काठमाडौं- भारतको लामो नाकाबन्दीले निर्माण व्यवसाय ठप्प भएसँगै 'हेभी इक्विपमेन्ट' व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको छ। निर्माण व्यवसाय ठप्प भएपछि 'हेभी इक्विपमेन्ट' व्यवसाय संकटमा परेको हो।
वैशाख १२ गतेको भूकम्पपछि हेभी इक्विपमेन्ट व्यवसाय सञ्चालन हुन नसकेको व्यवसायीले बताए। 'भूकम्पपछि हामीले व्यवसाय सञ्चालन गर्न पाएका छैनौं,' नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुवँरले भने, 'हाम्रो व्यवसायले अहिले सबैभन्दा ठूलो नोक्सानी खेप्नु परेको छ।' उनका अनुसार देशभरका हेभी इक्विपमेन्ट व्यवसायीले अधिकांश मेसिन सञ्चालन गर्न पाएका छैनन्।
कुँवरका अनुसार देशभरमा दुई हजार हेभी इक्पिमेन्ट व्यवसायी छन्। उनीहरूसँग पाँच हजार हेभी इक्पिमेन्ट छन्। त्यसमध्ये चार मेसिन सञ्चालनमा रहेको कुँवरले बताए। हाल देशभरमा एक्जाभेटर दुई हजार, ब्यागहोल्डर २५ सयदेखि २७ सयसम्म रहेको कुँवरले बताए। बुलडोजर, क्रेन र अन्य गरी तीन सयदेखि पाँच सयसम्म छन्।
'एउटा मेसिन चल्दा कम्तीमा पाँचजनाले प्रत्यक्ष रोजगारी पाउँछन्,' कुँवरले भने, 'अहिले यी मेसिन बन्द हँुदा झन्डै एक लाख बेरोजगार हुनुपरेको छ।' कुँवरका अनुसार हेभी इक्विपमेन्ट मेसिनमा करिब ४० अर्ब रुपैयाँ लगानी भएको छ। इक्विपमेन्ट बोक्ने गाडीसहित यस क्षेत्रमा झन्डै दुई सय अर्ब लगानी छ।
नाकाबन्दीअघि निर्माण स्थलसम्म पुगेका मेसिन तेल नभएर जहाँको त्यहीँ अड्किएको कुँवरले बताए। 'अहिले अधिकांश मेसिन बिकट ठाउँ, पहाड, हाइड्रोपावरको नदी–खोलामा छन्,' कुँवरले भने, 'नाकाबन्दीपछि तेल नभएर निर्माणस्थलमै अड्किएका छन्।'
भुकम्प गएपछि उद्दार तथा पुननिर्माणको लागि अधिकांश मेसिन निर्माणस्थलमा पुगेका थिए। केही दिन चलेपछि देशको अर्थतन्त्र ठप्प हुने गरी नाकाबन्दी सुरु भयो। त्यसले गर्दा निर्माणस्थलमा पुगेका हेभी इक्पिमेन्ट जहाँको त्यहीँ भए। 'निर्माणस्थलमा पुगेका सबै मेसिनमा तेल सकियो,' कुँवरले भने, 'त्यहाँबाट सुरक्षित ठाउँमा ल्याउन नसक्दा ठूलो नोक्सानी बेहोर्नु परेको छ।'
निर्माण व्यवसाय ठप्प हुँदा व्यवसायसँगै मेसिनमा पनि नोक्सानी पुगेको कुँवरले बताए। मेसिन असुरक्षित भएको, केही मेसिनको सामान हराएको, धेरै दिनसम्म नचलाउँदा इन्जिन खराब भएको उनको भनाइ छ। साथै, ब्याट्री काम नलाग्ने हँुदै गएको र पेट्रोल भन्दै हाइड्रोलिक तेल चोरी भएको गुनासो कुँवरले गरे।
भूकम्प गएपछि हेभी इक्पिमेन्टले उद्दारको लागि ठूलो सहयोग गरे पनि त्यसलाई राज्यले नहेरेेको व्यवसायीले गुनासो गरे। भूकम्पपछि भत्किएका घर, मन्दिरबाट मान्छेको उद्दार गर्न, भत्किएका संरचनाको भत्काउन हेभी इक्पिमेन्ट धेरै प्रयोग भएको थियो। 'कुनै शुल्क नलिई हामीले हाम्रै तेल, हाम्रै चालक प्रयोग गरेर देशभर ठूलो सहयोग गर्यौंे,' कुँवरले भने, 'आपतको बेला सहयोग गरे पनि हामीलाई संकट पर्दा राज्यले हेरेन।'
सरकारी र निजी क्षेत्रले डिजेल, पेट्रोल पाइरहँदा हेभी इक्विपमेन्टलाई सुरक्षित ठाउँमा ल्याउने तेल पनि आफूहरुले नपाएको उनको गुनासो थियो। असुरक्षित ठाउँमा रहेकालाई सुरक्षित ठाउँमा ल्याउन र महँगो मेसिन बिग्रन नदिन सरकारले तेलको व्यवस्था गरिदिनुपर्ने उनको माग थियो। एकपटक स्टार्ट गर्दा धेरै तेल लाग्ने भएकाले व्यवसायीको मर्का बुझेर तेल व्यवस्था गरिदिन उनले आग्रह गरे।
भूकम्पपछि पुनर्निर्माणको काम धमाधम हुने आसमा अधिकांश मेसिन निर्माणस्थल लगेको कुँवरले बताए। 'निर्माण कार्य होला भनेको उल्टो भयो,' कँुवरले भने, 'नाकाबन्दीले तेल पाइँदैन भन्ने भएको भए मेसिन सुरक्षित ठाउँमा राख्ने थियौं।'
६० प्रतिशत व्यवसायीले बैंकको ब्याज तिर्नुपर्ने र अहिले बन्द भएको बेला ब्याज समेत तिर्न नसक्ने अवस्था रहेको उनले बताए। 'लामो समय काम गर्न नपाएकाले बैंकको ब्याज, ऋणसमेत तिर्न नसक्ने अवस्था छ,' कुँवरले भने, 'सरकारले यसमा केही सहुलियतको व्यवस्था गर्नुपर्छ।' बेलाबेलामा बिमा कम्पनीले समेत दुःख दिने गरेको उनको गुनासो छ। ठूलो मूल्यको बिमा हुने तर बिमा लिनुपर्दा अनेक बहाना गरेर बिमा कम्पनीले ठग्ने गरेको उनले बताए।
भूकम्पको बेलामा सेना, प्रहरी, सशस्त्र लगायतका सरकारी निकायले हेभी इक्विपमेन्ट व्यवसायी संघबाट मेसिन ल्याएर प्रयोग गरेको बताउँदै अहिले व्यवसायीलाई परेको संकटमा सरकारले सहयोग गर्नुपर्ने उनले बताए। 'भूकम्पको बेला धेरै सहयोग गर्नुभयो भनेर हामीलाई सम्मान गरिरहनुभएको छ,' उनले भने।
हेभी इक्विपमेन्टहरू खासगरी हाइड्रोपावर, सिमेन्ट उद्योग, ढुंगा खानी, पुल, बाटो सडक निर्माण, प्लटिङ र गाउँगाउँमा प्रयोग हुन्छन्। सामान्य अवस्थामा असोजदेखि जेठसम्म हेभी इक्विपमेन्ट चल्छन्। २०६६ सालमा स्थापना भएको हेभी इक्विपमेन्ट व्यवसायी संघको अहिले ३५ जिल्लामा शाखा छ।