काठमाडौं- नयाँ बानेश्वर, बुद्धनगरका किशोर कर्माचार्य हरेक दसैंमा चंगा उडाउँथे। तर, यसपटक उनले चंगा उडाएनन्। 'छेउछाउमा अग्ला–अग्ला घर ठडिए,' उनले कारण खुलाए, 'स्मार्ट फोन, ट्याब, ल्यापटपजस्ता मनोरञ्जनका अरू साधन पनि आए।'
कर्माचार्यले आफ्नो टोलका अरू धेरैले चंगा उडाउन छाडेको सुनाए। 'कसको चंगा कति माथि पुग्ने र कसले चंगा चेट गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो,' उनले भने, 'अहिले त चंगा उडाउँदा पनि वरिपरिका अग्ला घरमा डोरी अड्कन्छ।'
चाबहिलका सन्तोष पौडेलले पनि यसपटक चंगा उडाएनन्। बाल्यकालदेखि नै चंगा उडाउन रुचाउने सन्तोषले आफ्नो घर वरिपरि चंगा उडाउने मानिस नै पाउन छाडेपछि यो वर्ष चंगा नउडाएको सुनाए।
किशोर र सन्तोषले जस्तै उपत्यकाका धेरैले यसपालि चंगा उडाउन जाँगर चलाएनन्। दसैं पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा चिनिन्छ। उपत्यकाका आकाशमा एक महिना अघिदेखि नै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो। तर, यसपटक आकाशमा फाट्टफुट्ट मात्र चंगा देखिने गरेको छ।
चंगा उडाउनेको संख्या घटेको चंगाको व्यापारमा आएको गिरावटले पनि पुष्टि गर्छ। व्यापारीहरूका अनुसार चंगाको व्यापार विगत वर्षको तुलनामा ९० प्रतिशतसम्म कमी भएको छ। बानेश्वरमा नै चंगाको व्यापार गर्दै आएका मोतीराम गौतमका अनुसार चंगाको व्यापार चार–पाँच वर्षयता हरेक वर्ष खस्कँदै गइरहेको छ। अघिल्लो वर्षको दसैंमा एक सय ४० वटा चंगा बिक्री गरेका गौतमले यस वर्ष १४ वटा मात्र चंगा बिक्री भएको बताए।
'चंगाको बिक्री पाँच वर्षयता हरेक वर्ष घट्दै गइरहेको छ,' उनले भने, 'काठमाडौंमा बढेका घरहरू बढेकाले र चंगाप्रति मानिसको रुचि कम हुँदै गएकाले व्यापार खस्केको हो।' उनका अनुसार यो वर्ष झन् भूकम्प, नाकाबन्दी जस्ता कारणले पनि चंगा उडाउनेको संख्यामा कमी आएको छ।
हिन्दूहरूको महान चाड दसैंको प्रतीक मानिने चंगा उडान लोप हुने अवस्थामा पुगेको अर्का व्यापारी सीताराम चौलागाईं बताउँछन्। 'दसैंको समयमा विगतमा आकाशमा रंगीबिरंगीका चंगाले ढाकिएको हुन्थ्यो,' उनले भने, 'तर रमाइलोका लागि मानिसहरूले अन्य उपाय अपनाउन थाले। काठमाडौंमा बढेका घरहरूले गर्दा पनि चंगा संस्कृति हराउन थालिसक्यो।' उनको चाबहिलमा रहेको पसलमा समेत यस वर्ष चंगाको बिक्री खासै भएन।
व्यापारीहरूका अनुसार पछिल्लो समयमा काठमाडौंमा बढेको बाक्लो बस्तीका अलावा नयाँ पुस्ताका बालबालिका तथा युवा स्मार्ट फोन, ट्याब, ल्यापटपजस्ता प्रविधि प्रयोगमा बढी भुल्न थालेकाले पनि चंगातिरको ध्यान कम हुँदै गएको बताउँछन्। उनीहरूका अनुसार विगतमा मनोरञ्जनका लागि चंगा, पिङ तथा खेलकुद मात्र हुन्थे। तर, अहिले प्रविधिको विकासले मारेको फड्कोसँगै मनोरञ्जनका धेरै साधन र उपाय भएकाले पनि चंगा उडाउनेको संख्या घट्दै गइरहेको हो।
व्यक्तिगत रूपमा मात्र नभई संस्थागत रूपमा हुने चंगा चेट कार्यक्रमसमेत यस वर्ष हुन सकेन। चंगा उडाउने परम्परालाई जीवितै राख्न हरेक वर्ष दसैंमा नगरकोटमा सञ्चालन हुने चंगा चेट कार्यक्रम समेतयस वर्ष रोकिएको छ। नगरकोटको क्लब हिमालयले देशमा जारी असहज परिस्थितिका कारण यस वर्षको चंगा चेट कार्यक्रम स्थगित गरेको हो। नगरकोटमा सञ्चालन हुने चंगा चेट कार्यक्रम काठमाडौं उपत्यकाका बासिन्दा तथा विदेशी पर्यटकमाझ लोकप्रिय थियो। क्लब हिमालयले १३ वर्षअघि चंगा चेट प्रतियोगिता सुरु गरेको थियो।
शनिबार सातदोबाटोमा भने क्लासिक डायमन्ड ज्वेलर्सले चंगा उडाउने प्रतियोगिता गरेको छ। उपत्यकाका आकाशमा चंगा देखिन छाडेपछि चंगा चेट परम्परालाई संरक्षण गर्दै भूकम्पपछिको मानसिक त्रासलाई केही हदसम्म भुलाउन प्रतियोगिता आयोजना गरिएको ज्वेलर्सले जनाएको छ। ज्वेलर्सले हास्यकलाकार, गायक तथा अन्य कलाकारहरूलाई बोलाएर कार्यक्रम गरेको थियो।