एउटै जहाज मर्मतमा ३ अर्ब रुपैयाँ
२३ मंसिर २०७२
•
८ मिनेट पाठ
एउटै जहाज मर्मतमा ३ अर्ब रुपैयाँ
काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो एउटा जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। यो खर्च भनेको निगमले हालै खरिद गरेको नयाँ जहाजको मूल्यको लगभग आधा हो।

आफूसँग रहेका दुईमध्ये कलसाइन '९एन–एसिबी' भएको 'बि७५७' सिरिजको जहाजका लागि मात्र निगमले त्यति खर्च गर्न लागेको हो। यति खर्चमा यो जहाजका दुई इन्जिन मर्मत, नियमित मर्मत (सि–चेक), ल्यान्डिङ गियर फेर्ने, इन्धन (फ्युल) ट्यांकी फेर्ने र अन्य काम हुनेछन्।

'एसिबी जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने तयारी व्यवस्थापनले सुरु गरेको छ,' सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, 'यो जहाजलाई आगामी मंगलबार (मंसिर २९) मा सि–चेकका लागि सिंगापुर पठाएर खर्चको सुरुआत हुँदैछ। बढीमा चार महिनाभित्र रकम खर्च गर्ने उद्देश्य छ।'

ती अधिकारीका अनुसार दुइटा इन्जिन मर्मत गर्न एउटाको ६० करोड रुपैयाँका दरले १ अर्ब २० करोड, सि–चेक गर्न करिब ३० करोड, ल्यान्डिङ गियर फेर्न करिब २५ करोड, इन्धन ट्यांकी फेर्न करिब ५० करोड तथा अन्य खर्चका लागि ४० करोड खर्च गर्न लागिएको हो। यो खर्चलाई महाप्रबन्धक सुगतरत्न कंसाकारले 'ओके' गरिसकेका छन्।

निगम व्यवस्थापनले दुई बि७५७ मध्ये एउटालाई सन् २०१६ मा विस्थापन गर्ने योजना यसअघि नै बनाएको थियो। तर, पछिल्लोपटक उक्त योजना रद्द गरिएपछि व्यवस्थापन अर्बौं खर्चेर मर्मततिर लागेको हो।

सि–चेक गर्न सिंगापुर गएपछि एसिबी जहाज कम्तीमा ३५ दिन उतै बस्नेछ। उताबाट फर्केपछि करिब दुईदेखि तीन महिनाभित्र दुइटै इन्जिन मर्मत गरिसक्नुपर्ने तालिका छ। सँगसँगै ल्यान्डिङ गियर र इन्धन ट्यांकी पनि नयाँ जडान गर्नुपर्नेछ।

करिब तीन दशकदेखि उडाइरहेका दुईवटा बि७५७ जहाज मर्मतमा निगमले बर्सेनि ठूलो रकम खर्च गर्दै आएको छ। यो सिरिजका जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले उत्पादन गरेको हो। बोइङ आफैंले पनि यस्तो जहाज उत्पादन बन्द गरेको एक दशक नाघिसकेको छ। निगमसँग रहेका यस्ता जहाज १ सय ९० सिट क्षमतायुक्त हुन्।

'३ अर्बमा मर्मत गरेर ल्याएको जहाज बेच्नुपर्योस भने एक अर्ब पनि आउँदैन,' निगमका एक वरिष्ठ क्याप्टेनले भने, 'एउटा पुरानो जहाजलाई यत्रो ठूलो रकम खर्च गर्नुभन्दा त्यति पैसाले दुई/तीन वर्ष उडिसकेको र अहिले हामीसँग भएका 'ए३२०–२००' सिरिजका जस्तै जहाज खरिद गर्न सकिन्छ। व्यवस्थापन त्यतातिर लागे हुन्छ।'

उनका अनुसार अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले एउटा जहाजलाई पाँचदेखि दस वर्ष उडाएर विस्थापित गर्ने गर्छन्। तर, निगमचाहिँ ३० वर्ष पुरानोलाई मर्मत गर्दै उडाइरहेको छ। उडान सुरक्षा र यात्रु सेवाका दृष्टिले यसलाई विडम्बना नै मान्नुपर्ने उनको तर्क छ।

'अमेरिकाका केही वायुसेवा कम्पनीले हाम्रोजस्तै बि७५७ सिरिजका तीन सयवटा जहाज थन्काइसकेको छ भने चीनमा एक सयभन्दा बढीलाई सेवाबाट हटाइएको छ,' ती क्याप्टेनले भने, 'हामी अझै पनि ३० वर्ष पुरानो प्रविधिका जहाजमा भर पर्नु भनेको राष्ट्रिय ध्वजावाहकलाई पछाडि धकेल्दै लानु हो।'

निगमसँग रहेका दुइटै बि७५७ मा 'रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर–वान' (आरएनपी–१) प्रविधि छैन। यही कारण यी जहाजबाट निगमले आफ्नो नाफायोग्य सेक्टर हङकङ उडान गर्न पाएको छैन। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१३ जनवरीदेखि आरएनपी–१ प्रविधि जडान नभएका जहाजलाई उडान–अवतरणमा प्रतिबन्ध लगाएपछि निगम त्यसैको चपेटामा परेको थियो। हाल निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाजबाट हङकङ उडान गरिरहेको छ।

सन् २०१७ बाट भारतमा पनि यस्तो प्रविधि जडान नभएका जहाज उडान–अवतरणमा प्रतिबन्ध लाग्ने घोषणा भएपछि निगम थप समस्यामा पर्ने निश्चित छ। 'अनि यस्तै गरी हाम्रो सबै गन्तव्यमा प्रतिबन्ध लाग्दै जान थालेपछि त्यही जहाजलाई अर्बौं खर्च गरेर मर्मत गर्नुको अर्थ के हो?' ती क्याप्टेनले भने, 'यसबारे सम्बद्ध निकायको ध्यानाकर्षण हुन जरुरी छ।'

निगम व्यवस्थापनका अर्का एक अधिकारीले भने उडान सुरक्षाका कारण नियमित तालिकाअनुसार जहाज मर्मत गर्न लागिएको जानकारी दिए। 'मर्मत गर्न कति खर्च लाग्छ भन्ने यकिन विवरण इन्जिनियरिङ विभागबाट आउन बाँकी छ,' उनले भने, 'अहिले नै ठ्याक्कै यति खर्च लाग्छ भन्न सकिँदैन। वायुसेवा कम्पनीमा जहाज मर्मतमा खर्च गर्नु स्वाभाविक हो।'

जहाज मलेसियामा 'ग्राउन्डेड'

नेपाल वायुसेवा निगमले अर्बौं खर्च गरेर मर्मत गर्न लागेको जहाज मलेसियाको क्वालालम्पुरमा 'ग्राउन्डेड' भएको छ। काठमाडौंबाट गत आइतबार क्वालालम्पुर गएको बि७५७ ९एन–एसिबी जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि उतै थन्किएको हो।

'क्वालालम्पुर विमानस्थलमा अवतरणका लागि धावनमार्ग छुनै लाग्दा दायाँ इन्जिन फेल हुन पुग्यो,' सम्बद्ध स्रोतले भन्यो, 'जहाजका सबै सिट भरिएका थिए। धन्य, ठूलो दुर्घटना टर्योफ।'

स्रोतका अनुसार ग्राउन्डेड भएलगत्तै मर्मत सुरु गरिए पनि जहाज अझै तयार भएको छैन। सामानै फेर्नुपर्ने भएकाले ल्याएर जडान सुरु गरिए पनि काम पूरा हुन बाँकी छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस