आइओसीसँग ८७ करोड क्षतिपूर्ति दाबी
१८ असोज २०७२
•
७ मिनेट पाठ
आइओसीसँग ८७ करोड क्षतिपूर्ति दाबी
काठमाडौं- पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयोग निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग क्षतिपूर्ति दाबी गरेको छ। निगमले आइओसीलाई पत्र लेखेर दुई पक्षबीचको व्यापारिक (बिटुबी) सम्झौताअनुसार नेपालमा तेल नआउँदा भएको घाटा भर्न भनेको हो।सम्झौतामा निगमले माग गरेअनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने उल्लेख छ। सोही सम्झौतामाथि टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र लेखेको हो।




बिटुबी सम्झौतामा दुवै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ। तर, आइओसीले सम्झौता उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ। निगमलाई १५ दिनमा झन्डै एक अर्ब नोक्सान भएको छ। 'त्यो आइओसीका कारणले गर्दा हो,' स्रोतले भन्यो, 'राजनीतिक बखेडालाई व्यापारसँग जोड्नु भएन, यी भिन्नै विषय हुन्।'

आपूर्ति अवरोधका कारण उद्योगधन्दा बन्द हुँदा त क्षति अर्बांै रुपैयाँ पुग्छ। जसका कारण सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदरमा समेत असर पर्ने देखिन्छ। विश्व बैंकले आइतबार निकालेको प्रतिवेदनले आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । कुल २१ खर्बको अर्थतन्त्रमा अर्बांै रुपैयाँ घाटा हुँदा आर्थिक वृद्धिदर सोचेभन्दा धेरै तल झर्ने भएको हो। तर, निगमले १५ दिनमा कमाउने नाफा जोड्दा मात्रै घाटा ८७ करोड रुपैयाँ पुगेको हो। सो घाटा एनओसी वेबसाइटमा गत महिना रोखिएको नाफाअनुसार आँकलन गरिएको हो।

१५ दिनदेखि ग्यास बुलेट तथा पेट्रोलियम पदार्थ बोकेका गाडी छिटफुट मात्र नेपाल भित्रिएका छन्। 'नेपाल सरकार र भारत सरकारबीच के कुरा नमिलेको हो। त्यो हाम्रो चासोको विषय होइन। व्यापारिक समझदारी जे भएको छ, त्यहीअनुसार तेल नेपाल भित्रिनुपर्यो्। तेल दिन नसक्ने हो भने सो समय बराबरको क्षतिपूर्ति तिर्नुपर्छ,' निगमका एक अधिकारीले भने।

निगमले आइओसीलाई शुक्रबार पठाएको पत्रमा पेट्रोलियम पदार्थ रोक्ने निर्णयप्रति कडा आपत्ति जनाइएको छ। पत्रमा तेल आपूर्ति नहुँदा निगमले ठूलो वित्तीय घाटा हुनुका साथै कम्पनीको साखमा नकारात्मक प्रभाव परेकाले त्यसको क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

'निगम र आइओसीबीचको ४० वर्ष पुरानो सम्बन्ध अहिले दोबाटोमा छ। आइओसीसँग सम्झौता नभए पनि निगमले बेहोर्नुपरेको ठूलो वित्तीय घाटा र कम्पनीको साखमा भएको क्षतिमा आइओसीले क्षतिपूर्ति दिनुपर्छ,' निगमको पत्रमा भनिएको छ, 'यो विषयमा हामी पछि फेरि पत्राचार गर्नेछांै।'

आइओसीले राजनीतिक कारण देखाउँदै तेल आयातमा कडाइ गरेपछि निगम कडा रूपमा प्रस्तुत भएको हो। अहिलेसम्म भएको क्षतिको विवरण केही दिनमा आइओसीलाई पठाउने सरकारी तयारी छ।

आइओसीले डिपोमा पुगेका ट्यांकरमध्ये एकदुईवटालाई मात्रै तेल दिएर 'जिस्क्याएको' निगमले जनाएको छ। 'तपाईं (आइओसी) हरूले पछिल्ला एकदुई दिनमा हाम्रा ३०/४० वटामध्ये एउटा वा दुइटा ट्यांकरमा इन्धन दिनुभएको छ। यसले हामीलाई अझ बढी अत्याचार गरेको र जिस्क्याएको महसुस भएको छ,' निगमले लेखेको पत्रमा भनिएको छ, 'यसले हाम्रो गम्भीर रूपमा ध्यान आकर्षित गरेको छ। यो क्षेत्रको बहुराष्ट्रिय कम्पनीका रूपमा आइओसीजस्तो संस्था यस्ता अव्यावसायिक तथा गैरजिम्मेवार क्रियाकलाप, त्यो पनि निगमजस्तो लामो समयको व्यापारिक साझेदार संस्थासँग सुहाउने होइन।'

तर, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नागरिकसँग भने, 'मैले पनि यो विषय पत्रपत्रिकामा पढेर थाहा पाएको हुँ। निगमसँग बुझ्दैछु।' उनले निगमले राम्रो काम गरिरहेकाले अहिले पनि तेल वितरण भइरहेको बताए।

भारतले नेपालको संविधान निर्माणमा असन्तुष्टि जनाउँदै लगाएको अघोषित नाकाबन्दी गरेपछि आइओसीले नेपाललाई तेल दिन रोकेको हो। यो नाकाबन्दीपछि निगमको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आइओसीलाई पत्र पठाउने निर्णय गरेको थियो।

यसअघि निगमले इन्धन आपूर्ति सहज बनाउन पनि आइओसीलाई पत्र काटेको थियो। इन्धन भर्न पुगेका सवारी साधनमध्ये एकदुई ट्यांकर इन्धन भरेर पठाएको भन्दै उसले आपत्ति जनाउँदै पत्र काटेको थियो।

पहिलो पत्र पठाउँदा आइओसीले कुनै प्रतिक्रिया नदिएपछि निगमले क्षतिपूर्ति दाबी गरेर दोस्रो पत्र पठाएको हो। 'उसले तेल रोक्न पाउने, हामीले क्षतिपूर्ति माग्न किन नपाउने?' निगमले भन्यो।

सीमा क्षेत्रमा असुरक्षा भएको भनी आइओसीले दिएको कारणलाई निगमले बकवास भनेको छ। निगमले ४० वर्षदेखिको सम्बन्ध दोबाटोमा आएको भन्दै खेद प्रकट पनि गरेको छ। काठमाडौंमा हवाई इन्धन सकिएको जनाउँदै निगमले सहज रूपमा इन्धन पठाउन भनेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस