'कानुनसानुन जान्दिनँ, विराटसँगै तेल किनिन्छ'
१९ कार्तिक २०७२
•
११ मिनेट पाठ
'कानुनसानुन जान्दिनँ, विराटसँगै तेल किनिन्छ'
काठमाडौं- 'तपाईंले पेट्रोलियम आपूर्ति ठेक्का दिँदा कानुन मिच्नुभयो?'
– 'कानुन नमिची तेल ल्याउनै सकिन्न'
'तपाईं कानुन मिच्न पाउनुहुन्न'
– 'कानुनसानुन जान्दिनँ, तेल नल्याई छाड्दिनँ'
'देशको कार्यकारी त कानुनभित्र हुन्छ, तपाईं माथि कसरी?'
– 'पहिलो काम संकट टार्नु हो, अहिले कानुन मान्नु जरुरी छैन।'
'विराटलाई नियमविपरीत २० करोड पनि दिनुभो?'
– विराटले तेल ल्याउँछजस्तो देखेरै सम्झौता गरेर एलसी खोल्न पैसा दिएका हौं।'
'चाइनाबाट ल्याउँदा भन्दा महँगो मूल्यमा जनताले कसरी किन्छन्।'
– 'जनतालाई तेल चाहिया छ, महँगो भन्ने छैन।'




माथिको संवाद कुनै कालोबजारिया व्यापारी र उपभोक्ताबीचको होइन। विराटनगरस्थित निजी कम्पनी विराट पेट्रोलियम प्रालि (विराट आयल) लाई गैरकानुनी तरिकाले करोडौंको ठेक्का दिएर विवादित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र संसदीय समितिका सदस्य (विधायक) हरु बीचको हो।

भारतले नाकाबन्दी लगाएपछि चर्किएको इन्धन अभाव टार्न सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले निजी कम्पनीबाट पेट्रोलियम आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर अनधिकृत रुपमा विराट आयललाई दिएका खड्काले बिहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिका २० जना विधायकबीच चुनौती दिए, 'कानुनसानुन मान्दिनँ, तेल नल्याई छाड्दिनँ।'

१५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सूचनामार्फत ग्लोबल टेन्डर आह्वान गरेको निगमले खड्काकै ठाडो आदेशमा प्रतिस्पर्धामा उत्रिएका २१ कम्पनी पन्छाएर विराटलाई प्रतीतपत्र (एलसी) खोल्न बिनाआधार २० करोड रुपैयाँसमेत भुक्तानी दिएको थियो।

यस सम्बन्धी समाचार नागरिकमा सार्वजनिक भएकै दिन बिहीबार समितिले यसबारे थप बु‰न कार्यकारी निर्देशक खड्कासहित वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, सचिव ङइन्द्रप्रसाद उपाध्याय र वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालालाई समितिमा बोलाएको थियो।

छलफलका क्रममा खड्काले विराटलाई ठेक्का दिएर आफूले सही निर्णय गरेको जिकिर गरे। 'कानुनसानुन छाड्दिनुस्, जनतालाई तेल चाहिएको छ, महँगोसँग पनि मतलब छैन। त्यसकारण तेल ल्याएरै छाड्छौं,' खड्काले समितिमा भने, 'अहिलेको कानुनले तेल ल्याउन सकिन्न, त्यही भएरै कानुन मिचेर भए पनि विराटलाई ठेक्का दिएकाले उसले ल्याएको तेल खरिद गर्छौं।'

खड्काले 'कानुन मान्दिनँ' भनेपछि विधायकहरु उनीसँग आक्रोशित भएका थिए।

'कानुन नमान्ने तपाईं को? तपाईं कानुनभन्दा माथि हो?' समितिका सदस्य सुभाषचन्द्र ठकुरीले भने, 'देशको कार्यकारी प्रमुख त कानुनी सीमाभित्र हुन्छ, तपाईं त्यसभन्दा पनि माथि हो?'

सांसद ठकुरीले तेल संकट छ भन्दैमा कसैले जनताको करमाथि लुट मच्चाउन नपाउने बताए। 'जनताले तिरेको करमा तपाईंको रजाइँ चल्दैन,' उनले भने, 'त्यही करबाट तलब खानेले कालोबजारीलाई प्रश्रय दिन पनि मिल्दैन।'

सांसद अम्बिका बस्नेतले विराट आयलमा खड्काको पनि लगानी रहेको दाबी गर्दै त्यही कारण कानुनविपरीत एलसी खोल्न पैसा दिएको बताइन्। 'पदीय दुरुपयोग गरेर खड्काले विराटलाई अग्रिम भुक्तानी गरेका छन्,' उनले भनिन्, 'जनतालाई महँगोमा तेल बेच्ने रणनीतिमा लागेका कार्यकारी निर्देशकलाई तत्काल बर्खास्त गर्नुपर्छ।'

छलफलमा खड्काले विराट आयलले तेल ल्याउने देखेपछि अग्रिम भुक्तानी दिइएको सकारे। 'हामीले अग्रिम भुक्तानी गरेका हौं,' उनले भने, 'सरकारले जुनसुकै विकल्प खुला गरेर भए पनि तेल ल्याउने अधिकार निगमलाई दिएकाले यस्तो गरेको हो।'

छलफलमा वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले विराटले ल्याउने तेलभन्दा चीनबाट ल्याउँदा ६१ प्रतिशत सस्तो पर्ने बताए। 'विराटले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल दिने सुनिएको छ। यो भन्सारबाहेकको मूल्य हो। भन्सार जोडिँदा २ सय २० भन्दा कममा आउँदैन।' उनले समितिका सदस्यलाई जानकारी दिँदै भने, 'तर चीनबाट ल्याएको पेट्रोल १ सय ३५ रुपैयाँमा उपभोक्तालाई दिन सकिन्छ।'

आसयपत्र हालेका अन्य २१ कम्पनीको प्रस्ताव हेर्दा तेल ल्याउनेजस्तो नदेखिएको तर विराट योग्य देखिएकाले फाइल सदर गरेको उनले दाबी गरे।

छलफलमा खड्काको दाबी सुनेर रुष्ट बनेका उपभोक्ता संरक्षण मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनले 'करोडौं कुम्ल्याउन पाएपछि किन कानुन मान्नुहुन्थ्यो त?' भन्दै र्यानखर्या ख्ती पारेका थिए।

'अहिले १ सय ४ रुपैयाँ लिटरमा पाइने पेट्रोल २ सयमा ल्याएर कति कमिसन खान खोजेको हो? प्रस्ट पार्नुस्,' महर्जनले भने, 'तपाईंले दिएको मनलाग्दी ठेक्का खरिद ऐन, उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनविपरीत छ। यसैलाई टेकेर तपाईंमाथि मुद्दा हाल्छौं, तपाईंलाई हामी कुनै हालतमा छाड्दैनौं।'

भारतको सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ।

'प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी खड्काले विराटलाई ठेक्का दिलाए,' स्रोतले बुधबार नागरिकसँग भन्यो, 'बिनालगानी ५ करोड ५ लाख रुपैयाँ चोखै कुम्ल्याउने गरी विराटलाई ठेक्का दिइयो।' यही सम्झौताअनुसार तेल कारोबार भए विराटले पेट्रोलबाट २ करोड ३५ लाख र डिजेलबाट २ करोड ७० लाख नाफा पाउनेछ।

निगमका कार्यकारी निर्देशक खड्काका अनुसार सिलिगुडीमा लोड गरेको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर २० हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख ५० हजार लिटर डिजेल र २ लाख ५० हजार लिटर पेट्रोल हो। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।

कार्यकारी निर्देशक खड्का विराट आयललाई तेल किन्न २० करोड रुपैयाँ बराबरको एलसी खोलिदिएको स्वीकार गर्छन्। 'अहिलेको संकट टार्न तेल आवश्यक छ, जसरी पनि तेल ल्याउनुपर्छ,' उनले भने। विराट आयलसँग भएको मूल्य सम्झौताबारे पनि खड्काले भने, 'नेपालीलाई अहिले तेल आवश्यक छ, जति मूल्य परे पनि तिर्छन्।'

विराट चार वर्षअघि नै कालोसूचीमा

विराट आयललाई २०६८ चैत २७ गते बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले बन्द गर्न निर्देशन दिएको थियो। विदेशबाट डढेको मोबिल ल्याएर पेट्रोलियम पदार्थ बनाई बिक्री गरेको फेला परेपछि तत्कालीन मन्त्रिपरिषदले उक्त कम्पनी तत्काल बन्द गर्न निर्देशन दिएको थियो।

तत्कालीन सभासद भीम आचार्यको अध्यक्षतामा गठित पेट्रोलियम पदार्थ उच्चस्तरीय छानबिन समितिले छानबिन गर्दा विदेशमा डढेको मोबिल मिसाएको पेट्रोलियम पदार्थ बिक्री गरेको फेला पारेको थियो। त्यसपछि समितिले उसको उत्पादन तथा कम्पनी नै बन्द गर्न सरकारलाई लिखित सुझाव दिएको थियो। सोही आधारमा मन्त्रिपरिषदले कम्पनी बन्द गर्न निर्देशन दिए पनि पालना हुन सकेन।
अर्को समाचार
विराटलाई नै किन ?
२१ कार्तिक २०७२
•
६ मिनेट पाठ
विराटलाई नै किन ?
'कानुनसानुन जान्दिनँ, विराटसँगै तेल किनिन्छ ।' यो कुनै गुन्डा–डन, अपराधी वा कालोबजारीको भनाइ होइन । यो भनाइ हो– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको । र, उनले यस्तो उत्तर संसदीय समितिका सदस्यहरूलाई दिएका हुन् । प्रश्न उठ्छ– एउटा जिम्मेवार अधिकारी कुनै कम्पनीलाई फाइदा पुर्याउन कानुन मिच्दै यतिविधि 'लबिइङ' किन गर्छ ?भारतले नाकाबन्दी गरेपछि उत्पन्न इन्धन संकट समाधानका निम्ति सरकारी निर्देशनअनुसार नेपाल आयल निगमले निजी कम्पनीबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न गत असोज २१ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । सो क्रममा २२ वटा कम्पनीले टेन्डर हालेका थिए । तर, कार्यकारी निर्देशक खड्काले भने अन्य टेन्डरप्रति पूर्णतः बेवास्ता गर्दै विराटकै पक्षमा खुल्ला ढंगमा लाग्न थालेपछि सर्वत्र आशंका उत्पन्न भएको हो ।




विराट त्यही कम्पनी हो, जसले ५ वर्षअघि धादिङमा मिनी रिफाइनरी खोल्ने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आवेदन दिएको थियो । तर, त्यहीबेला मिनी रिफाइनरी संसारमै असफल बनेको प्रविधि भइसकेको थियो । सो कार्य नहुने देखेपछि निगमले अनुमति दिएको थिएन । त्यही कम्पनीलाई नै यो संकटमा पुनः यत्ति ठूलो जिम्मेवारी दिने निर्णय गरेपछि निगमका जिम्मेवार अधिकारीप्रति औँला उठ्नु स्वाभाविक हो । १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सूचनामार्फत् ग्लोबल टेन्डर मागेको निगमले कार्यकारी निर्देशकको आदेशमा प्रतिस्पर्धामा उत्रिएका २१ कम्पनीलाई पन्छाएर विराटलाई प्रतीतपत्र (एलसी) खोल्न २० करोड रुपैयाँ दिइसकेको छ । जनतालाई जसरी भए पनि इन्धन चाहिएकाले आफूले उक्त कदम चालेको जिकिर खड्काको रहेको छ । उनको यो कमजोर जिकिरले पनि अनियमितताको आशंकालाई झनै बलियो बनाइदिएको छ ।

यस विषयमा व्यवस्थापिका–संसद्को समेत ध्यान आकृष्ट भएको छ । र, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले विराट पेट्रोलियम प्रालिसँग गरिएको इन्धन आपूर्ति सम्झौताका सम्पूर्ण कागजात ३ दिनभित्र उपलब्ध गराउन शुक्रबार आयल निगमलाई निर्देशनसमेत दिएको छ । आपूर्तिकर्ता छनौट गर्दा कम्पनीको व्यावसायिक कारोबारको पृष्ठभूमिका साथै हालको अवस्थासमेत खुलाउनुपर्ने नियम छ । त्यसलाई पनि निगमले बेवास्ता गरेको देखिएको छ । नेपालको पूर्वीनाकासँग सीमाना जोडिएको भारतीय सहरमा यतिखेर पेट्रोल १०६ र डिजेल ८० रुपैयाँभन्दा कम पर्छ । तर, विराटसँग गरिएको सम्झौतामा पेट्रोल १९९ र डिजेलको १८७ निगमले तिर्नुपर्ने उल्लेख छ । यो मूल्य भनेको हालको भन्दा झन्डै दोब्बर हो ।

विराटलाई एलसी खोलिदिएको विषयमा निजी क्षेत्रले पनि आपत्ति जनाएका छन् । निगमले मागेको आशयपत्रमा प्रस्ताव हालेका सबै कम्पनीले आफूले पनि २०÷२० करोड पाउनुपर्ने दाबी गर्दै रकम पाएमा इन्धन आपूर्ति गर्नसक्ने दाबी गरेका छन् । त्यतिमात्र होइन उनीहरूले साविककै मूल्यमा आफूहरू इन्धन दिन तयार रहेको बताएका छन् । विराटमा आयल निगमका कार्यकारी निर्देशकको पनि लगानी भएको तिनको आरोप छ ।

सरकारसामु इन्धन समस्या जतिसक्यो चाँडो समाधान गर्नुपर्ने दायित्व एकातिर छ भने अर्कोतिर निगममा देखापरेको अनियमितता छानबिन पनि तत्काल थाल्नुपर्छ । हतार गरेर विराटका नाममा २० करोडबराबरको अग्रिम एलसी नै किन खोलियो ? उक्त कम्पनीको पूर्ण विवरण अध्ययन किन गरिएन ? ५ वर्षअघि नै अयोग्य ठह¥याइएको कम्पनीलाई नै जिम्मा किन दिइयो ? विराटमा कार्यकारी निर्देशकको संलग्नताको आरोप सत्य÷असत्य के हो ? विराटका सञ्चालकबारे पूर्णविवरण किन मागिएन ? सरकारले यी प्रश्नका उत्तर पाएपछि मात्र इन्धन आपूर्तिको जिम्मा दिने काम अगाडि बढाउनु उपयुक्त हुन्छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस