विराटनगर- पूर्वी नेपालको प्रमुख भन्सार नाका जोगवनीमा साँझपख चहलपहल हुन्छ। भन्सार एजेन्ट, भन्सारका कर्मचारी, ट्रक व्यवसायी, सुरक्षाकर्मी साँझ पर्नासाथ सक्रिय हुन थाल्छन्। रात परेपछि काम हुने नियति मधेस बन्द, हडताल र आन्दोलनमा उत्रिएपछि सुरु भएको हो। ५४ दिनअघि सुरु भएको रातको दौडधुप असोज ७ देखि १७ गतेसम्मको दुई साता ठप्प रहे पनि अन्य दिन यथावत छ। मुलुक नाकाबन्दीको चक्रमा फसेको बेला विराटनगर नाका सुस्त गतिमा रातको समयमा सक्रिय छ।भन्सार एजेन्ट दिनभर भन्सार कार्यालयमा नेपाल आयात हुने सामानको कागजात मिलाउँछन्। विराटनगर लगायत पूर्वका विभिन्न क्षेत्रका उपभोक्ताको ठूलो भीड जोगवनीमा निरन्तर छ। समान्य नागरिकको आउजाउमा प्रारम्भदेखि नै नियन्त्रण देखिँदैन। तर, मालबाहक ट्रक भने भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको घोषित नाकाबन्दी, विभिन्न खाले अवरोधको सिकार बनेका छन्।
दुवै देशका भन्सार अधिकारीबीचको पछिल्लो सहमतिपछि भारतबाट दिउँसै मालबाहक ट्रकहरु भन्सार यार्डमा आएर जम्मा हुन्छन्। ती ट्रक सुरक्षाकर्मीको आदेशपछि स्कर्टिङमा विराटनगर लगायत मुलुकका विभिन्न गन्तव्य जान्छन्। रात परेपछि मालबाहक ट्रक धमाधम प्रहरी सुरक्षाबीच तीव्र गतिमा हुइँकिनुको पछाडि मधेस आन्दोलनकारीले सडक खाली गर्नु हो। नारा–जुलुस, धर्ना लगायत आन्दोलनका कार्यक्रम र आन्दोलनकारीको कडा निगरानी साँझ पर्दै गएपछि सुस्ताउँदै जान्छ। त्यही मौकामा प्रहरीले भन्सार प्रक्रिया पूरा भएका मालबाहक ट्रक, पेट्रोलियम पदार्थ बोकेका टंयाकर र ग्याँस बुलेट स्कर्टिङ गर्दै नेपाल भित्र्याउँछ।
समान्यतया रातको ९ बजेपछि स्कर्टिङ सुरु गर्ने भए पनि समय हेरफेर भइरहन्छ। आन्दोलनकारीले राति पनि नाकामा धर्ना र ढुंगामुढा गर्दै आएकोले मालबाहक ट्रकको सुरक्षित यात्रा प्रहरीको लागि चुनौतीपूर्ण देखिन्छ। प्रहरी र आन्दोलनकारीबीच दिनहुँजसो झडप हुने स्थानीय प्रहरी अधिकारी बताउँछन्। त्यसो त, रातको समयमा आन्दोलनकारीका थोरै कार्यकर्ता हुने भएकोले प्रहरीले बल प्रयोग गरेरै काम फत्ते गर्छ।
नेपालको प्रहरी–प्रशासन रातको समयमा जोखिम मोलेर मालबाहक ट्रक नेपाल भित्र्याउन तयार रहे पनि भारतीय पक्षले साथ दिइरहेको छैन। मधेस आन्दोलनपछि पनि समान्यतया नेपाली पक्षसँग समन्वय गर्दै आएको नाकाको भारतीय प्रहरी–प्रशासन मधेसी मोर्चाको नाकामा धर्ना कार्यक्रमपछि भने औपचारिकता निर्वाह गरिरहेको जस्तो देखिन्छ।
असोज १७ गते विराटनगर र जोगवनी भन्सारका अधिकारी, ट्रान्सपोर्ट एसोसिएसन र आयात–निर्यातकर्ताबीच पाँचबुँदे सहमति भएपछि जोगवनी नाका फेरि राति व्यस्त भएको हो।
भारततिर रोकिएका मालबाहक गाडी जाँचपासको लागि पठाउने, ती गाडीले गन्तव्य पुगेर सामान अनलोड गरेपछि फेरि जोगवनीसम्म सुरक्षित रुपमा पुर्याचउने, मालबाहक गाडी र त्यसका चालक–कर्मचारीलाई कुनै समस्या भए समाधानका लागि हेल्प डेस्क स्थापना र गाडस्को बिलम्ब शुल्क सम्बन्धित उद्योगी–व्यवसायीले तिर्ने सहमतिपछि जोगवनी नाका औपचारिक रुपमा सुचारु भएको हो। नाका सुचारु भएको देखिए पनि भारतीय पक्ष उसमाथि लाग्दै आएको अघोषित नाकाबन्दीको आरोप खण्डन गर्न चाहन्छ। र अघोषित नाकाबन्दीको नीति व्यवहारमा लागू गर्न खोज्छ।
'सहमतिपछि नाका सुचारु भए पनि मालवाहक गाडी नगन्य मात्र आएका छन्,' विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, 'कहिले सर्भर डाउन छ भन्छन्, कहिले हुँदैछ काम, गाडी आइहाल्छ भनेर जवाफ दिन्छन्।' विराटनगर भन्सार कार्यालयका एजेन्ट भारतीय पक्षले एउटै गाडीको जाँचपास गर्न घन्टौं लगाइदिने गरेको बताउँछन्। उनीहरुका अनुसार सामान्य अवस्थामा एक घन्टामा दुई–तीनवटा गाडी जाँचपास हुन्थ्यो। आजकाल उनीहरुले दुई–तीन घन्टामा एउटा सक्छन्।
सामान्य अवस्थामा विराटनगर भन्सार नाकाबाट दैनिक दुई सय ५० देखि तीन सय मालबाहक गाडी नेपाल भित्रिन्थे। असोज १७ देखि २१ सम्म ४ सय १२ गाडी आएका छन्। जसमा ग्यास २२ बुलेट र पेट्रोलियम ७५ टं्याकर छ। असोज २० गते मधेस आन्दोलन सुरु भएयताको सबैभन्दा बढी २ सय १० गाडी सामान भित्रियो। भन्सार कार्यालयका अनुसार असोज १८ गते ५८ गाडी, १९ गते १ सय ८ गाडी, २० गते २ सय १० गाडी र २१ गते ३६ गाडी आए।
सहमतिपछि राति काम भए पनि भारतमा अड्किएका ठूलो संख्याका मालबाहक गाडीको लामो लाम छोटिएको छैन। त्यस्तै, रेलले ल्याएर उसको आफ्नै बग्गीमा राखेको समानको परिमाण झन्डै १ हजार २ सय ट्रक रहेको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताए। भारतले अख्तियार गरेको सुस्त नीति कायम रहने हो भने भारततर्फ थन्किरहेको नेपाली समान आउन महिनौं लाग्ने जानकार बताउँछन्।