्बन्धनका लागि प्रतिवेदन तुहाउने खेल भए पनि डा. केसी फेरि अनशन बसेका थिए। तर सरकारले ऐन बनाउने प्रक्रिया अगाडि बढाउनसमेत आनाकानी गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले गुपचुप मनमोहनलाई प्रतिष्ठानको स्वरुप दिन लागेका हुन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस