काठमाडौं- तत्कालीन संकट सम्बोधन गर्न तथा दीर्घकालमा यस्ता संकटसँग जुझ्न एक स्थायी संयन्त्र स्थापना गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन्। नेपाल रिपब्लिक मिडियाद्वारा बुधबार आयोजित अन्तर्क्रियामा उनीहरुले अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय सम्मिलित स्थायी संयन्त्र बनाउन सुझाएका हुन्।चीनबाट इन्धन ल्याउनेबारे सरकारका तर्फबाट अहिलेसम्म चिठी लेख्नेबाहेक केही काम नभएको भन्दै उनीहरुले कम्तीमा सहसचिवस्तरीय टोली गठन गरेर काम थाल्नुपर्ने औंल्याए।
एकातिर नेपाल तथा भारतका निजी क्षेत्रको सहकार्यमा 'ट्र्याक टु डिप्लोमेसी' अन्तर्गत वार्ता हुनुपर्ने र अर्कोतर्फ सरकार नागरिकले दैनिक रुपमा भोगेका समस्याप्रति गम्भीर भएर अन्तरसरकारी समन्वय गरी फास्ट ट्र्याकमा काम गर्न एक स्थायी संयन्त्र आवश्यक रहेको पनि उनीहरुको दाबी छ।
अन्तरसरकारी समन्वय अभावले वाणिज्य मन्त्रालय चीनसँग तेल खरिद गर्न लेखेको चिठी परराष्ट्र्र मन्त्रालयमा मार्फत चीन पुग्न धेरै ढिलो भएकाले अझै पनि चीनसँग पेट्रोलियम पदार्थ खरिद सम्झौता हुन सकेको छैन जसका कारण बजारमा कालोबजारीले प्रश्रय पाएको छ। सरकारले पेट्रोलियम पदार्थमा मात्र प्रतिमहिना ३ अर्ब राजस्व गुमाएको छ भने उपभोक्ता ४ सय रुपैयाँ प्रतिलिटर पेट्रोल र ६ हजार रुपैयाँमा खाना पकाउने ग्यास किन्न बाध्य छन्।
व्यापार अर्थविद् पुरुषोत्तम ओझाका अनुसार अभावको मौका छोपेर कालोबजारियाहरुले भारतका विभिन्न नाकाबाट अवैध रुपमा पेट्रोलियम पदार्थ भिœयाउँदा राज्यलाई मासिक ३ अर्ब रुपैयाँभन्दा बढी नोक्सान हुँदै आएको छ।
'यसले भारतलाई आर्थिक रुपमा कुनै नोक्सान भएको छैन। किनभने, कालोबजारीले भारतको बजारबाट किन्दा भारतमा सबै खाले कर तिरेका छन्,' उनले भने, 'तर नेपालतर्फ भन्सार दाखिला नभई चोरबाटोबाट भित्रिँदा सरकारलाई राजस्व नोक्सान भइरहेको छ।'
लामो समय वाणिज्य सचिव रहेका ओझाले कालोबजारी मौलाउँदै जाने र राज्य कमजोर हुने अवस्था रहिरहे राज्यसंयन्त्र नियन्त्रण गर्न नसक्ने विकराल स्थिति आउन सक्ने चेतावनी दिए।
तराई–मधेस केन्द्रित दलसँग चाँडो वार्ता गर्न र फेरि यस्तो नाकाबन्दी बेहोर्न नपरोस् भनेर दीर्घकालीन ऊर्जा तथा खाद्य सुरक्षामा ध्यान दिन पनि ओझाले सुझाव दिए।
'भारतले लगाएको नाकाबन्दी कूटनीतिक पहलबाट खोल्नुपर्छ,' उनले भने, 'सामान्य मानिसले सडकमा कराएजसरी सरकार बोल्नुभएन।'
यसअघि भारतले लगाएको नाकाबन्दीमा सबै नेपाली एकजुट भएर लडेका तर यसपालि नेपाली–नेपालीबीच फुट ल्याएको भन्दै उनले एकजुट भएर लड्न नसक्दा देश गम्भीर मोडमा फसेको पनि बताए।
नेपालले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय सन्धि सम्झौताअन्तर्गत पाउनुपर्ने सुविधा पनि भारतले रोकेको उनले बताए। विश्वव्यापार संगठनको सदस्य भएको नाताले नेपालजस्तो भूपरिवेष्टित मुलुकले पाउनुपर्ने सुविधाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत सरकारले दिन नसकेकोमा आलोचना गरे।
सरकारको गैरजिम्मेवार कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले दुवै छिमेकी मुलुक भारत र चीनसँग एकसाथ वार्ता गर्न पनि सल्लाह दिए।
अन्तर्त्रि्कयामा बोल्दै उद्यमी आनन्द बगरियाले आन्तरिक र बाह्य दुवै कारणले हालको समस्या आएकाले नलम्ब्याई वार्तामा बस्न आग्रह गरे।
तराई–मधेसमा जारी तीन महिनाभन्दा बढीदेखिको आन्दोलन र भारतको दुई महिनाभन्दा बढीको नाकाबन्दीले अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको जनाउँदै उनले व्यापार व्यवसाय धराशयी हुने अवस्थामा पुगेको बताए।
'सबैभन्दा कष्ट दैनिक रोजगारी गरेर बिहान–बेलुका हातमुख जोर्नेले पाइरहेका छन्,' उनले भने, 'दलीय खिचातानीले जनताले दुःख पाइरहेका छन्। समस्या समाधानका लागि सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाउँंदै दीर्घकालका लागि भारतसँगको द्विपक्षीय व्यापार सम्झौतामा पनि परिमार्जन गर्ने बेला आएको उनले बताए।
उनका अनुसार अल्पकालीन असरबाट बच्न तत्काल वार्ता, अल्पकालमा स्वदेशी उत्पादनलाई बढावा दिने, कृषिलाई प्राथमिकता दिने र उत्पादन बढाउने तथा दीर्घकालमा निर्यात बढाएर भारतसँग अन्तरनिर्भरता बढाउने, परनिर्भरता घटाउने कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिए।
'अब पुरानो ढर्राले काम गरेर हुँदैन। हालको संकटबाट पाठ सिक्दै सरकारले रफ्तारमा काम गर्नुपर्छ,' उनले भने। अर्थतन्त्र सबल बनाउन देशभित्र उद्योग स्थापना गरेर आत्मनिर्भरतातिरको बाटो हिँड्नुपर्ने उनको भनाइ छ।
यस्तै, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष राजन शर्माका अनुसार पनि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्छ। अल्पकालीन उपायका लागि राजनीतिक, कूटनीतिक, व्यापारिक र मानवअधिकारको सम्बन्धलाई उपयोग गर्ने, दीर्घकालीन रूपमा कृषि र हाइड्रोको विकास गरी चीनतिरका छवटै नाका खोल्ने र विगतमा नेपाल–भारतबीच गरिएका सन्धि–सम्झौता पुनरावलोकन गर्नुपर्ने उनको विचार छ।
अन्तर्राष्टिय मन्चमा नेपाल र भारतले स्वीकार गरेका सन्धि–सम्झौतालाई अब द्विपक्षीय सन्धिमा समेटेर द्विपक्षीय रूपमा ढाल्न सक्ने हो भने नेपाललाई हालको जस्तो संकट नपर्ने पनि उनले ठोकुवा गरे।
'भारतीय पक्षले नेपालमा मालबाहक सवारी भित्रिन समस्या भएको बताइरहेको छ,' उनले भने, 'तर वाणिज्य तथा आपूर्ति मन्त्रालय सुरक्षा दृष्टिले नेपालमा सामान आयातमा समस्या छैन भनेर भारतलाई जानकारी दिन आनाकानी गरिररहेको छ।
मन्त्रालयले निजी क्षेत्रको सुझावअनुसार भारतलाई नेपालको भन्सारसम्म सामान पुर्यााइदिनुस्, सुरक्षा समस्या हुँदैन भन्न पनि नसकेको पनि उनले आरोप लगाए।
दसगजामा बसेर नेपालमा अवरोध गर्दा दुवै देशका सुरक्षा निकाय मौन रहेको नेपालले आन्तरिक समस्यालाई आफैं र भारतसँगको समस्यालाई अन्तर्राष्ट्रियकरण गरेर जान नसकेको र भूपरिवेष्टित राष्ट्रको अधिकार प्रयोग गर्न नसकेकोमा पनि उनले सरकारको आलोचना गरे।
शर्माले नेपालकै व्यवहारका कारण चीन अहिले पनि नेपालसँग दिल खोलेर व्यापार विस्तार गर्न नचाहेको भन्दै चीनका पनि आफ्नै अनेक समस्या भएका कारण यतिखेर भारतविरुद्ध 'चीन कार्ड' उपयुक्त नहुने तर, नाका खोल्न र दीर्घकालीन जोखिम अन्त्यका लागि नेपालले भारत र चीनसँग चलाखीपूर्ण तरिकाले कूटनीतिक, राजनीतिक, व्यापारिक, मानवअधिकार सम्बन्धको विकास गर्न पहल गर्नुपर्ने बताए।
नेपाल र भारतका मानवअधिकारकर्मी मिलेर समस्या समाधानमा लाग्न पनि त्यत्तिकै आवश्यकता रहेको भन्दै उनले समस्या समाधानका लागि सरकारी निकाय गम्भीर नभएको पनि बताए।