क्यासिनोबारे संसदीय समितिले क्षेत्राधिकार नाघ्यो
२७ मंसिर २०७२
•
१० मिनेट पाठ
क्यासिनोबारे संसदीय समितिले क्षेत्राधिकार नाघ्यो
काठमाडौं- व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आफ्नो क्षेत्राधिकार नाघेर 'व्यक्तिगत विषय' सुल्झाउन सरकारलाई निर्देशन दिएको छ। समितिले गत शुक्रबार 'क्यासिनो अनुगमन तथा छानबिन' उपसमितिको प्रतिवेदन सार्वजनिक गरेपछि आयोजित छलफलको निष्कर्ष भन्दै राजधानीको लाजिम्पाटस्थित पूर्णवैदेशिक लगानीको कम्पनी क्यासिनो मिल्लेनायर्स क्बलमा क्यासिनो सांग्रिलाका मजदुरलाई क्षतिपूर्तिसहित बहाल गराउन सरकारलाई निर्देशन दिएको थियो।'होटल सांग्रिलामा सञ्चालित क्यासिनोहरूमा विगतदेखि कार्यरत मजदुरलाई हालै सञ्चालित क्यासिनो मिल्लेनायर्स क्बलमा नेपालको प्रचलित कानुन, श्रम ऐन तथा यस समितिको प्रतिवेदनका आधारमा क्षतिपूर्तिसहित बहाल गर्न गराउन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने,' समितिका सभापति प्रभू साहद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ।

समिति सदस्य मीन विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको क्यासिनोको अनुगमन र छानबिन प्रतिवेदनको निष्कर्ष भनिए पनि एउटामात्र क्यासिनो (मिल्लेनायर्स क्लब) का बारेमा निर्देशन जारी गरेर समितिले क्षेत्राधिकार नाघेको एक सदस्यले बताए।

'समग्र क्यासिनोका बारेमा सम्बोधन हुने गरी निर्देशन दिइनुपर्थ्यो तर क्यासिनो मिल्लेनायर्स क्बलको मात्र विषय उल्लेख गर्दा व्यक्तिगत देखिएको छ,' ती सदस्यले आइतबार नागरिकसँग भने, 'हामीले एउटालाई मात्र भन्न मिल्दैन, यो भनेको व्यक्तिगत घटना हो। राज्यको सिद्धान्त र प्रचलित कानुनअनुसार जानुपर्छ। यसमा सभापतिको आशय प्रष्ट भएको छ।'

उनका अनुसार प्रतिवेदनमाथि छलफल भएपछि निर्णय लेख्नुअघि 'समग्र क्यासिनोबारे निर्णय गर्ने तर क्यासिनो मिल्लेनायर्स क्लबको मात्र विषय केही पनि उल्लेख नगर्र्ने' सुझाव दिँदै केही सदस्य बाहिरिएका थिए। तर, सभापति साहले सदस्यहरूको सुझाव 'लत्याउँदै' क्यासिनो मिल्लेनायर्स क्लबमा क्यासिनो सांग्रिलाका मजदुरलाई क्षतिपूर्तिसहित बहाल गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए।

छलफलमा माधवकुमार नेपाल, सुजाता कोइराला, बलबहादुर केसी, मीन विश्वकर्मा लगायत सदस्यले विदेशी लगानीको क्यासिनो मिल्लेनायर्स क्लबमा राजनीतिक हस्तक्षेप गर्न नहुने र यसले निरन्तरता पाए विदेशी लगानी फिर्ता जानसक्ने सुझाव दिएका थिए।

'क्यासिनो सांग्रिलालाई नवीकरण गरी मिल्लेनायर्सको नाममा सञ्चालन गरेको भए पुराना मजदुरलाई बहाली गर्नुपर्छ तर नयाँ लाइसेन्स लिएको हो भने पुराना मजदुरको जिम्मा मिल्लेनार्यको कदापि हुँदैन,' समितिका सदस्य केसीले नागरिकसँग भने।

समितिका सदस्य तथा क्यासिनो अनुगमन तथा छानबिन प्रतिवेदन संयोजक विश्वकर्माले पनि एउटा प्रतिष्ठान वा व्यक्तिगत विषयलाई मात्र समेटेर समितिको निर्णय आउनु राम्रो नहुने बताए। 'हामीले एउटाएउटा कम्पनी वा प्रतिष्ठानलाई निर्देशन दिन मिल्दैन,' उनले भने।

क्यासिनो मिल्लेनायर्स क्लब हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानीमा सञ्चालन भइरहेको छ। सिल्भर हेरिटेजले नेपालमा १५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ। जसअनुसार पहिलो चरणमा क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरेको हो। हालसम्म ४ अर्ब रुपैयाँ लगानी गरिसकेको यसले भैरहवामा ४ सय कोठायुक्त पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेको छ।

सिल्भर हेरिटेजको नेपाली सहायक कम्पनी ह्यापी वर्ल्डका कार्यकारी अध्यक्ष बजगाईंले नयाँ लाइसेन्स लिएर क्यासिनो सञ्चालन गरिएको बताए। मलेसियाली कम्पनी स्टार म्यानेजमेन्टले क्यासिनो सांग्रिला सञ्चालन गर्दा काम गरेका मजदुरले अहिले पुनर्बहालीको माग गर्दै मिल्लेनायर्स क्लबमा अवरोध सिर्जना गरिरहेको उनले बताए।

'क्यासिनो सांग्रिलासँग हाम्रो कुनै सम्बन्ध छैन, हामीले नयाँ लाइसेन्स लिएर पाँचतारे होटल सांग्रिलासँग घर भाडामा लिएर क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरेका हौं,' बजगाईंले भने, 'तैपनि हामीले अनुभवी र योग्य पुराना मजदुरलाई पनि काम दिएका छौं।'

बजगाईंका अनुसार एनेकपा माओवादी र एमाले समर्थित मजदुरबाट 'भौतिक आक्रमणसम्मको धम्की' आउन थालेपछि मिल्लेनायर्स क्बलको लगानीकर्ता सिल्भर हेरिटेजले नेपालमा गरिएको लगानी फिर्ता लाने चेतावनी दिइसकेको छ।

दुई महिनादेखि जारी मजदुर अवरोधको मूल कारण प्रमुख राजनीतिक दल माओवादी र एमालेको 'स्वार्थ' जोडिएको प्रष्ट हुँदै गएपछि सिल्भर हेरिटेजका एक निर्देशक तथा प्रमुख लगानीकर्ता अमेरिकाका ह्युग होल्म्सले नेपालबाट लगानी फिर्ता लैजाने चेतावनी दिएका हुन्।

बजगाईंका अनुसार क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरिरहेको ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १५ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। यसमा यो क्यासिनोसहित विभिन्न ठाउँमा पाँचतारे होटलदेखि जलविद्युत आयोजनासम्म पर्छन्। लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्याभउने ग्रुपको लक्ष्य छ। हाल ग्रुपले लुम्बिनीका पाँचतारे स्तरको रिसोर्ट निर्माण सुरु गरेर १ सय कोठा तयार गरिसकेको छ। झापामा पनि यस्तै रिसोर्ट निर्माण गर्न पहिलो चरणमा १५ बिघा जग्गा खरिद गरिसकेको छ भने निकट भविष्यमा काठमाडौं वा कन्चनपुर पनि होटल तथा रिसोर्ट सञ्चालन गर्न जग्गा खोजिरहेको छ। सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको स्टक एक्सचेन्जमा सूचीकृत हुने तयारीमा छ। ग्रुपले नेपालमा ६ हजारभन्दा बढीलाई रोजगारी दिने योजना बनाएको छ।

नेपाली कांग्रेससम्बद्ध व्यवसायी (बजगाईं) को पहलमा विदेशी लगानी गरिएको भन्दै यो क्यासिनोमा जारी अवरोधमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम जोडिएपछि राजनीतिक स्वार्थ सार्वजनिक भएको हो। सिल्भर हेरिटेजले आफ्ना स्थानीय साझेदार बजगाईंलाई दाहालका स्वकीय सचिव चूडामणि खड्काले फोनमार्फत धम्की दिएको जानकारी पाएपछि लगानी फिर्ता लाने चेतावनी दिएको थियो।

सम्बद्ध स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले यसअघि नै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति साह र मजदुर नेता शालिकराम जमकट्टेललाई क्यासिनो मिल्लेनायर्स क्लब खारेज गराउन सक्दो प्रयास गर्न निर्देशन दिएका थिए।

क्यासिनो मिल्लेनायर्स क्लब पूर्णवैदेशिक लगानीमा पाँचतारे होटल सांग्रिला परिसरमा सञ्चालित कम्पनी हो। मिल्लेनायर्स क्लब नेपालको 'क्यासिनो नियमावली २०७०' पछ्याउँदै सरकारबाट सञ्चालन अनुमति पाएको एकमात्र क्यासिनो हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस