रातरात कहाँ पुग्याे ५० हजार सिलिन्डर ग्यास?
१४ कार्तिक २०७२
•
९ मिनेट पाठ
रातरात कहाँ पुग्याे ५० हजार सिलिन्डर ग्यास?
काठमाडौं— ग्यास उद्योगीले शुक्रबार राजधानीका सर्वसाधारण उपभोक्तालाई शनिबार ग्यास बाँड्ने 'ललिपप' देखाए। दुई महिनादेखि ग्यास सकिएर यताउता भौंतारिइरहेका उपभोक्ता शनिबार बिहान तीन बजे नै नजिकका डिपो पुगेर सिलिन्डरसहित लाइन बसे।




१२ घन्टा लाइन बस्दा पनि उनीहरुले ग्यास भने पाएनन्। कोही टोकन लिएर त कोही रित्तो सिलिन्डर मात्रै बोकेर फर्किए। दिउँसो ३ बजे मात्र उपभोक्ताले थाहा पाए– डिपोमा ग्यासै रहेनछ, उद्योगीले बाँड्ने भनेर पंगु पो बनाएछन्।

काठमाडाैंमा भएका करिब एक दर्जन ग्यास उद्योगले शुक्रबार २० बुलेट ग्यास आफ्नो उद्योगभित्र छिराएका थिए। त्यही ग्यास एक सिलिन्डरमा आधा (७.१ किलो मात्र) भरेर उपभोक्तालाई बाँड्ने निर्णय उनीहरुको थियो। 

यो निर्णयले उपभोक्तामा ठूलो आशा जगाएको थियो तर अघिल्लो दिन ग्यास दिने बाचा गरेका उद्योगीले आफ्नो उद्योगबाट कुनै पनि डिपोलाई ग्यास दिएकै थिएनन् । रातारात अर्बौं कमाउने लोभमा उनीहरुले ग्यास त अन्तै पुर्याए। उनीहरुले त्यो ग्यास प्रतिसिलिन्डर आठदेखि १० हजार रुपैयाँसम्म लिएर तारे होटल र अन्य होटल, रेस्टुरेन्ट तथा रिसोर्टलाई बेचेर एकै रात सवा २ अर्ब लुट मच्चाएको खुलासा भएको छ ।

यो रहस्य खोलेका हुन्– ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ।

'एकैरात अर्बौं कमाउन सकिन्छ भने करोडमा किन आँखा लगाउँथे ?' अर्यालले शनिबार नागरिकसँग भने, 'यो सर्वसाधारण उपभोक्तामाथि ठूलो धोका हो। राज्यले यसबारे तुरुन्त छानबिन गरेर दोषी उद्योगीमाथि कारबाही गर्नुपर्छ।'

एक बुलेटमा १४ दशमलव २ किलोका दरले १ हजार २ सय ७० सिलिन्डर ग्यास हुन्छ । परल मूल्यमा सर्वसाधारणलाई बिक्री गर्दा एक सिलिन्डरको १ हजार ४ सय रुपैयाँ मात्र पर्छ। यो हिसाबले उद्योगीले भित्यात्र्याएकाे २० बुलेट ग्यासबाट सिलिन्डर पूरा भर्दा २५ हजार ४ सय सिलिन्डर ग्यास भर्न सकिन्छ। अाधा मात्र भर्दा ५० हजार ८ सय सिलिन्डर भर्न पुग्छ। सर्वसाधारणलाई उक्त परिमाण बराबरको ग्यास बिक्री गरेको भए उद्योगीले ३५ करोड ५६ लाख रुपैयाँ कमाउँथे। उद्योगीले त्यही ग्यास प्रतिसिलिन्डर ८ हजारदेखि १० हजार रुपैयाँसम्म लिएर तारे होटलहरुलाई बेच्ने उद्देश्यले सर्वसाधारणलाई नदिएको अर्यालको भनाइ छ।

उनका अनुसार ठूला होटललाई उद्योगीले ८ हजार देखि १० हजार रुपैयाँसम्ममा बेच्दा २५ हजार ४ सय सिलिन्डरको २ अर्ब ३२ लाखदेखि २ अर्ब ५४ करोड रुपैयाँसम्म एकैरात कमाउँछन् । यस हिसाबले ग्यास उद्योगीलाई २ अर्ब २० करोड रुपैयाँ चोखो नाफा हुन्छ ।

'ग्यास उद्योगीले होटललाई शनिबार राति ८ बजे ग्यास लिन बोलाएको हाम्रो जानकारीमा आएको छ,' उनले भने, 'कतिपय होटललाई उद्योगी आफैंले आफ्नो गाडी प्रयोग गरेर ढुवानी गरेका छन् ।'

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले पनि ठूला उद्योगीले कालोबजारी गर्दा जनताले ग्यास नपाएको पुष्टि गरे ।

'राज्यलाई संकट परेका बेला उद्योगीले रातारात मोटो रकम कमाउन खोजे जसका कारण जनताले १२ घन्टा लाइनमा बसेर रित्तै फर्कनुप¥यो,' उनले शनिबार नागरिकसँग भने, 'आज उद्योगीले देखाएको रवैयाले हामी दुःखी छौं । भोलिबाट प्रत्येक उद्योगमा छापा मार्छौं ।'

निवर्तमान अध्यक्ष अर्यालले ७ दशमलव १ किलोको सिलिन्डर बिक्री गर्नकै लागि ग्यास उद्योगहरु एचपीले १ बुलेट, नेपालले ३ बुलेट, एभरेस्टले ३ बुलेट, उग्रचण्डीले १ बुलेट, बाबा २ बुलेट, तारा १ बुलेट, साल्ट्र ट्रेडिङ ३ बुलेट, सिदार्थ २ बुलेट, ओम ग्यास उद्योगले २ बुलेट ग्यास राजधानी भित्र्याएका छन् तर ९० प्रतिशत उद्योगले एउटा पनि ग्यास सर्वसाधारण नदिए लुकाएका छन् ।

ग्यास बिक्रेताले पाउने कमिसन र डिपोसम्म ल्याउन लाग्ने ढुवानी खर्च उद्योगी आफैंले खान पाइने भएपछि सुरक्षाको कारण देखाउँदै एउटा पनि ग्यास सिलिन्डर डिपोमा नपठाएको ग्यास बिक्रेता महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाले बताए ।

'ढुवानी भाडा र कमिसनबापत प्रतिसिलिन्डर ६० रुपैयाँका दरले कमिसन खान पाइन्छ,' अर्यालले नागरिकसँग भने, 'शुक्रबार उद्योगले भिœयाएका ग्यास बुलेटबाट मात्र उद्योगीले १५ लाख २४ हजार रुपैयाँ कमिसन सोझै कुम्ल्याउन पाउँछन् ।'

एकातर्फ कमिसन खान पाइने, अर्कोतर्फ कालोबजारीमा महँगोमा सिलिन्डर बिक्री हुँदा उद्योगीहरु रातारात मोटाउने र उपभोक्ता मारमा पर्दै जाने अवस्था आएको उपभोक्ताहरुको भनाइ छ ।

स्रोतका अनुसार उद्योगीले कालोबजारीमा बेचेको सिलिन्डरबाट आएको आम्दानी निगमका उच्च पदाधिकारीको गोजीमा समेत पुग्नेछ । निगम, उद्योगी र अनुगमनकारी निकायको मिलेमतोमा उद्योगीले ग्यास कालोबजारी गरेर महँगो मूल्यमा बिक्री गरेका हुन् ।

तोडियो पूर्वसहमति


पूर्वसहमति अनुसार काठमाडौं उपत्यकामा सञ्चालित दर्जनभन्दा बढी ग्यास उद्योगले ग्यास भरिएको सिलिन्डर डिलरहरुलाई उपलब्ध नगराउँदा शनिबार ग्यास वितरण हुन नसकेको ग्यास बिक्रेता महासंघ नेपालले जनाएको छ। कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकार पक्ष सम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सय डिलरलाई ७ दशमलव १ किलोग्राम (आधा) सिलिन्डर ग्यास उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमतिअनुसार ग्यास पाउने आशामा विभिन्न उद्योगका सिलिन्डर प्रयोग गर्ने उपभोक्ताले आ–आफ्ना नजिकका डिलरहरुमा सिलिन्डरको लाइन राखे पनि ग्यास प्राप्त गर्न सकेका छैनन् ।

पूर्वसहमतिअनुसार उद्योगहरुले आधा सिलिन्डर भरिएको ग्यास उपलब्ध नगराउँदा उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । अर्कोतर्फ उद्योगहरुले संकटका बेला अनुचित लाभको लोभ राखेर डिलरलाई ग्यास उपलब्ध नगराई आफैंले बिक्री गर्ने उद्देश्य राखेको महासंघको आरोप छ ।

'उद्योगले डिलरमार्फत ग्यास बिक्रीवितरण गर्ने हो भने उद्योगसँग भएका लाखौं सिलिन्डर तत्काल फिर्ता गर्ने वातावरण मिलाइदिन सरकारसँग जोडदार माग गर्दछौं,' महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस