काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलनको लागि संसारका ७१ मुलुकमा रहेका १५ सयभन्दा बढी नेपाली काठमाडौंमा जम्मा भएका छन्।
बुधबारदेखि 'एनआरएनए : राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार' नारासहित सुरु हुन लागेको सम्मेलनले भूकम्पपछिको पुनर्निर्माणमा एनआरएनको सहभागितामा जोड दिनेछ। मुलुक भारतको नाकाबन्दीबाट गुजि्ररहेको बेला हुन लागेको सम्मेलनले गैरआवासीय नेपालीमाथि एउटा गम्भीर प्रश्न पनि उठाएको छ। देश एउटा समस्याबाट गुजि्रँदा उनीहरूको भूमिका के?
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष भवन भट्टका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले एकैपटक सांकेतिक कार्यक्रम गर्ने योजना थियो। तर बैठकमा उक्त प्रस्ताव पास भएन। जापानमा भने उनको नेतृत्वमा त्यहाँ रहेका नेपालीले टोकियोस्थित भारतीय राजदूतावासमा नाकाबन्दीविरुद्ध ज्ञापनपत्र बुझाए।
नेपालमा संविधान जारी भएसँगै मधेशमा जारी आन्दोलनलाई कारण देखाउँदै भारतले नाकाबन्दी गर्योत। बिषम परिस्थितिमा संसारभर फैलिएका र कूटनीतिक दक्षता एवं नेटवर्क भएका गैरआवासीय नेपालीले सहायता गर्नुपर्ने हो। देशलाई संकट परेको बेला सधैं सरकारसँग माग्ने एनआरएनको भूमिका के हो भन्ने प्रश्न गर्दा भट्टले संसारभरका नेपालीले दुःखमा साथ दिने बताए।
तर, संघले देश विकासमा कसरी सघाउने भन्नेमा छलफल गरिरहँदा नेपालीहरू देशभर पेट्रोलको लाममा बसिरहेको यथार्थप्रति कसरी आँखा चिम्लिन मिल्छ? भारतले नाकाबन्दी गर्दा नेपालमा अत्यावश्यक इन्धन संकट गहिरिएको छ। धेरै जिल्लामा चाडपर्वको मुखमा खाद्यान्न, औषधीसमेत अभाव हुन थालेको छ।
नेपालले जनप्रतिनिधिद्वारा संविधान लेखेको छ। विनाशकारी भूकम्पपछि संविधानसभाद्वारा संविधान जारी भएको बेला देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको थियो। यही बेला भारतको नाकाबन्दीले देशलाई ठूलो आर्थिक क्षति भएको छ।
उद्योग, स्कुल बन्द छन् र संकटको घडीमा नेपालका मित्रहरू विशेष गरी एनआरएनको सक्रिय सहयोग अपेक्षित छ। अन्तर्राष्ट्रिय कानुन, क्षेत्रीय तथा द्विपक्षीय सन्धि सम्झौता एवं दुई देशबीचको सम्बन्धको सम्मान गर्न भारतलाई अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्न सक्ने क्षमता गैरआवासीय नेपालीसँग छ।
भट्टले भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकले सार्कका सबै राष्ट्रमा शान्ति, सुव्यवस्था कायम गर्दै समेटेर लैजानुपर्ने बताउँदै अहिले भइरहेको घटनाप्रति दुःख व्यक्त गरे। उनले विश्वको ७० भन्दा बढी देशमा रहेका नेपालीलाई सम्बन्धित देशका भारतीय दूतावास र अन्य नियोगमा ज्ञापनपत्र बुझाउन आह्वान पनि गरे।
तर, केही मुलुकबाहेक धेरैले यसलाई गम्भीरतापूर्वक लिएनन्। असोज २७ र २८ गते हुने अधिवेशन तथा २९ र ३० गते विश्व सम्मेलनको जानकारी दिँदै अध्यक्ष शेष घलेले आगामी दुई वर्ष पुनर्निर्माणमा केन्द्रित हुने बताए। 'हामीले अधिवेशन र सम्मेलनबाट पैसा बचाएर पुनर्निर्माणमा लगाउने घोषणा गरेका छौं,' उनले भने।
यो बेला संघले नयाँ कार्यसमिति चयन गर्नेमा मात्र सीमित नभइ देशमा गम्भीर समस्या आउँदा कसरी एकीकृतरूपमा सहयोग गर्न सकिने छ त्यो पनि छलफल गर्नुपर्छ। नभए संघ विभिन्न योगदानका बाबजुद बिस्तारै परोपकारी संस्थामा परिणत हुँदै जाने देखिन्छ।