इन्धन स्टकमा बदमासी
२१ असोज २०७२
•
७ मिनेट पाठ
इन्धन स्टकमा बदमासी
काठमाडौं- २०४७ सालपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्जनौं मन्त्री भए। त्यत्तिकै संख्यामा सचिव आए। तर तिनले इन्धन आपूर्ति सहज बनाउन कुनै योगदान गरेनन्। नेपाल आयल निगमको तेल भण्डार क्षमता ७५ हजार किलोलिटर छ। निगमका विभिन्न डिपोस्थित भण्डारमा २५ वर्षसम्म कहिल्यै तेल भरिएन। जसले गर्दा ३ दिन आपूर्ति रोकिनासाथ बजारमा हाहाकार मच्चिन्छ।




मन्त्री, सचिव र आयल निगमका कर्मचारीको मिलोमतोमै डिपोको क्षमताअनुसार तेल नराखिएको हो। अभाव देखाएर पम्पबाट अवैध पैसा असुल्न यसो गरिएको स्रोत बताउँछ। माग बढेको बेला पर्याप्त तेल लिन पेट्रोल पम्पले निगम अधिकारीलाई टेबुलमुनिबाट पैसा दिनुपर्छ।

२०४६ सालयता भारतले दुईपटक अघोषित नाकाबन्दी गरेको छ। कयौंपटक तेल नदिएर हाहाकार मच्चाएको छ। तर पनि अधिकारीहरुले आफ्नो भण्डारमा कहिल्यै क्षमताअनुसार तेल भरेनन्।

भण्डारमा पूर्ण क्षमतामा नभर्ने बहाना चाहिँ क्षति (लस) हो। पम्पबाट पैसा आउने भएपछि मन्त्रीकै निर्देशनमा तेल मौज्दात नराख्ने प्रवृत्ति रहेको स्रोतको दाबी छ। ७५ हजार किलोलिटर तेलले झन्डै दुई महिना धान्छ। वितरणमा अलिकति कडाइ गरे ३ महिना धान्न सकिने निगम सञ्चालक समितिका पूर्वविज्ञ सदस्य देवी बराल बताउँछन्। क्षति बापतको पैसा गोजीमा हाल्न पूरै क्षमतामा तेल नभर्ने चलन बसेको बरालको भनाइ छ। भारतबाट तेल बोकेर आएका ट्यांकर निगमले डिपोमा नलगी सिधै पम्प पठाउँछ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निकै घटेको बेला निगमले क्षमता अनुसार मौज्दात राखेन। निगमका पूर्वकार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट आन्तरिक खिचातानीका कारण तेल पूर्ण क्षमतामा स्टक राख्ने चलन नबसेको बताउँछन्। २०६९ सालामा निगमले ४० हजार किलोलिटर तेल भण्डार गरेको थियो। त्यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

तेल स्टकै नराखेपछि डिपोमा हुने क्षतिको पैसा खल्तीमा हाल्न पाइन्छ। भारतबाट ल्याएर डिपोमा खन्याउनुभन्दा सिधै पम्प पठाउँदा क्षति हुन पाउँदैन।

अन्तर्राष्ट्रिय मान्यता अनुसार तेलमा १.५ प्रतिशत क्षति छुट हुन्छ। तर निगम सञ्चालक समितिले ०.५ प्रतिशतभन्दा बढी क्षति भए डिपोले बेहोर्नुपर्ने प्रावधान बनायो। यसले गर्दा पनि अधिकारीहरुले पूर्ण क्षमतामा तेल मौज्दात नराखेका हुन्।

मन्त्री, सचिव र निगमका उच्च पदाधिकारीले पाउने पैसा क्षतिको हो। डिपोमा तेल नखन्याउने र लसबापत आएको पैसा लिने चलन चलेपछि भण्डारण शून्य भएको हो।

टेबुलमुनिबाट पैसा लिन बेलाबेलामा निगम आफैंले पनि अभाव सिर्जना गर्ने स्रोतको दाबी छ। त्यो पैसा पनि उच्च कर्मचारीदेखि मन्त्रीसम्मको खल्तीमा पुग्छ। निगममा बुझाएको पैसा पम्पले उपभोक्तालाई कम तेल दिएर वा मिसावट गरेर असुल्छन्।

मन्त्री र सचिवले मौखिक कानुन प्रयोग गर्दा पनि तेल भण्डारण हुन पाउँदैन। सचिव जे भन्छन् त्यो नै कानुन हुन्छ। निगमले बनाएको नियम लागू हुँदैन। तत्कालीन मन्त्री शंकर कोइरालाको पालामा २०६९ सालमा ४० हजार किलोलिटर तेल स्टक गरिएको थियो।

डिपोले लोड, अनलोड र अन्य प्रक्रियामा धेरै क्षति हुने भएपछि तेल सिधै पम्पमा पठाएको हो। जानकारका अनुसार अधिकारीहरुले केही समय डिपो प्रमुखले पम्पसँग मिलेर पैसा कमाए, अहिले ढुवानीकर्तासँग मिलेर कमाइरहेका छन्।

पेट्रोलियम क्षेत्रमा माफियाको सञ्जाल ठूलो छ। पम्पले पर्याप्त पैसा बुझाउन नसकेपछि डिपो प्रमुख ढुवानीकर्तातिर लागेका हुन्। मन्त्रीको चुनाव खर्च, निगमका कार्यकारी निर्देशकले पद पाउन मन्त्रीलाई बुझाएको पैसा सबै त्यहीँबाट उठाउने हो। डिपोमा पर्याप्त भण्डारण गरे पम्पवालाले तेल लिन ज्यू–ज्यू गर्नु पर्दैन। डिपोमा पर्याप्त तेल भएको बेला पम्पवाला निगम अधिकारीको शरणमा जाँदैनन्।

मन्त्रीले भनेअनुसार नगर्दा तत्कालीन विज्ञ सदस्य देवी बराललाई सदस्यबाटै बर्खास्त गरिएको थियो। मन्त्रीले आम्दानी हुने ठाउँ स्वीकृत गर्न बोर्डमा पठाउने, बोर्डले रोक्ने भएपछि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बराललाई बर्खास्त गरेका हुन्।

२०४७ सालपछि ठूला पार्टीको प्राथमिकतामा वाणिज्य मन्त्रालय परेन। भारतले जहिले पनि आपूर्ति मन्त्रालयमा एस–म्यान मात्रै चाह्यो। उसले भनेअनुसार काम गर्ने व्यक्तिमात्रै मन्त्री नियुक्त भए। जसले गर्दा आपूर्तिमा समस्यामात्र

होइन आपर्ति ब्यवस्थितगर्न भण्डारण र भण्डारण क्षमता बढाउने काम कहिल्यै पनि हुन सकेन।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस