काठमाडौं- कहिले कर्मचारी विवाद त कहिले कागज खरिदमा कुरा नमिल्दा जनक शिक्षा सामग्री लिमिटेडले गत साउनयता दैनिक ४० लाख रुपैयाँ गुमाउँदै आएको छ। सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षाले चुस्त, दुरुस्त काम गर्न नसक्दा एकातिर दैनिक ४० लाख रुपैयाँभन्दा बढी गुमाइरहेको छ भने अर्कोतर्फ सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कसरी पाठ्यपुस्तक पुर्याँउने भन्ने समस्या सिर्जना भएको छ।
कम्पनी व्यवस्थापनले कहिले कर्मचारी विवाद सल्टाउने र कहिले गुणस्तरीय कागज नपाएको भन्दै पाठ्यपुस्तक छापेको छैन। सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई चाहिने पाठ्यपुस्तक छाप्न निजी छापाखानालाई अनुमति दिए पनि ६ देखि १० सम्मको पुस्तक छाप्ने जिम्मेवारी सरकारी स्वामित्वको जनक शिक्षालाई दिएको छ। साउनदेखि छापाखाना पूर्ण रूपमा बन्द भएपछि यसका चार सय ४८ कर्मचारी घाम तापेर दिन बिताइरहेका छन्। यसले मासिक करिब पौने एक करोड रुपैयाँ तलबमा खर्च गर्छ।
जनक शिक्षा कर्मचारी संघका अध्यक्ष रामबहादुर कुँवरले साउनयता प्रिन्टिङ मेसिन चल्न नसके पनि सरकारको माथिल्लो निकायले अनुगमनसमेत नगरेको गुनासो गरे। कर्णाली अञ्चलका पाँच तथा मनाङ र मुस्ताङ गरी सात हिमाली जिल्लामा आउँदो फागुनदेखि र अन्य जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। तर, अहिलेसम्म पाठ्यपुस्तक छपाइको काम नहुँदा विद्यार्थीले कसरी पुस्तक प्राप्त गर्लान्? प्रश्न उठेको छ।
भदौदेखि पुससम्म छापाखाना व्यस्त रहने समय हो। जनक शिक्षा स्वतन्त्र कर्मचारी संघका महासचिव भूपराज थापा देशभरिका सरकारी विद्यालयमा पाठ्यपुस्तक पुर्याहउन अहिले दैनिक कम्तीमा ८० हजारदेखि एक लाख २० हजार थान पुस्तक छाप्नुपर्ने बेला हो। छपाइ नहुँदा दैनिक सरदर लाख थान पुस्तकको हिसाब गर्दा पनि करिब ४० लाख रुपैयाँ पर्न आउने कर्मचारी बताउँछन्। सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि यसले वर्षमा करिब पौने दुई करोड थान पुस्तक छाप्नुपर्ने हुन्छ। पाठ्यपुस्तक छापेर विद्यार्थीको आवश्यकता पूरा गर्दै आम्दानी समेत गरिरहेको कम्पनीले पाँच महिनायता किताब नै छाप्न नसकेपछि कतिपय कर्मचारीले व्यवस्थापनले संस्था डुबाउने खेल खेलेको आंशका गरेका छन्।
'लामो समयसम्म मुख्य काम बन्द हुँदासमेत व्यवस्थापन गम्भीर हुँदैन भने संस्था डुबाउने खेल नभए के त?' एक कर्मचारीले भने, 'संस्था स्थापनाको उद्देश्य नै किताब छाप्नु हो भन्ने कुरा अहिलेको व्यवस्थापनले बुझेको देखिँदैन।' विगतमा समयमै किताब छाप्न नसकेर बदनामी कमाएको कम्पनीले यस वर्ष पाँच महिना खेर फालेर पनि छपाइको काम सुरु गर्ने मिति किटान गर्न सकेको छैन।
किताब छपाइ रोक्नुको कारणबारे जनक शिक्षा व्यवस्थापनले दिनेे जवाफ धेरैले पत्याउने खालको नभएको कर्मचारी गुनासो गर्छन्। 'गोदाममा एक सय ५० मेटि्रक टन कागज छ। काम गर्ने कर्मचारी तयारी अवस्थामा छन्,' कुँवरले भने, 'कर्मचारीले पटकपटक छापाखाना चलाउन आग्रह गर्दा व्यवस्थापन नसुनेझैं गर्छ।' पाठ्यपुस्तक बिक्री गरेबापत वर्षमा ९० करोड रुपैयाँसम्म कारोबार गर्ने यसले समयमै छाप्न नसक्दा यो वर्ष विगतमा गर्दै आएको कारोबारभन्दा निकै कम ५५ करोडमा सीमित भएको छ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज र सुलभ तरिकाले पाठ्यपुस्तक पुर्यााउने उद्देश्यले यसले २०१७ सालपछि किताब छाप्न थालेको हो। जापानलगायतका दातृ निकायबाट सहयोग स्वरुपप्राप्त अत्याधुनिक छापाखानासहित सरकारले भक्तपुरको सानोठिमीमा उपलब्ध गराएको दुई सय ३२ रोपनी जग्गामा सञ्चालित जनक शिक्षा २०६२ सालदेखि घाटामा जान थालेको हो। सरकारले नियुक्त गर्ने व्यवस्थापनले सही तरिकाले काम नगर्दा कहिले कर्मचारी आन्दोलन त कहिले पाठ्यपुस्तक छपाइमा समस्या हुँदै आएको कर्मचारी बताउँछन्।
'पूर्वाधारको हिसाबले जनक शिक्षामा छपाइ र आर्थिक समस्या नआउनु पर्ने हो,' एक कर्मचारीले भने, 'सरकारका उच्च पदमा रहने व्यक्तिले नै सेतो हात्ती बनाउने क्रम नरोकेपछि नाजुक अवस्थामा पुग्यो।' घाटामा जान थालेपछि यसले लिएको ऋण बढेर एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। उसले सरकारसँग लिएको ७० करोड रुपैयाँको ब्याज ५ प्रतिशत र विभिन्न बैंकसँग लिएको ९५ करोड ऋणको ब्याज साढे नौ प्रतिशतले तिरिरहेको छ।
कम्पनीका प्रशासन प्रमुख टंकमणि अधिकारी किताब छपाइ सुरु नहुनुको कारण कागज अभाव बताउँछन्। 'बाबा पेपर मिलले उपलब्ध गराएको कागज गुणस्तरीय भएन,' उनले भने, 'अब अर्को कम्पनीसँग सम्झौता गर्नुपर्ने भएको छ। त्यो चाँडै हुन्छ।'
कर्मचारी भने बाबा पेपर मिलले उपलब्ध गराएको कागज गुणस्तरीय नभएको भए तत्काल अर्को कम्पनीसँग सम्झौता गरी छाप्न थाल्नुको साटो व्यवस्थापनले आलटाल गरिरहेको दाबी गर्छन्। 'शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेन भने त्यसको पहिलो दोष जनक शिक्षाको हुन्छ,' एक कर्मचारीले भने, 'कागजको बहाना गरेर छाप्न सकेनौं भन्नु लाजमर्दो हो।' वर्षमा करिब पौने दुई करोड थान पाठ्यपुस्तक छाप्ने गरेको जनक शिक्षाले पाँच हजार मेटि्रक टन कागज खपत गर्छ।