मधेसको काठमाडौं 'कनेक्सन'
२० असोज २०७२
•
१३ मिनेट पाठ
मधेसको काठमाडौं 'कनेक्सन'
लहान- लहान बजारमा प्रत्येक दिन दुईखाले दृश्य देखिन्छ। एकातिर मधेसी मोर्चाका कार्यकर्ता सडकमा विरोध प्रदर्शन गरिरहेका हुन्छन्, नाराबाजी चल्छ, कहिलेकाहीँ प्रहरीसँग मुठभेड पनि। अर्कोतर्फ टिकट बुकरहरू काठमाडौं–पोखरा जानेहरूका लागि मोबाइलबाट इटहरीका सहकर्मीसँग कुराकानी गरेर धमाधम टिकट काटिरहेका हुन्छन्।यी दुईखाले मानिस साँझ छिप्पिँदै गएपछि बेग्लाबेग्लै धुनमा हुन्छन्। आन्दोलनकारी सडक तताएर घर फर्कन्छन्, कतिपय पान चपाउँदै। उता टिकट बुकरहरू मध्यरातसम्म चटारोमा हुन्छन्। प्रहरी एस्कर्टिङमा बस कतिखेर आइपुग्ने हुन् भन्ने चिन्ताले सताइएका हुन्छन् उनीहरू।

लहानमा मध्यरातसम्म दुई दर्जन बुकरले दैनिक ५०–६० जना यात्रु पठाउँछन्। तिनै यात्रुमध्ये एक हुन्, लहान–९ का मोहम्मद इरसाद। बकरइदमा काठमाडौंबाट आफ्नो घर आएका उनी जोखिम मोलेर पनि यात्रा गर्न तयार देखिन्छन्। कश्मिरी जामा मस्जिद, काठमाडौंका मौलाना इरसाद भन्छन्, 'त्यहाँ मेरो जागिर छ, जसरी पनि पुग्नै पर्छ।'

जसरी पनि पुग्नै पर्नेहरू नै जोखिमपूर्ण यात्रा गरिरहेको बुकर शम्भु चौधरी बताउँछन्। चौधरीका अनुसार विदेश जाने, पासपोर्ट लिनुपर्ने, अड्डाअदालतको काम भ्याउनुपर्ने परीक्षा लगायतका छुटाउनै नहुने कामका यात्रु हुन्छन्। त्यसो त जो काठमाडौंमा रहेर नाकाबन्दीको चर्को पीडा भोग्दैछन्, उनीहरूलाई यहाँका आफन्तले खाद्यान्न लगायतका सामग्री पठाउने गरेको पाइन्छ। लहानका एक युवा काठमाडौंको कलेजमा अध्यापन गराउने आफ्ना दाजुलाई पेट्रोल पठाउन आएका भेटिए। पेट्रोल भरिएको ५ लिटरको ग्यालेन कपडाले बेरिएको थियो। उनी बुकरलाई भन्दै थिए, 'यो पोको पठाइदिनुस्, त्यहाँ (काठमाडौंमा) धेरै गाह्रो भो।'

आन्दोलनकारी र टिकट बुकरहरूसँगै सुरक्षा दिने प्रहरीको तयारी बेग्लै हुन्छ। मध्य र पूर्वी मधेसमा कार्यरत प्रहरी दिनभर मधेसी मोर्चाका कार्यकर्तामाथि कडा निगरानी राख्छन्। दिनभर सडकमा गोलीगठ्ठा, अश्रुग्यास, लाठी, सुरक्षा ढाल लिएर सडकमा तैनाथ रहने प्रहरीहरू साँझ परेपछि पूर्वपश्चिम राजमार्गमा मध्यरातमा सवारी चलाउन एस्कर्टिङमा जानुपर्छ। त्यसका लागि उनीहरू गाडीमा पानीका ड्रम, जुटका भिजेका बोरा, सडक बढार्ने झाडु, रूख काट्ने मेसिन (आरा), बन्चरो, फलामका लठ्ठा र टोचन, काँटी उखेल्ने उपकरण लगायतका सामग्री बोक्छन्। मधेस आन्दोलन सुरु भएपछि यस क्षेत्रका प्रहरी कार्यालयमा रूख काट्ने मेसिन केन्द्रले पठाएको हो। यी सबै सामग्रीका साथ गोलीगठ्ठा, अश्रुग्यास हुने नै भइहाल्यो।

लहान प्रहरी प्रमुख (डिएसपी) उमाप्रसाद चतुर्वेदी भन्छन्, 'हामीलाई दिनरात फुर्सद छैन।' उनले रातिको सुरक्षा व्यवस्था झनै चुनौतीपूर्ण हुने बताए।

'सडकमा अवरोध गर्न आन्दोलनकारीले जस्तोसुकै उपाय अपनाएका हुन सक्छन्,' चतुर्वेदीले भने, 'गुडिरहेका सवारीमा ढुंगा हान्नु त स्वाभाविक भइहाल्यो।'

उनका अनुसार आन्दोलनकारीले सडकछेउका रूख काटेर तेर्स्याउने, सिमेन्टका पिलर, ह्युमपाइप राखिदिने जस्ता अवरोध सामान्य हुन्। आन्दोलनकारीले सडकमै किला गाड्ने, सिसाका टुक्रा ओछ्याउने गरेको पनि देखिएको छ। 'कहिले सडक बढार्नुपर्ने हुन्छ,' चतुर्वेदीले भने, 'कहिले टोचन लगाएर ठूला अवरोध हटाउनुपर्ने हुन्छ। पेट्रोल बमको आक्रमण निस्तेज पार्न चिसा बोरा र पानीले काम गर्नुपर्छ।'

एस्कर्टिङमा हिँड्ने प्रहरीले हेल्मेट लगाएका हुन्छन्, छातीमा बुलेट प्रुफ ज्याकेट हुन्छ। भीड नियन्त्रण गर्न आवश्यक जनशक्ति, सामग्री र गोली पनि चलाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर तयारीमा अवस्थामा हुन्छन् उनीहरू। सवारी चालकलाई प्रहरीले हेल्मेट लगाउन आग्रह गरेको छ। अधिकांश चालक हेलमेट लगाएरै गाडी चलाउँछन्।

आ–आफ्नै एरिया

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि काठमाडौंसम्मको यात्रा सबै ठाउँमा जोखिमपूर्ण छैन। काँकडभिट्टादेखि इटहरीसम्म र सर्लाही नवलपुरदेखि काठमाडौंसम्मको यात्रा सहज देखिन्छ। इटहरीदेखि सर्लाहीको नवलपुरसम्मको २ सय ६ किलोमिटरको पूर्वपश्चिम राजमार्ग उच्च जोखिमको श्रेणीमा छ। सप्तरीका डिएसपी नारायणप्रसाद चिमरिया सुनसरीको इटहरीदेखि सर्लाहीको नवलपुरसम्म बाटामा पर्ने प्रत्येक जिल्लाको प्रहरी टोलीले आफ्नो सीमा कटाउने बताउँछन्। उनले भने, 'हामीलाई सुनसरीको टोलीले कोसी ब्यारेजमा जिम्मा लगाउँछ, हामी लहान (सिरहा) को टोलीलाई बलान खोलाको पुलमा जिम्मा लगाउँछौं।' एउटा जिल्लाले अर्को जिल्ला गर्दै रातको सवारी एस्कर्टिङमा चल्छ। सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीसँग जोडिएको राजमार्ग क्षेत्र जोखिममा रहेको सुरक्षा अधिकारीहरू बताउँछन्। चिमरियाका अनुसार एस्कर्टिङमा अगाडि प्रहरीको र अन्तिममा सशस्त्र प्रहरीको गाडी हुन्छ।

एस्कर्टिङका बेला हुने समस्याबारे चतुर्वेदी भन्छन्, 'कुनै गाडी प्रतिघन्टा एक सयको गतिमा गुड्छन्। कुनै मालबाहक गाडी ४० को गतिमा। गाडीको गतिको भिन्नता चुनौती हुँदै हो। यसबाहेक गाडी बिग्रिएर सडकमा रोकियो भने सुरक्षाकर्मीलाई ठूलै आपत आइपर्छ। बिग्रेर रोकिएको गाडीलाई रातभरमै राजमार्गको सुरक्षित ठाउँमा राख्नुपर्छ, नभए आन्दोलनकारीले आगो झोसिदिन्छन्। गाडीले तानेर हुन्छ कि घचेटेर हुन्छ सुरक्षित स्थानमा नपुर्यााई धरै छैन।' आन्दोलनकारीले राजमार्गमा राखेका किला र सिसाले गाडीको टायर पन्चर हुने प्रमुख समस्या बेलाबेला आइलाग्ने चिमरिया बताउँछन्।

