छानबिन थाल्न लेखाले माग्यो कागजात
२० कार्तिक २०७२
•
९ मिनेट पाठ
छानबिन थाल्न लेखाले माग्यो कागजात
काठमाडौं- व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले विराट पेट्रोलियम प्रालिसँग गरिएको इन्धन आपूर्ति सम्झौताका सम्पूर्ण कागजात तीन दिनभित्र उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ।

समितिले शुक्रबार निगमलाई पत्र काट्दै विराट आयलस"ग के/कसरी इन्धन आपूर्ति सम्झौता गरियो, त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदीय दुरुपयोग गर्दै विराटलाई २० करोड रुपैयाँ बुझाएको खुलेपछि समितिले छानबिनका लागि कागजात मागेको हो।

समितिले पेट्रोलियम पदार्थ आयात गर्ने प्रयोजनका लागि जारी गरेको आशयपत्रपछिका कामकारबाही तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो। बिनाआधार २० करोड रुपैयाँ दिइएको बारे पनि समितिले जानकारी मागेको छ।

लेखा समितिका उपसचिव सुरेन्द्र अर्यालले आपूर्ति सहज बनाउने नाममा कसैले पनि लुट्न नपाउने बताए। 'अहिले आपूर्ति असहज भएको सबैलाई जानकारी छ,' उनले भने, 'त्यही बहानामा करोडांै कुम्ल्याउने खेलमा लाग्नुभएन नि!'

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिले पनि बिहीबार यस विषयमा छलफल गरेको थियो।

'मैले आजै (शुक्रबार) वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई पत्र पठाएको छु, सम्भवतः आइतबारसम्म सम्पूर्ण कागजात आइपुग्छ,' अर्यालले भने, 'तिहारअघि एउटा बैठक बसेर यसबारे आवश्यक निर्णय हुन्छ।'

उनका अनुसार निगमले विराट आयललाई मात्रै २० करोड रुपैयाँ दिएको भन्ने सुनिएको छ। किन एउटा कम्पनीलाई मात्रै यत्रो रकम दिइयो, त्यसबारे यथार्थ जानकारी दिनसमेत निर्देशन दिएको हो।

तर, विराट आयलले ल्याउने भनेको तेलको मूल्य हालको भन्दा दोब्बर रहेको पाइएपछि लेखाको ध्यान गएको हो। 'दर रेट ज्यादै महँगो छ भन्ने सुन्नमा आएको छ,' अर्यालले भने, 'त्यसबारे अध्ययन गर्न थालेका हौं।'

विराटले सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ।

आपूर्तिकर्ताको व्यावसायिक कारोबारको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र हालको अवस्थाबारे जानकारी मागिएको छ। त्यसैगरी, निवेदकले निवेदनमा उल्लेख गरेको आपूर्ति योजना, कार्यतालिका र गुणस्तर तथा तेलको मूल्य उल्लेख छ।

निगमले आपूर्तिकर्ता छनोट गर्दा लिएको आधार, कारण र सम्झौताका सर्त पूरा गरे/नगरेबारे जानकारी मागिएको छ। लेखाले काटेको पत्रमा छनोट भएको विराटलाई अग्रिम रकम भुक्तानी गरेनगरेको र गरेको भए त्यसको कारण उल्लेख गर्न निर्देशन दिएको हो।

स्रोतका अनुसार सिलिगुडीमा लोड गरिएको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर १६ हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख लिटर डिजेल र २ लाख लिटर पेट्रोल हो। उक्त परिमाण बराबरको तेल केही दिनभित्र काठमाडौं आइपुग्नेछ। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।

कार्यकारी निर्देशक खड्का विराट आयललाई तेल किन्न २० करोड रुपैयाँ बराबरको एलसी खोलिदिएको स्वीकार गर्छन्। 'अहिलेको संकट टार्न तेल आवश्यक छ, जसरी पनि तेल ल्याउनुपर्छ,' उनले भने। विराट आयलसँग भएको मूल्य सम्झौताबारे पनि खड्काले भने, 'नेपालीलाई अहिले तेल आवश्यक छ, जति मूल्य परे पनि तिर्छन्।'

बिहीबार उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिमा खड्काले विराटलाई पैसा दिएको स्वीकार गरे। 'ऊसँग तेल किन्ने पैसा छैन भन्यो, हामीले अग्रिम भुक्तानी दियांै,' खड्काले समितिका भने, 'कानुनको मतलब गर्दिनँ।'

कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्तावलाई बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने विराटलाई ठेक्का दिलाए,' स्रोतले बुधबार नागरिकसँग भन्यो, 'विराटले बिनालगानी ५ करोड ५ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएको छ।'

विराटले पेट्रोलबाट २ करोड ३५ लाख र डिजेलबाट २ करोड ७० लाख नाफा पाउनेछ।

निजी क्षेत्रको आपत्ति

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको 'ठाडो आदेश' मा विराट आयललाई तेल किन्न गैरकानुनी रुपमा करोडौं रुपैयाँ दिइएको भन्दै निजी क्षेत्रले गम्भीर आपत्ति जनाएको छ।

गत असोज २१ गते मागेको आशयपत्रमा प्रस्ताव हालेका सबै कम्पनीले आफूले पनि २०/२० करोडका दरले रकम पाउनुपर्ने दाबी गरेका छन्। 'विराट आयलमा कार्यकारी निर्देशकको लगानी छ भन्दैमा करोडौं रुपैयाँ दिन मिल्छ?' एक आवेदनकर्ताले नागरिकसँग भने, 'विराटलाई दिन मिल्ने, हामीलाई किन नमिल्ने? यदि २० करोड रुपैयाँ हामीलाई दिने हो भने अहिलेकै मूल्यमा काठमाडौंमा तेल ल्याएर देखाइदिन्छौं।'

२२ वटा कम्पनीले पेट्रोलियम पदार्थ आपूर्ति गर्न भन्दै प्रस्ताव हालेकामा एउटालाई मात्रै कार्यकारी निर्देशक खड्काले काखी च्यापेर मोटो रकम दिएका छन्। तर, बाँकी २१ कम्पनीमध्ये १० वटालाई 'नो अब्जेक्सन लेटर' मात्रै दिने विराटलाई भने २० करोड नै उपलब्ध गराउँदा गम्भीर शंका उब्जिएको हो।'

निगमस्रोतका अनुसार व्यापारीको कमाउने धन्दा भएकाले 'माथिको पावर' लगाएर २० करोड रुपैयाँ उम्काएको हो। 'निगमले दिन मानेको थिएन,' स्रोतले भन्यो, 'धेरै ठूलो पावर लगाएपछि निगमको केही लागेन।'

स्रोतका अनुसार सबै कम्पनीलाई नो अब्जेक्सन लेटर मात्रै दिने र आफू खुसी तेल आपूर्ति गरून् भन्ने नै हो। तर, विराटसँग नेपालका ठूला व्यापारी संलग्न भएकाले पैसा नदिई सुखै पाइएन। विराट आयलसँग राजनीतिक दलका ठूला मान्छेदेखि व्यापारिक घरानाको संग्लनता भएकाले निगमले बाध्य भएर पैसा दियो।

आशयपत्र हालेका व्यापारीका अनुसार जनताले तिरेको करबाट आएको पैसा दुरुपयोग गर्ने अधिकार कसले दियो? 'आफूलाई जे मन लाग्यो, त्यही गर्ने अधिकार कसैलाई पनि छैन,' स्रोतले भन्यो, 'कार्यकारी निर्देशकमाथि छानबिन हुन जरुरी छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस