नेपाली भान्सामा 'सिलिन्डर बम'
१३ पौष २०७२
•
६ मिनेट पाठ
नेपाली भान्सामा 'सिलिन्डर बम'
काठमाडौं- केही ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ। उद्योगले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तामा जोखिम बढेको हो।

एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाइड्रोलिक गर्न लाग्ने खर्च जोगिने भएपछि धेरै उद्योग त्यस्तो धन्दामा लागेका छन्। ५६ वटा ग्यास उद्योगमध्ये १० वटाजति उद्योगले नियमअनुसार सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ। बाँकी सबै कम्पनीको सिलिन्डरको पिँधमा २ केजीभन्दा बढी लेदो छ। सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका छन्।

स्रोतका अनुसार हाइड्रोलिक गर्नुपर्ने १० लाख सिलिन्डरमा आधा ग्यास भरेर पठाइएको छ। यसका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा पर्नुका साथै उद्योगीले मोटो रकम कुम्ल्याएका छन्। नियामक निकाय मौन बसेकाले उद्योगीले खेलाची गरेको उपभोक्तावादी संस्थाहरुले बताएका छन्। 'अहिले उपभोक्ताको घरमा ५ वटासम्म सिलिन्डर छन्,' स्रोतले भन्यो, 'ग्यास नभएपछि धेरैजसो सिलिन्डर उपभोक्ताको घरमै थन्किएका छन्।' भएजति सिलिन्डर डिपो र उपभोक्ताको घरमै थन्किएका छन्। सिलिन्डर नभएपछि उद्योगले हाइड्रोलिक टेस्ट गर्न राखेकै सिलिन्डरमा ग्यास भरेर पठाएका छन्।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले अहिले सिलिन्डर हाइड्रोलिक टेस्ट गर्नुभन्दा पनि ग्यास सहज बनाउनेतर्फ अघि बढेको बताए। 'गुणस्तर र सुरक्षालगायत विषय हेर्ने काम नेपाल आयल निगमको हो,' उनले भने, 'तर, आजसम्म निगमले सुरक्षाबारे खासै चासो दिएको छैन।' विभागले सिलिन्डरमा भएको ग्यासको तौलबारे मात्र अध्ययन गर्छ।

बजारमा आएका धेरैजसो ग्यास सिलिन्डरको मिति सकिएका छन्। तर, उद्योगले म्याद नाघेको सिलिन्डरमा ग्यास भरेर बजारमा पठाएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले नागरिकलाई बताए। रङ खुइलिएको र कुच्चिएको पुरानो सिलिन्डरमा पहिलो जाँच मिति २०११ मार्च लेखिएको छ। त्यसपछि यसको जाँच गरिएको छैन। सधैं ग्यास ल्याउने बिक्रेताको पसलबाटै यस्ता प्रकारका सिलिन्डर बजारमा गइरहेको उनको भनाइ छ।

एउटा सिलिन्डर अवस्था हेरी २२ वर्षसम्म प्रयोग गर्न सकिन्छ तर कुच्चिएको वा ग्यास चुहिएको सिलिन्डर प्रयोग गर्न हुँदैन। भान्साकोठामा रहेको सिलिन्डरबाट ग्यास चुहिनु बमभन्दा खतरनाक मानिन्छ। तर, अहिले बजारमा हाइड्रोलिक गर्नुपर्ने अवस्थाका सिलिन्डरमै आधा ग्यास भरेर पठाइएको छ। यो बमभन्दा पनि खतरनाक हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

'केही उद्योगबाहेक सबैले हाइड्रोलिक टेस्ट गर्ने बेला भएका सिलिन्डरमा ग्यास भरेर बजारमा पठाएका छन्,' विभाग स्रोतले नागरिकसँग भन्यो, 'हाइड्रोलिक टेस्ट गर्न लाग्ने खर्च जोगाउन खोज्दा उपभोक्ताको ज्यान खतरामा रहेको छ।'

बजारमा ग्यास अभाव हुँदा उपभोक्ताले जस्तो पाए पनि ग्यास लिने गर्दा दुर्घटनाको खतरा बढ्ने ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए। भारतीय नाकाबन्दीले बजारमा ग्यासको चरम अभाव भएको छ।

नियमअनुसार सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। 'उद्योगीले हाइड्रोलिक टेस्ट नै गर्दैनन्,' नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतले भन्यो, '२० वर्षसम्म उद्योग आफैंले गर्नुपर्छ। त्यसपछि हाम्रो रोहवरमा टेस्ट गर्नुपर्ने हो। तर गर्दैनन्।'

उपभोक्ताको घरमा जोखिम बढ्नु त छँदैछ। उद्योगले पनि दोहोर नाफा कमाइरहेका छन्। हाइड्रोलिक नगर्दा पिँधमा भएको लेदोमाथि नै ग्यास भरिन्छ। यसो गर्दा उद्योगलाई दोहोर फाइदा हुन्छ। पहिलो हाइड्रोलिक गर्दा लाग्ने खर्च र दोस्रो कम ग्यास राखेर बजारमा पठाउँदा।

विभागका महानिर्देशक पुडासैनीका अनुसार १० वर्षसम्म सिलिन्डर निर्माता कम्पनीले नै ग्यारेन्टी लिएको हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक टेस्ट गर्नुपर्नेमा अहिलेसम्म उद्योगीले विभागलाई खबर नगरेको उनले बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस