उद्योगबाटै 'ग्यास लुट्छन्' सिडिओ
०७ पौष २०७२
•
७ मिनेट पाठ
उद्योगबाटै 'ग्यास लुट्छन्' सिडिओ
काठमाडौं-भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ । राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै 'लुट्न' थालेको खुलासा भएको हो ।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास ती दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरीप्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको छ ।

'चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौं लानै नदिने भनेका छन्,' असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले मंगलबार नागरिकसँग भने, 'एउटा उद्योगबाट ८ सयका दरले सिडिओलाई किन ग्यास चाहियो ?'

उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् । उद्योग त्यहाँ रहे पनि यिनको प्रमुख बजार काठमाडौं उपत्यका नै हो । तर ग्यास आउनेबित्तिकै यी उद्योगबाट सिडिओ कार्यालयले धम्काएर ८ सयसम्म सिलिन्डर लैजान्छन् भने बाँकी उपभोक्ता नै नभएको ठाउँमा बाँडेर सिध्याइन्छ ।

उद्योगीका अनुसार जुन ठाउँमा रिफिल सेन्टर छ, त्यहाँको माग उद्योगमा रिफल गरिने ग्यासमध्ये २५ प्रतिशत मात्र हो । बाँकी ७५ प्रतिशत काठमाडौं उपत्यकामा खपत हुन्छ ।

'भएजति ग्यास जिल्ला प्रशासनले लगेपछि हाम्रा उपभोक्तालाई कसरी दिनु ?' अर्का एक उद्योगीले दुखेसो पोखे, 'त्यसमाथि स्थानीयसँग मिलेर प्रहरीले जबर्जस्ती लैजाने ग्यासको त हिसाबै छैन ।'

जिल्ला प्रशासन, प्रहरी र स्थानीयको ज्यादतीबारे उद्योगीको टोलीले हालै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा लिखित उजुरी नै दिएको थियो । त्यही उजुरीपछि विभागका महानिर्देशक शम्भु कोइरालाको निर्देशनमा निर्देशक हरिनारायण बेल्वासेको टोलीले पुस ५ गते धादिङको भानु र ओम ग्यास उद्योग निरीक्षण गरेको थियो ।

सरकारी टोलीले भानुको ५ हजार र ओमको ४ हजार सिलिन्डर उद्योगमै तयारी अवस्थामा रहेको भेटेको थियो । उक्त परिमाणको ग्यास टोलीले काठमाडौं ल्याउन जिल्ला प्रशासनको सहयोग माग्दा सिडिओ तथा प्रहरी प्रमुखले 'स्थानीयलाई मिलाएर लैजानुस्, हामी केही गर्न सक्दैनौ' भन्ने जवाफ दिएको टोली प्रमुख बेल्वासेले बताए ।

'एक महिनादेखि जिल्ला प्रशासन, प्रहरी र स्थानीय मिलेर काठमाडौंतिर ग्यास आउनै दिएका छैनन्,' विभागका महानिर्देशक कोइरालाले नागरिकसँग भने, 'प्रशासन नै स्थानीयसँग मिलेपछि विभागबाट गएका कर्मचारी निरीह भएर फर्किए ।'

विभागका अनुसार प्रहरीले पटकैपिच्छे लैजाने ८ सय सिलिन्डर 'कुन–कुन ठाउँमा बिक्री ग¥यो, त्यसको तथ्यांक उपलब्ध गराऊ' भन्दासमेत दिन मानेनन् । यसले पनि पुष्टि गर्छ, प्रशासनले लैजाने ग्यास कालोबजारीमा प्रयोग हुन्छ ।

चितवन जिल्ला प्रशासनले आपूmखुसी ग्यास लाने त छँदैछ, बाँकी रहेको ग्याससमेत आफूअनुकूल डिपोलाई दिन्छ । नयाँ सिलिन्डर बेच्न नपाइने सरकारको घोषित नीतिविपरीत चितवन तथा धादिङ जिल्ला प्रशासन कार्यालयले सिलिन्डरसमेत बेचिरहेको छ ।

'जुन ठाउँमा बजारै छैन, त्यही ठाउँमा बढी ग्यास लगिन्छ । अनि नयाँ सिलिन्डर नबेची सुक्खै छैन,' एक उद्योगीले भने, 'प्रशासन नै संस्थागत कालोबजारीमा उत्रेपछि अरू सबै निरीह बन्नु सिवाय उपाय छैन ।'

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले ग्यास राजधानी भिœयाउन जिल्ला प्रशासन जुनसुकै समय सुरक्षा दिन तयार रहेको बताए । 'जिल्ला प्रशासनलाई दोष देखाएर अरू उम्कन मिल्दैन,' उनले भने, 'यो वाणिज्य विभागको नौटंकीपन हो ।'

उनका अनुसार स्थानीय तहमा पनि केही ग्यास आवश्यक पर्छ । 'त्यसका लागि सिडिओले केही गरे होलान् तर काठमाडौं ल्याउने ग्यास एउटा पनि रोकिएको छैन,' उनले थपे ।

उद्योगले सुरक्षा माग गर्नेबित्तिकै प्रहरी खटाइएको गृह प्रवक्ताले दाबी गरे । 'वाणिज्य विभागमा आफू केही नगर्ने, सबै दोष अरूलाई थुपार्ने प्रवृत्ति बढेको छ । विभागले चैँ के गरेको छ, त्यो पनि सोध्नुस् ?'

विभागका महानिर्देशक कोइरालाले प्रहरी प्रशासन र सिडिओको ज्यादतीका कारण काठमाडांैवासीले ग्यास बाल्न नपाएको आरोप लगाए । 'स्थानीय उपभोक्ता अनुगमनकारीमाथि खनिँदासम्म प्रहरी प्रशासन मूकदर्शक बन्छन्,' उनले भने, 'हामी के गरी काठमाडौं ग्यास ल्याउन सक्छौं ?'

उद्योगमा भएको ग्यास प्रहरी र स्थानीयले कब्जा गर्ने र सोही ग्यास कालोबजारीका रुपमा काठमाडौं पठाउने गरेको स्रोतको भनाइ छ । 'आधा सिलिन्डर ग्यास ६ हजारमा काठमाडौंवासीलाई बिक्री गरिएको छ,' स्रोतले भन्यो, 'वाणिज्य विभागको रोहबरमा ल्याए महँगोमा बिक्री गर्न पाइन्न ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस