काठमाडौं- सजिलै र कम लगानीमा उत्पादन गर्न सकिने आलुचिप्स विदेशबाट ल्याउने क्रम बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा विभिन्न ९ देशबाट आलुचिप्स ल्याइएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आलुचिप्स भारत, चीन, मलेसिया, थाइल्यान्ड, युएई, अमेरिका, जर्मनी, बेलायत र माल्टाबाट आयात हुन्छ। गत वर्ष ती देशबाट ८६ हजार २ सय २९ केजी आलुचिप्स ल्याइएको छ। यसको लागि ५ करोड, १६ लाख ३१ हजार रुपैयाँ बाहिरिएको छ।
तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै चिप्स मलेसियाबाट भित्रिएको छ। त्यहाँबाट ५० हजार ४ सय ९४ केजी आलुचिप्स आएको र ३ करोड ६० लाख ८५ हजार रुपैयाँ बाहिरिएको छ। मेलेसियापछि अमेरिका दोस्रो नम्बरमा छ। अमेरिकाबाट ११ हजार ३ सय १९ केजी चिप्स ५८ लाख ३३ हजार १ सय ७२ रुपैयाँमा आयात गरिएको छ। त्यसपछि सबैभन्दा धेरै बेलायत र चीनबाट आएको छ।
अरु सामान भारतबाट धेरै आए पनि आलुचिप्समा पाचौं नम्बरमा छ। भारतबाट २९ लाख ५४ हजार रुपैयाँको ७ हजार १ सय ३० किलो ल्याइएको तथ्यांक छ।
स्वदेशमा पनि आलुचिप्स बन्छ। स्वदेशका सानादेखि उच्च औद्योगिक घरानाले उत्पादन गरेका आलुचिप्स बजारमा पाइन्छ। अन्य वस्तु जस्तै आलुचिप्सको प्रतिस्पर्धी क्षमतामा पनि गुणस्तर, प्रतिफल र सरकारी नीतिले प्रभाव पारेको व्यवसायी बताउँछन्।
सरकारी नीतिले आयातलाई प्रश्रय दिएको महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारी बताउँछिन्। यसो हुँदा यहाँ उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याएर बेच्दा धेरै फाइदा हुन्छ। बाहिरबाट ल्याउँदा राज्यले धेरै राजस्व पाउँछ। यसलाई राज्यले ठूलो सफलता मान्छ। 'सरकारले राजस्वमुखी नीति लिँदा स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि आयात भइरहेको छ,' भण्डारीले भनिन्, 'स्वदेशी वस्तुलाई जोड नदिँदासम्म आयात रोकिँदैन।'
स्वदेशी उत्पादनलाई गुणस्तर र प्याकिङले पनि प्रभाव पारेको छ। विदेशबाट आयात हुने आलुचिप्स जस्तै स्वदेशीलाई पनि गुणस्तरीय बनाउनु अहिलेको चुनौती हो। कतिपय राम्रा कम्पनीले अन्तर्राष्ट्रिय स्तरका आलुचिप्स उत्पादन गरिरहे पनि विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। उपभोक्तालाई स्वादमा सन्तुष्ट पार्न नसक्दासम्म विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो पर्ने व्यवसायीको भनाइ छ। विभिन्न किसिमका मनै लोभ्याउने आलुचिप्स उत्पान गर्न सके स्वदेशी पनि टिक्न सक्छन्।
अर्को समस्या भनेको प्याकेजिङ हो। उपभोक्ताको मन लोभ्याउने आकर्षक प्याकेजिङ गर्न नसक्नु नेपाली उत्पादनको समस्या हो। उच्च स्तरको प्याकेजिङ गर्न सके स्वदेशी वस्तुलाई बजारमा टिक्न गाह्रो नपर्ने भण्डारी बताउँछिन्।
तालिम, दक्ष श्रमिकको आवश्यकता पनि उत्तिकै छ। स्वदेशीलाई प्रतिस्पर्धी बनाउने हो भने आलुचिप्स बनाउने दक्ष जनशक्ति चाहिन्छ। सरकारले सहुलियत दिए उत्पादन लागत घटाएर आयात प्रतिस्थापन गर्न सकिने व्यवसायीको भनाइ छ।