असोज ६ गते सप्तरीको राजविराजमा सम्पन्न मधेसी मोर्चाको बैठकले आन्दोलनलाई नाका र राजमार्गमा केन्द्रित गर्ने निर्णय गरेको थियो। मोर्चाले औपचारिक निर्णय गरे पनि व्यवहारमा राजमार्गमा त्यति साह्रो कडाइ गरेको पाइँदैन। छिटफुट घटना र राजमार्गमा अवरोधलगायत जोखिम रहे पनि मोर्चाले सप्तरीदेखि सर्लाहीको नवलपुरसम्म रातको समयमा लचकता अपनाएको देखिन्छ। उता नवलपुरपछि हेटौंडासम्मको राजमार्ग क्षेत्र पहाडी–मधेसी दुवै समुदायको बसोबास रहेकाले त्यति अवरोध हुँदैन।

आन्दोलनमा राजनीतिक प्रणाली बिथोलिए पनि आर्थिक प्रणालीले काम गरिरहेको छ। एस्कर्टिङमा हुने यात्राले सुसुप्त अवस्थामा भए पनि आर्थिक प्रणाली चलिरहेको देखाउँछ। के देखिन्छ भने मध्य र पूर्वी नेपाललाई काठमाडौसँग एस्कर्टिङले 'कनेक्सन' गरेको छ। त्यहाँ यात्रु पनि छन्, मालसामान पनि छ, सबै काठमाडौंसम्म दौडिरहेका छन्।

मधेसी मोर्चाले साउन अन्तिममा आन्दोलन सुरु गरेका बेला रातको समयमा प्रत्येक दिन छ सयदेखि सात सय गाडी ओहोरदोहोर गर्थे। नाकाबन्दीपछि पेट्रोल डिजल अभावका कारण सवारीको संख्या तीन सयको हाराहारीमा आउजाउ गर्ने चिमरिया बताउँछन्। पेट्रोल डिजलको चरम अभाव छ। १ सय ४ रुपैयाँ पर्ने पेट्रोल कालोबजारमा १ सय ५० देखि १ सय ८० रुपैयाँमा बेच्ने गरिन्छ। ८१ रुपैयाँ पर्ने डिजल दोब्बर मूल्यसम्म पर्दछ।

चिमरियाका अनुसार गाडीमध्ये सबैभन्दा बढी मालबाहक ट्रक त्यसपछि यात्रु बस र सबैभन्दा कम निजी कारजिप चल्ने गरेका छन्।

आन्दोलनपछि राजमार्गका चोकबजार साँझपख बसपार्कजस्तै व्यस्त देखिन्छन्। विराटनगरका बस इटहरी, सप्तरी र सिरहाका बस लहान, जनकपुर महोत्तरीका बस बर्दीबास, सर्लाहीका नवलपुर, गौरका चन्द्रनिगाहपुर र कलैया, वीरगन्जका बस सिमाराबाट छुट्छन्।

मोटरसाइकल सेवा

मधेसी मोर्चाले मोटरसाइकल चल्न दिनु मधेसको जनजीवनका लागि बरदानजस्तै भएको छ। यातायात सेवाको प्रमुख काम यसैले गर्छ। कतिपय मोटरसाइकलधनी मौकामा कमाउने सवारीका रूपमा यसलाई उपयोग गरिरहेका छन्। बस छुट्ने स्थान र जहाजबाट आउजाउ गर्नेहरूलाई एयरपोर्टदेखि गन्तव्यसम्म पुर्याोउने काम मोटरसाइकलले गर्छ। यात्रुका आफन्त र साथीभाइले सहयोग गर्ने नै भए।

यसबाहेक मोटरसाइकलमा राखेर गन्तव्यमा पुर्यायइदिने र भाडा असुल्नेहरू पनि यहाँ प्रशस्त छन्। जस्तो, राजविराजबाट १० किलोमिटर टाढा रुपनी आइपुग्न सय रुपैयाँदेखि १ सय ५० रुपैयाँ लिइन्छ भने सिरहाबाट चोहर्वा १८ किलोमिटर टाढा आइपुग्न १ सय ५० रुपैयाँ चलनचल्तीमा छ। त्यस्तै जनकपुरबाट बर्दिबास पुग्न करिब २ सय र महोत्तरीको जलेश्वरबाट बर्दिबास ४६ किलोमिटर आउन झन्डै ५ सय रुपैयाँ मोटरसाइकल चालकले लिने गरेका छन्। मलंगवादेखि नवलपुर २६ किलोमिटरको भाडा ४ सय देखि पाँच सय रुपैयाँ छ भने ४६ किलोमिटर टाढाको गौर चन्द्रनिगाहपुर भाडा ५ सय हाराहारी छ। त्यस्तै सिमरा–वीरगन्ज आउजाउ गर्न २ सयदेखि ३ सय रुपैयाँ भए पुग्छ। मोटरसाइकललाई भाडाको सवारी बनाउने कतिपय मानिसले दिनको दुई–तीन हजार कमाइ गर्ने गरेको स्थानीय बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस