काठमाडौं- पूर्व मुख्यसचिव लीलामणि पौड्यालले अति भएपछि आफ्नो फेसबुक वालमा नेपाल टेलिकमलाई प्रश्न गरे, '...एनटिसीको सिम प्रयोग गर्नेहरूले रिचार्ज गर्न नसकेको महिना दिन भइसक्यो, के यही हो ग्राहकको सेवा?'
आफ्नो मोबाइलमा महिना दिनसम्म पनि रिचार्ज नभएपछि उनी फेसबुक वालमै यस्तो गुनासो लेख्न बाध्य भए। कागजमै डेटपेनले लेखेर फेसबुक वालमा राखेपछि केही होला कि भन्ने उनको आस थियो।
बेलाबेलामा नेपाल टेलिकमको रिचार्जमा समस्या भइरहन्छ। देशको अग्रणी टेलिकम कम्पनी भनेर दाबी गर्ने टेलिकमले समस्या समाधानको लागि पहल गरेको प्रत्यक्ष अनुभव ग्राहकले गर्न पाएका छैनन्। रिचार्ज गर्न समस्या हुन लागेको धेरै भइसक्यो। हातमा आइसकेको रिचार्ज कार्डबाट मोबाइलमा पैसा हाल्न पनि घन्टौं घोटिनु पर्छ। कुनै ८–१० पल्ट ट्राई गर्दा रिचार्ज भइहाल्छ, कतिपयको मरिकाटे हुँदैन।
बुधबार सय रुपैयाँको कार्ड किनेका बागबजारका केशव श्रेष्ठको मोबाइलमा बिहीबार बेलुकासम्म पनि रिचार्ज भएन। 'जति गर्दा पनि भएन,' श्रेष्ठले भने, 'मोबाइलमा एक सुको छैन, कसरी फोन गर्ने।' प्रिपेड र पोस्टपेड दुवैमा समस्या छ। पोस्टपेडमा रिचार्ज नहुँदा एकतर्फी भएर समस्या भइरहेको गुनासो ग्राहकको छ।
मंगलबार आफ्नो वालमा गुनासो लेखेपछि नेपाल टेलिकमबाट छिट्टै समस्या समाधान गर्ने वाचासमेत पौड्यालले पाए। तर त्यो समस्या तीन दिन भइसक्दा पनि समाधान नभएपछि उनले बिहीबार फेरि लेखे, '...दूरसञ्चार अधिकारीहरूले यदि जिम्मेवारी र सेवाग्राहीप्रति उत्तरदायित्व महसुस हुन्छ भने समस्या तुरुन्त समाधान गरी जिम्मेवार कर्मचारीलाई कारबाही गरेको सार्वजनिक गर। ग्राहकसँग क्षमा माग्दै आइन्दा यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नुहोस्। तपाईंको इज्ज्यत र मर्यादा घट्दैन बरु ग्राहकको माया बढ्छ।'
टेलिकमले भने प्राविधिक समस्याले भन्दा पनि एकैचोटि धेरै ग्राहकले रिचार्ज गर्न खोज्दा यस्तो समस्या आएको बताएको छ। नागरिकसँगको कुराकानीमा टेलिकम प्रवक्ता प्रतिभा वैद्यले ५० रुपैयाँको रिचार्ज कार्ड एकैपटक धेरै प्रयोग हुँदा सिस्टममा हिट बढी भएको बताइन्। 'अहिले ५० रुपैयाँको कार्डको रिचार्ज धेरै भइरहेको छ,' वैद्यले भनिन्, 'धेरैले एकैपटक सानो मूल्यको रिचार्ज कार्ड प्रयोग गर्दा लोड धेरै भएको हो।'
टेलिकमले पछिल्लो समय ५० रुपैयाँको रिचार्ज कार्ड निकालेको छ। थोरै मूल्यको रिचार्ज कार्ड निकालेपछि ग्राहकले सबैभन्दा धेरै यही यसैको गरेको टेलिकमको भनाइ छ। 'धेरैले सानो मूल्यको रिचार्ज कार्ड प्रयोग गर्न चाहनुहुन्छ,' वैद्यले भनिन्, 'सानो मूल्यको रिचार्ज कार्ड प्रयोग छिटोछिटो हुने गर्छ।'
टेलिकमले १०–५० रुपैयाँको डाटा प्याक पनि ल्याएको छ। वैद्यका अनुसार रिचार्ज कार्डको समस्या आउनुमा यसको धेरै प्रयोग पनि हो। सानो मूल्यको डाटा प्याक अत्यधिक भएकाले कार्ड रिचार्जमा समस्या आएको उनले बताइन्।
त्यसो भए टेलिकमले सानो मूल्यको रिचार्ज कार्ड ल्याउँदा 'रिचार्ज लोड' बढी हुन्छ भनेर सोचेको थिएन? जवाफमा वैद्य भन्छिन्, 'हामीले त्यस्तो सोचेनौं। ५० रुपैयाँको रिचार्ज कार्ड ल्याउँदा अन्य कार्डको प्रयोग कम होला भनेर सोचिएन। हामीले सोचेभन्दा उल्टो भयो।'
समस्या समाधान कहिले? वैद्यको जवाफ छ, 'चाँडै! हामीले प्रयास गरिरहेका छौं।'
अहिलेको समस्या खासगरी ग्राहकको रिचार्ज गर्ने बानीमा रहेको उनले दाबी गरिन्। समस्या समाधान गर्न टेलिकम प्राविधिक सुधारतर्फ भन्दा कम मूल्यको रिचार्ज कार्डको प्रयोग कम गराउनेतर्फ लागेको छ। 'हामीले ५० रुपैयाँको कार्ड बजारमा पठाउन रोकेका छौं,' वैद्यले भनिन्, 'यसको प्रयोग कम भएपछि सुधार आउनेछ।'
नेपाल टेलिकमको रिचार्ज कार्ड डिलरबाट पनि हुन्छ भनेर ग्राहकलाई त्यसमा प्रेरित गर्न लागेको उनले बताइन्। डिलर गएर रिचार्ज गर्दा टेलिकममा लोड कम हुने र समस्या हल हुने उनले बताइन्। कार्डबाट जतिसक्दो कम रिचार्ज गराउन सके अहिलेको समस्या समाधान हुने टेलिकमको निष्कर्ष छ।
पौड्याल जस्तै टेलिकमको सेवाप्रतिको गुनासो सामाजिक सञ्जालसम्म आउन नदिन चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्ने आम ग्राहकको सुझाव छ।