काठमाडौं- नाकाबन्दीका कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाडौं, ताहाचलका अमृत भुजेलले २७ वर्षअघि आफूले काम गरेको परियोजना सम्भि्कए। मोरङको बाहुनी धारानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए। 'त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका वर्षमा त देशमै निकाल्न सकिन्थ्यो,' भुजेलले नागरिकसँग भने।उनी अहिले पनि झापास्थित घर जाँदा बाहुनी धारानगर पुग्ने गर्छन्। 'भारतलाई आफ्नो देशमा रहेको तेल खानी सुक्छ भन्ने डर थियो। कम्पनीका इन्जिनियरलाई नै भारतले लगेर तेल पत्ता लगाएको भन्ने हामीले त्यतिबेला सुनेका थियौं,' उनले सुनाए।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित भने त्यतिबेला ३ हजार ४ सय २० मिटर खन्दा पनि तेल नदेखिएपछि उक्त अन्वेषण परियोजनाको ठेकेदार नेदरल्यान्ड कम्पनी फर्किएको बताउँछन्।
भारतले २०४५ सालमा नाकाबन्दी लगाएको थियो। २७ वर्षपछि पनि भारतले फेरि अघोषित नाकाबन्दी गरेको छ। तर, यतिका वर्ष बिते पनि नेपालले अन्वेषणमा पहल नगर्दा तेलमा परनिर्भरता घटेको छैन।
अन्वेषण परियोजनाका जियोलोजिस्ट नापित नेपाल आफैंले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन्। 'हालसम्मको अन्वेषण अनुभवका आधारमा मेरो अन्तरआत्माले भन्छ, नेपालमा तेल छ तर हामी आफैंले अन्वेषण गर्न र उत्खननका लागि नेतृत्व नलिए सफल हुन सकिँदैन।'
नापितका अनुसार २०४५ सालदेखि हालसम्म नेपालमा विभिन्न देशका पाँच उत्खनन कम्पनीले पेट्रोलियम पदार्थको अन्वेषण गर्ने ठेक्का लिइसकेका छन्। तर, कुनै पनि कम्पनीले अन्वेषणलाई टुंगोमा पुर्यायएनन्। नेपालमा सबैभन्दा पहिला नेदरल्यान्डको सेल भन्ने कम्पनीले पेट्रोलियम अन्वेषणको अनुमति पाएको थियो। उक्त कम्पनी अन्वेषणमै रहँदा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो।
उक्त कम्पनीले मोरङ, बाहुनी राधानगरमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ (जमिन छेड्ने) गरेको थियो। तर, तेल फेला पर्न सकेन। 'कुनै पनि कम्पनी कुनै देशमा अन्वेषण सुरु गरेपछि एउटा ठाउँमा तेल पाइएन भन्दैमा छाडेर हिँडिहाल्दैन,' नापित भन्छन्, 'तर, नेपालको अस्थिर राजनीतिलाई कारण बनाउँदै त्यो कम्पनीले नेपाल छाड्यो।'
विभागले नेपालका सम्भावित क्षेत्रलाई पेट्रोलियम ब्लकको नामकरण गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईमा १० वटा ब्लक निर्माण गरी अन्वेषणको जिम्मा दिएको थियो। १, २, ४, ६ र ७ नम्बर ब्लकमा अन्वेषण गर्न स्कर्टिस कम्पनी केयर्न इनर्जीलाई अनुमति दिइएको थियो। त्यस्तै, ३ र ५ मा अमेरिकाको टेक्साना रिसोर्सेस, ८ र ९ मा युएईको इएबिजीलाई र १० नम्बर ब्लकमा बिबिबी कम्पनीलाई अन्वेषण अनुमति दिइएको थियो।
'कतिपय कम्पनीले अनुमति पाएको केही समयमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएकाले अन्वेषणको काम अगाडि बढाएनन्,' नापितले भने, 'ठेकेदार कम्पनीका भनाइमा केही सत्यता भए पनि धेरैजसोले विभिन्न बहाना बनाएर नियतवश नै काम छाडेको देखिएको छ।' बंगलादेश र भारतमा सफलतापूर्वक तेल उत्खनन गरेको केयर्न कम्पनीले पनि नेपालमा इमानदारीपूर्वक अन्वेषणको काम नगरेकाले यो विषयलाई पुष्टि गर्ने उनको भनाइ छ।
पाँचवटा कम्पनीले नेपालमा गरेको कामलाई नजिकबाट नियालेका नापित नेपालले आफ्नो देशको पेट्रोलियम अन्वेषण र उत्खननमा आफंैले नेतृत्व लिनुपर्ने बताए। अफगानिस्तान, पाकिस्तान, भारत, बंगलादेश, थाइल्यान्डमा तेल भेटिएकाले नेपालको जमिनमुनि पनि तेल भेटिने उनले ठोकुवा गरे।
'करिब १०/१५ वर्षअघि मात्र तेल उत्खनन सुरु गरेका बंगलादेश, थाइल्यान्डले समेत तेल उत्खननमा सफलता पाएका छन्,' उनले भने, 'विश्वका अन्य मुलुकको अनुभवलाई हेर्ने हो भने राज्यले नै अग्रसरता लिएर आफ्नै नेतृत्वमा अन्वेषण र उत्खनन गरेपछि मात्र व्यावसायिक उत्खननका लागि वैदेशिक लगानी आउँछ। तर, मलाई अचम्म लाग्छ, सरकारले किन नेतृत्व लिँदैन?'
उनका अनुसार तेल अन्वेषण तथा उत्खननका लागि निकै ठूलो बजेट चाहिन्छ। 'अन्वेषणमा दुई–चार अर्ब खर्च हुँदा पनि आत्तिनु हुँदैन,' उनले भने, 'केही पाउन जोखिम उठाउनैपर्छ। दातृ निकायबाट बजेट व्यवस्था गर्ने हो भने भूगर्भ विभागले नै अन्वेषण गर्न सक्छ।'
ड्रिलिङलगायत फरक–फरक प्रकृतिका कामका लागि बेग्लाबेग्लै कम्पनीलाई ठेक्का दिएर विभागले नै दू्रत गतिमा काम अघि बढाउन सक्ने नापितको भनाइ छ। हालसम्म पेट्रोलियम अन्वेषणका लागि दिइने अनुमतिको अवधि ४ वर्ष हुने गरेको छ। '४ वर्ष पेट्रोलियम अन्वेषण तथा उत्खननका लागि पर्याप्त समय हो,' उनले भने, 'यसका लागि रणनीतिक तयारी र लगानीको व्यवस्था तत्काल सुरु गरे तेल झिक्न धेरै वर्ष लाग्दैन।'
हाल नेपालको तेल अन्वेषणका लागि दिइएका सबै अनुमति सरकारले खारेज गरिसकेको छ। र, आउँदो आर्थिक वर्षदेखि विभागले पुनः अन्वेषण अनुमति दिने तयारी गरिरहेको छ। यसका लागि खानी तथा खनिज पदार्थ ऐन २४२ र यसअन्तर्गत बनेको नियमावली २०४२ पनि समय सान्दर्भिक संशोधन गर्न आवश्यक रहेको विभागले जनाएको छ।
'पुरानै ऐन र नियमावलीअनुसार अनुमति दिए फेरि पनि लापरबाही हुने अवस्था आउँछ,' विभागका निमित्त प्रमुख नापितले भने, 'अन्वेषण कार्यमा विगतमा रहेका हाम्रा कमीकमजोरी पनि समीक्षा गरी त्यसलाई हटाउनुपर्छ।'
दक्षिण एसियामै पहिलोपटक नेपालले विसं १९६८ मै ५ सय किलोवाटको फर्पिङ जलाशययुक्त जलविद्युत गृह निर्माण गरेको थियो। तर, विद्युत उत्पादनको एक शताब्दी पूरा गर्दा पनि हालसम्म नेपाल ७ सय ५० मेगावाटमै खुम्चिरहेको छ। र, लोडसेडिङको मारमा जनता गुज्रनुपरेको छ। प्राविधिक हिसाबले ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि करिब १ हजार ३ सय मेगावटको माग धान्न पनि भारतबाटै विद्युत आयात गर्नुपरिरहेको छ।
भारतले नेपालका हरेक क्षेत्रका पूर्वाधार निर्माणको ठेक्का आफंै लिने, आफू पनि नबनाउने र अरूलाई पनि बनाउन नदिने नीति अख्तियार गरेको कतिपयको तर्क छ। जानकारहरूका अनुसार कतिपय मुलुक आफ्नो पेट्रोलियम भण्डार भविष्यका लागि सुरक्षित राख्दै हाल पेट्रोलियम उत्पादन गरिरहेका देशहरूको तेल भण्डार रित्याउने लालसाबाट ग्रसित छन्। तेलकै राजनीतिका कारण मध्यपूर्वका देशहरूमा सत्ता परिवर्तन, हिंसा, युद्ध र पश्चिमा हस्तक्षेप चरमोत्कर्षमा पुगेको देखिएको छ। यस्तो अवस्थामा नेपालमा तेल भेटियो र निकाल्न सकियो भने पनि तेल भण्डारको सुरक्षा र स्वतन्त्र प्रयोग गर्ने विषयमा तयारी थाल्नुपर्ने उनीहरू बताउँछन्।