काठमाडौं- तापक्रम लगातार घटेर शून्यतर्फ झरिरहँदा हिमाली तथा उच्च पहाडी जिल्लाका भूकम्पपीडितको मुटुको कम्पन बढिरहेको छ। अस्थायी टहरामा शीत र स्याँठले काँप्दै जाडो काटिरहेका उनीहरुका लागि सरकारले बनाइदिने सामूहिक आवास भने कहिले बन्ने हो, छेकछन्दै छैन।
सरकारी अधिकारीकै अनुसार काम भए पनि यो जाडोभरि यस्ता आवास निर्माण नसकिने निश्चितजस्तै छ।
पुसको पहिलो साता बितिसक्दा पनि हिमाली तथा उच्च पहाडी जिल्लाका भूकम्पपीडितलाई जाडो छेक्ने सामूहिक आवास निर्माणको काम अघि बढ्न सकेको छैन।
भवन निर्माणको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभाग अझै यस्ता भवन निर्माणका लागि जिल्लाबाट उपयुक्त तथ्यांक आइनसकेको भन्दै अलमलिँदैछ। विभागले द्रुत गतिमा तत्कालै काम सुरु गरे पनि प्रक्रिया पूरा हुँदा र निर्माण सुरु गर्दा यस्ता भवन बनिसक्न कम्तीमा दुई महिना लाग्ने देखिन्छ। यसरी हेर्दा भूकम्पपीडितको जाडो छेक्ने सामूहिक आवास निर्माण सकिँदा गर्मी चढिसक्नेछ।
मन्त्रालयको ढिलासुस्तीले दीर्घरोगी, गर्भवती, सुत्केरी, नवजात शिशु र वृद्धवृद्धाको ज्यान जोखिममा परेको छ।
विभागका महानिर्देशक रमेशप्रसाद सिंहले जिल्ला दैवीप्रकोप उद्धार समितिबाट भवन निर्माण गरिने स्थान, संख्यालगायत विवरण आउन बाँकी रहेकाले काम अगाडि बढ्न नसकेको बताए। उनले जिल्लाबाट तथ्यांकसहितको विवरण आएलगत्तै विभागले टेन्डरको काम अघि बढाउने जानकारी दिए।
गत मंसिर १० गतेको मन्त्रिपरिषदले सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ ले विशेष परिस्थितिमा छुट्टै प्रक्रिया अवलम्बन गरी निर्माण कार्य गर्न सक्ने व्यवस्था गरेअनुसार सामूहिक आवास निर्माणको कार्य अगाडि बढाउन स्वीकृति दिएको थियो। तर, एक महिना अवधिमा यस्ता भवनको डिजाइन निर्माणबाहेक अन्य कुनै काम अघि बढ्न सकेको छैन।
'जिल्लाबाट एक साताभित्र तथ्यांक आयो भने हामी एक साताको समय राखेर टेन्डर गर्नेछौँ,' उनले भने, 'त्यसपछि निर्माण अघि बढ्नेछ।' उनका अनुसार द्रुत गतिमा काम बढाउँदा पनि तथ्यांक संकलन, टेन्डर आह्वान, त्यसपछि टेन्डर खुलाउने कामका लागि पनि तीन साताभन्दा बढी समय लाग्नेछ। त्यसपछि निर्माण सामग्री खरिद, भवन निर्माणस्थल सम्याउने, भवन बनाउने स्थानमा डिपिसीलगायत काम गर्दा थप समय जानेछ।
उनले आजभोलि नै प्रक्रिया सुरु गर्दा पनि छिटोमा फागुनको दोस्रो सातासम्म भवन बनिसक्ने बताए। तर, जिल्ला दैवीप्रकोपबाट सबै तथ्यांक आउन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएकाले भवन निर्माण सक्ने समय थप लम्बिने संकेत देखिइसकेको उनले जानकारी दिए।
सरकारले भूकम्पका कारण आवास गुमाएका परिवारलाई स्थायी आवास निर्माणका लागि समय लाग्ने र जाडोयाम सुरु भइसककाले हिउँदको जोखिम भएका क्षेत्र लक्षित गर्दै सुरक्षित सामूहिक आवास भवन बनाउने कार्यक्रम मंसिर १० गते ल्याएको थियो।
सुरक्षित आवास भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका तीन जिल्लाबाहेकका सबैमा बनाइने कार्यक्रम छ। भवन निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको छ।
प्रभावित जिल्लामा पनि यस्ता भवन समुद्री सतहबाट १५ सय मिटरभन्दा माथि बसोबास गर्ने हिमाली तथा उच्च पहाडी क्षेत्रमा निर्माण गरिने महानिर्देशक सिंहले बताए।
मन्त्रिपरिषद बैठकले भूकम्पबाट अति प्रभवित क्षेत्रमा ५० वटा सामूहिक आवास भवन निर्माण गर्ने निर्णय गरेको थियो। तर, पछि जिल्लाको अवस्था र प्रभावित संख्या तथा टोलका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले उपलब्ध गराएको संख्या अनुसार बनाउने निर्णय भएको थियो।
उक्त निर्णयका आधारमा विभागले एउटा भवनमा १६ परिवार बस्न मिल्ने गरी डिजाइन बनाएको छ। प्रिफेब्रिकेटेड निर्माण सामाग्रीबाट बनाइने उक्त भवन एकतले तर लामो हुने छ। डिजाइनअनुसार एउटा सामूहिक भवनमा ८/८ परिवार बस्न सक्ने दुइटा ब्लक हुनेछन्। दुइटा ब्लकको बीचमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयसमेत बनाइने महानिर्देशक सिंहले जानकारी दिए।
सिंहका अनुसार एउटा सामूहिक आवास निर्माणका लागि ४६ लाख ४३ हजार रुपैयाँ खर्च लाग्नेछ। सरकारले निर्माण गरिदिने यस्ता भवनमा अस्थायी आवास निर्माण गर्न नसकी जोखिमयुक्त आवासमा बसिरहेका परिवार निःशुल्क रुपमा बस्न पाउनेछन्। यस्ता भवन निर्माणको स्थान छनोट भने जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्नेछ।
समितिले जिल्लाका प्रभावित क्षेत्र, पीडित परिवारको अवस्थाका आधारमा भवन निर्माणको स्थानसँगै भवनमा बस्ने परिवारसमेत छनोट गर्नेछ।
सरकारी तथ्यांकअनुसार भूकम्पका कारण देभरका ६ लाख २ हजार २ सय ५७ निजी घर पूर्ण रुपमा ध्वस्त भएका थिए।