राजधानीमा थारु युवाको शक्ति प्रदर्शन गर्छौं : चौधरी
२७ मंसिर २०७२
•
१० मिनेट पाठ
राजधानीमा थारु युवाको शक्ति प्रदर्शन गर्छौं : चौधरी
काठमाडौं- थारु युवाहरुको हालै सम्पन्न राष्ट्रिय भेलाले 'थारु युवा स्वंयसेवक' दस्ता गठन गरेको छ। जसको मुख्य उद्देश्य थारु आन्दोलनलाई मजबुत र सशक्त बनाउनु हो। यो दस्ताले नेतृत्वकर्तालाई गोलबद्ध गर्नुका साथै आन्दोलनमा होमिन दबाब दिने बताइएको छ। थारु नेताहरुकै कमजोरीले शून्य बनेको थारु आन्दोलनलाई उचाइमा पुर्या।उन यो दास्ताको नेतृत्व लिएका छन् थरु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले।




दाङ तुल्सिपुर निवासी चौधरी अमेरिका बस्दै आएका छन्। अमेरिकाबाट आन्दोलन गर्न नेपाल आइपुगेका चौधरीले 'थारु युवा स्वयंसेवक' दस्ता गठन गर्नु अपरिहार्य भएको बताए। उचाइमा पुगेको थारु आन्दोलन एकाएक कमजोर हुनुमा नेताहरुकै बढी दोष भएको उनी बताउँछन्। त्यसैले पनि आन्दोलनमा युवाहरुको सक्रिय भूमिका आवश्यकता भएको उनले बताए। 'थारु आन्दोलनलाई थप बलियो बनाउन अमेरिकाबाट फर्केको हुँ। मेरो नेतृत्वमा निर्माण भएको युवा स्वयंसेवकले आन्दोलनमै सक्रिय भूमिका निर्वाह गर्छ,' उनले भने।

उनले संगठन विस्तार गर्नुको पछाडि राजनीतिक, समाजिक तथा आर्थिक प्रमुख कारण रहेको बताए। थारुहरु अझै पनि राजनीतिक, समाजिक र आर्थिकरुपले सबल नभएको उनको तर्क छ। 'थारुहरु राजनीतिक, समाजिक र आर्थिक तीनटै कारणले पछाडि छन्। न उनीहरुसँग राजनीतिक पहुँच छ, न आर्थिकरुपले समृद्ध नै,' उनले भने।

युवा स्वंयसेवकमा पूर्व कमान्डरहरु


थारु युवा स्वंयसेवकमा विद्यार्थीदेखि तत्कालीन माओवादीका पूर्वकमान्डरहरुको सहभागिता छ। यो संगठनमा जनयुद्धकालमा सहादत प्राप्त गरेका सहिदहरुको सन्तान पनि छन्। तराईका प्रत्येक गाउँ, नगर र जिल्ला कमिटी बनाउने लक्ष्य लिएको यो संगठनमा जुझारु युवाहरुको सहभागिता रहेको चौधरीले बताए। 'थारुलाई राज्यले धेरै हेपेको छ। हक अधिकार माग्दा दमन गरेको छ। त्यही अधिकार सुनिश्चित गर्न युवाहरु जमघट भएका छन्,' चौधरीले भने।

नेताहरुले युवालाई 'युज एन्ड थ्रो'को सिद्धान्तमा प्रयोग गरिरहेको आरोप उनको छ। चौधरीका अनुसार दाङ भेलामा सहभागी युवाहरुले 'हामी कन्डम होइनौं, प्रयोग गर्दै फाल्नलाई' भन्दै नेतृत्वको आलोचना गरेका थिए। चौधरीले पनि नेताहरुले हालसम्म यही प्रवृत्ति दोहोर्या रहेको बताए। 'नेताहरुले युवालाई गोटी बनाए, प्रयोग गरे। युवाहरु अब स्वतन्त्र हुनुपर्छ,' उनले भने। थारु स्वयंसेवक पनि स्वत्नत्र संगठन भएको उनले बताए। 'यो कुनै पार्टी वा नेताको अन्डरमा बस्ने संगठन होइन,' उनले भने।

कसरी अगाडि बढ्छ?


यो संगठनले आन्दोलनमा सक्रिय भूमिका र नेतालाई दबाब दिन्छ नै। यसले गाउँस्तरमै कमिटी पनि बनाउने चौधरीले बताए। छिट्टै नै बाराको पथलैयामा दस्ताको पूर्वी भेला बोलाइएको उनले बताए। 'दाङ भेलामा सबैलाई बोलाए पनि यातायात असहजका कारण पूर्वका युवाहरुको सहभागित न्यून रह्यो। उनीहरुका लागि पथलैयामा राष्ट्रिय भेला डाकिएको छ। यो भेलासँगै गाउँ नगर र जिल्ला कमिटीहरु पनि बनाइनेछ,' चौधरीले बताए।

Mahabir Chaudhary 02युवाहरुको शक्ति प्रदर्शन


चौधरीका अनुसार गाउँ, नगर र जिल्ला कमिटी गठनपछि थारु युवा स्वयंसेवकहरुको शक्ति प्रदर्शन गरिनेछ। उक्त शक्ति प्रदर्शनमा २०-३० हजार युवाहरुको सहभागिता रहने उनको भनाइ छ। 'थारु युवा स्वंयसेवक पूर्णरुपमा गठित भइसकेपछि शक्ति प्रदर्शन गर्नेछौं। जसमा २० देखि ३० हजार युवाहरु सहभागिता हुनेछन्,' उनले भने। शक्ति प्रदर्शन कहाँ हुन्छ भन्ने प्रश्नमा चौधरीले भने, 'हाम्रो शक्ति राज्यलाई देखाउन जरुरी छ, सरकारलाई देखाउन जरुरी छ। त्यही भएर राजधानीमै शक्ति प्रदर्शन गर्नेछौं।'

थारुका माग के हुन्?


चौधरीका अनुसार थारुका माग मुख्यतः समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सीमांकन हुन्। यीबाहेक मातृभाषालगायतका कुरा पनि छन्। यी थारुका मात्र नभएर आदिवासी जानजाति, मधेसी, मुस्लिम, दलित, पिछडा वर्गको साझा मुद्दा भएको उनले बताए।

'थारुले प्रादेशिक स्वयतता मागेको छ। प्रदेश बनाउने तर स्वायतता नदिने? सबै नीति नियम केन्द्रले नै बनाउने हो भने संघीयता के काम,' उनको प्रश्न थियो।

भाषाका कुरामा पनि संविधानमा विभेद गरिएको चौधरीले बताए। नेपालले आइएलओ १६९ मा हस्ताक्षर गरेको छ। जसमा नेपालका आदिवासी जनजातिहरुका पहिचान र मातृ भाषालाई संरक्षण गर्नुपर्ने उल्लेख छ। 'यस्तो हुँदाहुँदै थारु भाषालाई दोस्रो कामकाजीको भाषा बनाउन किन सरकार हिच्किचाउँछ,' उनले भने। उनका अनुसार आइएलओको १४ देखि १७ सम्मको धारामा थारुहरुको भाषा र पहिचानलाई संरक्षण गर्नुपर्ने उल्लेख छ।

उनले थारुहरुलाई अल्पमतमा पारेर प्रदेशहरु बनाएको आरोप लगाए। 'कैलाली कञ्चनपुरको इतिहास हेर्ने हो भने त्यहाँका थारुहरुले पहिल्यैदेखि जंगल फडानी गरेर वस्ती बसालेका हुन्। उनीहरुलाई नै अल्पमतमा पारेर उनीहरुको क्षेत्र पहाडमा मिसाउनु कतिको उचित हो?,' उनको प्रश्च थियो।

आइएलओले पनि कुनै पनि आदिवासी जनजातिहरुको कल्सटरलाई फुटाएर अरु ठाउँमा राख्न नमिल्ने उल्लेख भएको उनले बताए।

थारु मधेसी एकता अपरिहार्य


उनले थारु मधेसीको मागमा भिन्नता नभएको बताउँदै एकता अपरिहार्य रहेको बताए। 'हाम्रो माग साझा हो। तराईमा हामी पहिल्यैदेखि मिलेर बसिआएका छौं। त्यसैले पनि हक अधिकार प्राप्तीको लागि कार्यगत एकता अपरिहार्य छ,' उनले भने।

माग पूरा नभएसम्म आन्दोलन जारी


उनले थारु र मधेसीको माग एउटै भएकाले सरकारले मधेसी मोर्चासँग सहमति गरेपनि थारुलाई मान्य हुने बताए। तर मधेसीलाई मात्र खुसी पार्ने सम्झौता भए थारु आन्दोलन कुनै हालतमा नरोकिने उनले बताए। 'मधेसीको मागले थारुको माग पूरा हुन्छ भने आन्दोलन रोकिन्छ। तर मधेसीलाई मात्र खुसी पार्ने सहमति सम्झौता भयो भने थारुहरु पछि हट्ने कुरा हुँदैन,' उनले भने।

लेनदेन गर्न सकिन्छ


उनले थारुहरु वार्तामा आउन तयार रहेको बताए। तर सरकारले वार्ताको वातावरण बनाउन तयार नरहेको उनको आरोप छ। विन विन पोजिसनका लागि पनि दुबै पक्ष वार्तामा बस्नुपर्ने उनले बताए। वार्तामै नबसी लेनदेन गर्न नमिल्ने उनको तर्क थियो। 'सरकारले हामीले यो यो माग पूरा गर्न सक्छौं भन्नुपर्योक। कुन कुन नाजायज माग हुन भन्नुपर्योल। त्यसपछि थारुहरु पनि यो यो कुरा मान्न सकिने वा नसकिने अवश्य भन्नेछन्,' उनले भने।

कैलाली कञ्चनपुरको थारु बाहुल्य क्षेत्र दिए पनि थारुलाई मान्य हुनुपर्ने उनको तर्क थियो। 'कैलाली कञ्चनपुरको थारु बाहुल क्षेत्र दिए थारुहरु मान्नुपर्छ जस्तो लाग्छ। तर यसका लागि सबैले छलफल गर्न जरुरी छ,' उनले भने। सहमति सम्झौता भने जनताको चाहनाअनुसार हुनुपर्ने उनले बताए।

भिडियो हेर्नुस्:

अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस