काठमाडौं- दसैं मनाएर गाउँबाट फर्कंदा के कोसेली ल्याउनु भो?
गुद्रुक, घिउ वा कुरौनी?
यसपालि गाउँको कासेली फेरिएको छ। भारतको नाकाबन्दीले गाउँबाट सहर आउने कोसेलीको रुप फेरिदिएको छ। संविधान जारी भएपछि भारतले देश नै अस्तव्यस्त हुने गरी नाकाबन्दी गरेपछि सबैभन्दा धेरै मार काठमाडौं उपत्यकालाई परेको छ।
यसको थप पुष्टि गाउँ पुगेपछि गरे आम उपभोक्ताले। काठमाडौं जति रोइकराई गरे पनि ग्यास पाइँदैन। गाउँमा भने भरिएका सिलिन्डर पाइन्छन्। काठमाडौंमा खाना पकाउन नपाएर सास्ती भोगेका उपभोक्तालाई यति भएपछि के चाहियो।
गाउँको कोसेली भन्दै भरिएको ग्यास सिलिन्डर बोरामा हालेर बसमा लोड गरी काठमाडौं भिœयाइरहेका छन् गाउँबाट फर्कनेहरुले। गत साता अर्घाखाँची, सन्धिखर्क पुग्दा काठमाडौं आउने बसमा ग्यासका सिलिन्डर लोड गर्दै थिए विद्यार्थी र व्यवसायी। एएटा बसमा एकदेखि दर्जनसम्म सिलिन्डर सहर पस्छन्।
'४ हजार ५ सयका दरले १० वटा ग्यास सिलिन्डर काठमाडौं पठाएँ,' काठमाडौंमा तन्दुरी पसल चलाइरहेका एक पसलले भने, 'वहाँ पुग्दा ५ हजार १ सय रुपैयाँ पर्ने भयो।' व्यवसायीले सकेसम्म धेरै सिलिन्डर हालेका छन् भने विद्यार्थीले कम्तीमा एउटासम्म। बाटोबाटोमा चेकिङ हुने डरले बोराले हालेर गाडीमा उकाल्छन्।
दसैंमा गाउँ पुगेका सर्वसाधारण यसपालि दसैंको उल्लासभन्दा काठमाडौंको सास्तीले पिरोलेको बताउँछन्। सहरमा व्यवसाय गरिरहेकालाई फर्केपछि कसरी चलाउने भनने चिन्ताले छोपिरह्यो भने विद्यार्थी र जागिरेलाई फर्केपछि चुलो बाल्ने पिरलोले सतायो।
नाकाबन्दीले काठमाडौंलाई अस्तव्यस्त पारिरहेका बेला उपत्यकाबाहिर र गाउँगाउँमा स्टक रहेका ग्यास सिलिन्डर काठमाडौं भित्रिरहेका छन्। स्टक ग्यास महँगोमा बेच्न पाउँदा गाउँका व्यापारी दंग।
'कोठामा ग्यास सकिएपछि गाउँबाट मगाएको,' चितवनका सुरेश पोख्रेलले कलंकीमा ट्याक्सीमा ग्यास राख्दै भने, 'सन्धिखर्कबाट आफन्तले पठाइदिनु भएको।'
बसवालाले पनि एक यात्रु बराबर भाडा लिने भएकाले छतमा ग्यास ल्याउने गरेका छन्। 'एक यात्रु बराबर भाडा दिनुपर्छ भनेको थियो,' पोख्रेलले भने, 'बल्लबल्ल ५ सय रुपैयाँमा मान्यो।' कलंकीबाट कोटेश्वर पुर्याछउँदा ट्याक्सीले हजार लियो।
सन्धिखर्कबाट काठमाडौं, कोटेश्वर पुग्दा एउटा सिलिन्डर र ग्यासको मूल्य ६ हजार पुगेको छ। काठमाडौंमा बढी मूल्य तिरेर ग्यास सिलिन्डर भित्रिरहँदा यहाँको बजार मूल्य भने अकासिएको छ। चिया पसलदेखि, किराना र तरकारी पसलमा कालोबजारी मौलाएको छ। एक कप चियाको मूल्य २० रुपैयाँ नाघेको छ भने खानेतेलको मूल्य अकासिएको छ। उपभोग्य सामग्रीको मूल्य बढेर उपभोक्ता हैरान छन्।
'नबढाएर के गर्नु,' कोटेश्वरका एक चिया पसलले भने, 'एक सिलिन्डर ग्यासलाई ६ हजार परेको छ। पुरानै भाउमा बेच्दा त ग्यासको मूल्य पनि उठ्दैन।'
केहीले 'ब्ल्याक'मा ग्यास किनेर पसल चलाइरहे पनि धेरै खाजा पसल बन्द भइसकेका छन्। 'यत्रो एसियामा एउटा पनि चिया पसल भेटिएन,' वानेश्वर चोकमा भेटिएका खेम भण्डारीले भने, 'ग्यास छैन भनेर पसलसमेत बन्दा गर्न थालेछन्।'
केही पसलमा पकाएका परिकार पाइन छाडेको छ। 'केक, डोनट छ, अरु छैन,' ठमेल नर्सिङ चोकबाट सोह्रखुट्टे जाने गल्लीमा 'विहाइन्ड क्याफे' चलाइरहेका पसलले भने, 'ग्यास छैन केले पकाउनु।' उनले बिजुलीबाट (टी मेकर मेसिन) चिया पकाएर बेचिरहेका छन्।
ग्यास सिलिन्डरसँगै तराईबाट ग्यालेनका ग्यालेन पेट्रोल भित्रिरहेको छ, काठमाडौंमा। तराईबाट आउने प्रत्येक बसमा पेट्रोलका ग्यालेन हुन्छन्। कतिपय बस व्यवसायीले तराईबाट ल्याएको तेल काठमाडौंमा महँगोमा बेचिरहेका छन्।
भारत छिरेका गाडीमा तेल भर्ने र नेपाल ल्याएर खन्याउने गर्दै तेल भित्रिरहेको छ। यसरी भिœयाएको पेट्रोल काठमाडौं उपत्यकामा प्रतिलिटर ६ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ। गाउँगाउँमा लिटरको ३–४ सयमा पेट्रोल बिक्री भइरहेको छ।
'पाँच सय रुपैयाँमा एक लिटर पेट्रोल किनेर चलाइरहेको छु,' कलंकीमा भेटिएका एक ट्याक्सी चालकले भने, 'यति महँगो किनेपछि यात्रुलाई पनि महँगो परेको छ।' तराईतिरबाट बसमा ल्याएको तेल महँगोमा किनेको उनले बताए।