काठमाडौं—संसदको विकास समितिले पुनः निर्माण प्राधिकरण विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको छ। महाभूकम्पपछिको पुनःनिर्माण लामो समयसम्म सुरु नहुँदा भूकम्प पीडितले कस्ट खेप्नु परेको औंल्याउँदै समितिले सोमबार यस्तो निर्देशन दिएको हो।समितिको बैठकमा सभापति रविन्द्र अधिकारीले विपक्षी दलसँग समेत परामर्श र सहमति गरी विधेयक छिटो संसदबाट पारित गर्न सरकारले पहल गर्नुपर्ने बताए। 'हिउँद लागिसक्यो पहाड तथा उच्च हिमाली क्षेत्रमा भूकम्प पीडितको जनजीवन कस्टकर हुँदै गएको छ', उनले भने, 'तत्काल यो समस्या समाधान नभए अर्को मानवीय क्षति हुनसक्छ।'
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित नहुँदा पुनः निर्माण प्रभावित हुनुका साथै भूकम्प पीडित मर्कामा परेको बताए। विधेयक पारित गर्न सरकाले पहल गर्ने उनले आश्वसन दिए। 'प्रतिपक्षी दललाई समेत साथ लिएर छिटो विधेयक पारित गर्न सरकारले प्रयास गर्नेछ। विधेयक पारित नभए दातृ निकायबाट प्रतिबद्धता गरेअनुसारको रकम नआउन सक्छ', उनले भने।
तत्काल पुनः निर्माणको काम सुरु गर्न समय लाग्ने हुँदा अल्पकालीन योजनाका साथ पहाड र हिमाली क्षेत्रमा राहत प्याकेज व्यवस्था गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले बताए। 'दातृ निकायले पुनः निर्माणबारे सरकारसँग छलफल गर्ने सरकारी निकाय नहुँदा आयोगले अहिले त्यो काम गरिरहेको छ। एक दुई दिनभित्रै पुनः निर्माणमा सरकारले छुट्याएको ७४ अर्ब रुपैयाँको कार्यक्रम ल्याउन मन्त्रालयहरुलाई निर्देशन दिइनेछ।'