काठमाडौं-भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलबार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्काे मूल्यमा पेट्रोल बिक्री गरेको छ।
कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित एक भवनकाे कम्पाउन्डबाट उपभोक्तालाई लाइन राखेर जर्किन, ड्रमलगायत भाँडामा समेत पेट्रोल बेचेको हो ।
सरकारी नियमअनुसार पेट्रोल आयात गरेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले त्यसको मूल्य निर्धारण गर्छ । त्यसपछि नापतौल तथा गुणस्तर नियन्त्रण विभागले तेलको गुणस्तर परीक्षण गरी प्रमाणपत्र दिन्छ । अनि मात्र बेचबिखन गर्न पाइन्छ । त्यो पनि पेट्रोल बिक्री पम्पबाटै गर्नुपर्छ, पिउने पानी बाँडेजसरी खुलमखुला बाँड्दा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भएकाले त्यसरी बेच्न पाइन्न ।
विराटले यी कुनै प्रक्रिया पूरा गरेको छैन । भारतबाट खरिद गरी ल्याएको पेट्रोल आफुखुसी प्रतिलिटर २ सय २० रुपैयाँसम्म मूल्य तोकेर ट्यांकरबाट सिधै उपभोक्ताका गाडी, मोटरसाइकल, ड्रम र जर्किनमा हालिदिएको छ ।
भारतीय नम्बर प्लेट (डब्लुबी२३बी ६९९३) को ट्यांकरबाट विराटले मंगलबार साँझ पेट्रोल बिक्री गर्न थालेपछि उपभोक्ताको भिड लागेको थियो । लामो समयदेखि अभाव र कालोबजारी झेलिरहेका उपभोक्तालाई भने कुन गुणस्तरको पेट्रोल, कसरी बिक्री भइरहेको छ भन्ने चासोसम्म थिएन ।
'जुन कम्पनीले पेट्रोलियम पदार्थ नेपाल भित्र्याए पनि हामीलाई जानकारी हुनुपर्छ तर विराटले पेट्रोल ल्याएको हामीलाई कुनै जानकारी छैन,' वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले मंगलबार नागरिकसँग भने, 'हामीलाई लिखित जानकारी भएपछि विभागको रोहबरमा बिक्रीवितरण गर्नुपर्छ ।
विराटले यी कुनै प्रक्रिया पूरा नगरेकाले गैरकानुनी भएको उनले बताए ।
महानिर्देशक कोइरालाका अनुसार विराटले कति मूल्यमा भारतबाट तेल ल्याएको हो, त्यसैका आधारमा विभागले मूल्य निर्धारण तथा अनुगमन गर्ने हो । 'कतिमा ल्यायो, मूल्यसूचीबारे पनि हामीलाई केही थाहा छैन,' उनले भने, 'गैरकानुनी रुपमा बेचेको तेलको जिम्मेवारी हामी लिन सक्दैनौं ।'
यसैगरी, नापतौल तथा गुणस्तर विभागले पनि विराटले ल्याएको तेलका विषयमा अनभिज्ञता प्रकट गरेको छ । 'विराटले पेट्रोल ल्याएकै थाहा छैन अनि कसरी गुणस्तर परीक्षण गर्नू ?' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले आश्चर्य मान्दै भने, 'तेल कहिले ल्याएको हो, केही अत्तोपत्तो छैन । बिक्री गर्न पनि भ्याइसकेछ ?'
काठमाडौंमा तेल आएपछि विभागका प्राविधिकले गुणस्तर परीक्षण गर्छन् । उनीहरुले तेलको गुणस्तर परीक्षण गरेपछि मात्रै बजारमा तेल बिक्री गर्न पाइन्छ । तर, विराटले दुवै अनुगमनकारी निकायलाई खबरै नगरी राजधानीको कालिकास्थांनबाट खुलेआम बिक्री गरेको छ ।
'सरकारी स्वामित्वको नेपाल आयल निगमले ल्याएको तेलको त गुणस्तर परीक्षण नगरी बिक्री गर्न पाइन्न । विराटले कसको आँटमा अनुगमनकारी निकायलाई बेवास्ता गर्दै यस्तो गरेको हो, हामीलाई थाहा छैन,' महानिर्देशक पुडासैनीले भने, 'पावर छ भन्दैमा जे मन लाग्यो त्यही गर्न मिल्छ ?'
विराट पेट्रोलियमका सञ्चालक परशुराम उप्रेतीले तेल ल्याएर बिक्री गर्न थालेको स्विकारे । 'हामीले तेल ल्याएर काठमाडौंको कालिकास्थानमा पठाएका हौं,' उप्रेतीले भने, 'हामीले बिक्री गर्न नभई परियोजनामा पठाएका हौं ।'
विराटले ल्याएको तेल कालिकास्थानबाट २ सय २० रुपैयाँमा खुलेआम बिक्री गरिररहेको अवस्थामा प्रहरीले समेत फेला पारेको थियो ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्दप्रसाद नेपाल सरकारले निजी क्षेत्रलाई तेल ल्याउने बाटो खोलिदिए पनि मूल्य र गुणस्तर सरकारले निर्धारण गर्ने बताए । 'निजी क्षेत्रले ल्याएको तेलको मूल्य वाणिज्य विभागले तोक्ने र गुणस्तर परीक्षण नापतौलले गरेपछि मात्र बिक्रीका लागि बजार पठाइन्छ,' उनले भने ।
सरकारले मूल्य र गुणस्तर परीक्षणबिनै तेल बिक्री गर्न नपाइने बताए पनि विराटले आपूmखुसी मूल्य राखेर उपभोक्तालाई खुला ठाउँमा तेल बिक्री गरेको छ । भारतमा प्रतिलिटर पेट्रोल ६५.५० भारु (१०५.७७ रुपैयाँ) पर्छ । त्यसैगरी एक लिटर पेट्रोलको भन्सार ३२ रुपैयाँ जोडिन्छ । तर विराट पेट्रोलियमले २ सय २० रुपैयाँमा पेट्रोल खुलेआम बिक्री गरिरहेको छ ।
विराटले आइतबार पाँच ट्यांकर पेट्रोल नेपाल भित्र्याएको थियो । एक ट्यांकरमा २० हजार लिटर पेट्रोल आउँछ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी रुपमा २० करोड अग्रिम भुक्तानीसहित तेल ल्याउने ठेक्का दिएपछि यो कम्पनी विवादमा तानिएको थियो । विराटसँगको ठेक्काबारे चौतर्फी आलोचना भए पनि निगमसँग भएको तेल ल्याउने सम्झौता रद्द गर्दै उसले अग्रिम रकमसमेत फिर्ता गरेको थियो ।
सम्झौता रद्द गरेको झन्डै एक महिनापछि विराटले आफ्नै खर्चमा काठमाडौंमा तेल ल्याएको हो । तेलको गुणस्तर र मूल्यबारे सरकार बेखबर हुँदा उपभोक्ता भने मर्कामा परेका छन् ।
सरकारले असोज २ गते राजपत्रमा प्रकाशित गरेको सूचनालाई बेवास्ता गर्दै विराटले आफूखुसी तेलको मूल्य राखेको पाइएको छ । कालिकास्थानस्थित प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको कम्पाउन्डबाट विराटले ल्याएको तेल खुलेआम बिक्री भएको थियो ।
आफ्नो गल्ती ढाकछोप गर्न विराटका सञ्चालक आफूले ल्याएको तेल परियोजनालाई बेचेको दाबी गरे तर त्यहाँबाट खुलेआम सर्वसाधारणले २ सय २० रुपैयाँ प्रतिलिटिरमा तेल किनेका थिए ।