झापा–केही दिनदेखि इन्धन आयात ठप्प रहेको पूर्वी नाकाबाट सोमबार १ सय २० किलोलिटर डिजेल र ४० किलोलिटर पेट्रोल नेपाल भित्रेको छ। मेची भन्सार कार्यालयका अनुसार ग्यासको एउटा बुलेट पनि नेपाल भित्रेको छ।लामो समयदेखि जारी भारतीय नाकाबन्दी सुरु भएयता झापाबाट काठमाडौं पनि धेरै इन्धन गएको छ। नेपाल आयल निगमको झापास्थित कार्यालयले विराटनगर हुँदै काठमाडौं पठाएको पेट्रोल र डिजेलको परिमाण ठूलो छ।
नेपाल पेट्रोलियम डिलर्स एशोशिएसनका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाले दिएको जानकारी अनुसार असोज ६ देखि सुरु भएको भारतीय नाकाबन्दी पछिको अवधिमा ७२ हजार लिटर पेट्रोल राजधानी पठाइएको छ। त्यस्तै १ लाख २० हजार लिटर डिजेल पनि राजधानी पठाएको छ।
नाकाबन्दीको सुरुतिर पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल भित्रने इन्धन सबै पूर्वमै खपत हुने गरेको थियो। तर, राजधानीमा हाहाकार सुरु भएपछि सरकारले राजधानी पठाउन भनेर निर्देशन गरेको थियो।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका प्रवक्ता निर्माणकुमार भट्टराईका अनुसार असोज महिनाभरीमा पूर्वी नाकाबाट १२ लाख ८२ हजार लिटर पेट्रोल आयात भएको छ । त्यस्तै ८८हजार लिटर मट्टितेल , २ लाख ४० हजार लिटर हवाई इन्धन, १८ लाख ९६ हजार लिटर डिजेल र ७ लाख २६ हजार ९ सय ५१ केजी एलपी ग्यास नेपाल भित्रिएको छ ।
त्यस्तै कात्तिकभरीमा काँकडभिट्टा नाकाबाट ४ लाख ५८ हजार लिटर पेट्रोल, १५ लाख ४२ हजार लिटर डिजेल, हवाई इन्धन, २ लाख ४० हजार लिटर र ८ सय ६२ किलो ग्यास नेपाल भित्रेको छ ।