गैर (सर्लाही)- यहाँका किसान तपेश्वर ठाकुर अहिले दुइटा समस्याले जेलिएका छन्। समस्या ५० दिनदेखि तराई मधेसमा चलेको बन्द, हडताल, आन्दोलन तथा नाकाबन्दी र सरकारी निकायको गैरजिम्मेवारीले सिर्जना गरेको हो।
मधेसमा आन्दोलन चलिरहँदा उनको गाईले दुईपटक साँढे खोज्यो। दुवैपटक कृत्रिम गर्भाधान गराउन सकेनन्। अर्कोतर्फ सीमा नाकामा मोर्चाले गरेको नाकाबन्दीका कारण धान खेतमा रासायनिक मल हाल्न पाएका छैनन्। तपेश्वर भन्छन्, 'गाईले साँढे खोज्यो, यहाँ कृत्रिम गर्भाधान गराउने बिज नै छैन।'
सदरमुकाम मलंगवास्थित जिल्ला पशु कार्यालयबाट सेवा लिँदै आएका उनी पशु कार्यालयमा गाई, भैंसीको बिज राखिएका भाँडो (कन्टेनर) मा भदौ १८ गते आगलागीमा परेपछि मारमा परेका हुन्। कार्यलय परिसरमा रहेको पशु सेवाको गाडीसँगै बिज राख्ने एक कन्टेनर र नाइट्रोजन ग्यास रहेको ७ वटा कन्टेनर आगजनीमा जलेर नष्ट भए। आगजनी कसले, किन गर्योट खुल्न सकेको छैन। आन्दोलनरत मोर्चाले आगजनीमा आफ्नो संलग्नता नरहेको बताएको छ।
कृत्रिम गर्भाधानका समान र उपकरण नष्ट भएपछि कार्यालयले आगजनीको विवरण क्षेत्रीय कार्यालय काठमाडौं पठाउनुबाहेक अर्को व्यवस्था गर्न सकेको छैन। कार्यालयका निमित्त प्रमुख कृष्णभूषन महतो बन्द र हडतालका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको बताउँछन्। उनले भने, 'खुल्ला अवस्था थियो भने अन्य कार्यालयबाट बिज ल्याएर काम गर्न सकिन्थ्यो।' महतोका अनुसार मलंगवा कार्यालयबाट मासिक ८ सय गाई, भैंसीको गर्भाधान हुन्थ्यो।
कृत्रिम गर्भाधारण कार्यक्रमलाई निरन्तरता दिन कार्यालयको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि त्यसका लागि स्थानीय विकास अधिकारीको सिफारिस चाहिने कानुनी व्यवस्था भएको महतो बताउँछन्। तराई, मधेस आन्दोलनका कारण सदरमुकामका सुरक्षा निकाय र अदालतबाहेक सबै कार्यालय बन्द छन्। सदरमुकाम नजिकैका कर्मचारी कार्यालयबाहिरै हाजिर गरी दिन कटाउँछन्। स्थानीय विकास अधिकारी डेढ महिनादेखि गायव छन्। आन्दोलन चलिरहेकै बेला स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेको सरुवा भएको छ। नयाँ आएका छैनन्।
तपेश्वर यहाँका सम्पूर्ण किसानका प्रतिनिधि हुन्। नागरिकले गैर बजारमा रहेर स्थानीय समस्या बुझ्न खोज्दा कृषक मारमा परेको फेहरिस्त सुनाउने प्रसस्त भेटिए। अर्का किसान भोजेलाल महतो (बाबाजी) धानमा पानी पटाउन र रासायनिक मल हाल्न नपाएकोमा चिन्तित देखिन्थे। वागमती सिँचाइ आयोजनाको लक्ष्मीपुर शाखा नहरबाट सिँचाइ हुने उनको खेतमा दुई सातायता पानी छैन।
असोज २ गते गडारी खोलाको पानी गाउँ पसेर घर भत्किन थालेपछि मुख्य नहरको डिल काटेर कर्मैयाका स्थानीयले गाउँको पानीको निकास निकालेका थिए। काटिएको नहर आयोजनाले तत्काल मर्मत गरेन। आन्दोलनको बहानामा आयोजनाका अधिकांश कर्मचारी कार्यालयमा छैनन्। तल्लो तहका कर्मचारीले बेलैमा निर्णय गरेर मर्मत गर्न सकेनन्। एक सातापछि सीमा नाकामा नाकाबन्दी भएकोले डिजेल नभएर एस्काभेटर चलाउन नपाएको जवाफ कार्यालयले किसानलाई दियो। नहर भत्केको १३औं दिन एस्काभेटरले सामान्य काम गरेपछि प्लास्टिक बोरामा बालुवा हालेर नहरको तट लगभग मर्मत गर्न थालियो। मजदुरले शुक्रबार आधा मर्मत सम्पन्न गरेपछि आयोजनाले साँझबाट नहरमा पानी छोडेको आयोजना प्रमुख राजेन्द्र यादव बताउँछन्। यादवले २–३ दिनमा नहर पूर्ण रुपले सञ्चालन हुने जानकारी दिए।
आयोजनाले दुई साता पानी नछोडदा धान उत्पादनमा ठूला ह्रास आउने चिन्तामा किसान छन्। पिपरिया–२ का वैदनाथ ठाकुर पानी चाहिने बेलामै नहर सुकेको बताउँछन्। ठाकुरका अनुसार पानी नहँुदा लक्ष्मीपुर, पिपरियादेखि दक्षिणी क्षेत्रसम्म हजारौं बिघाको धान प्रभावित भएको छ। 'किसानले विकासे धान लगाएका छन्, बेलामा मल, पानी भएन भने बाला फुट्दै फुट्दैन,' ठाकुरले भने, 'देहाती धान भएको भए जसोतसो अलिअलि फल्थ्यो।'
ठाकुर नाकाबन्दी र बन्दका कारण किसानहरु अझ ठूलो मार्कामा परेको अनुभव सुनाउँछन्। उनका अनुसार बन्द र नाकाबन्दीका कारण २२ रुपैयाँ किलोमा पाइने युरिया मलको मूल्य ३५ देखि ४० सम्म पुगेको छ। गैरका अर्का किसान चन्दन झा किसान एकैचोटि सिँचाइ सुविधाबाट वञ्चित भएको मलखाद्य पाउन नसकेको, कृषि प्रविधिक उपलब्ध हुन नसकेको र डिजेल नभएर पम्पसेट चलाउन तथा ट्याक्टरले खेत जोत्न नपाएको बताउँछन्।
किसानहरु बेलैमा मलखाद्य र सिँचाइ नपाउँदा उत्पादन आधा घट्ने चिन्तामा छन्। सलेमपुरका राजकुमार राय बन्द, हडताल र नाकाबन्दी सबैको मार किसानमा परेको अनुभव सुनाउँछन्। 'बेलैमा पानी, मल, गोडमेल हुन सकेको भए कट्ठामा ५/६ मन (४० किलो १ मन) धान फल्थ्यो,' रायले भने, 'यसपालि कट्ठा ३ मन फल्न पनि गाह्रो छ।'
मधेसी मोर्चाले सर्लाहीको १४ वटै नाकामा धर्ना र नाकाबन्दी गरेपछि भारतीय बजारमा निर्भर यहाँका नागरिक, किसान खाद्य पदार्थ, डिजेल, पेट्र्रोल ल्याउन नपाउँदा आक्रोशित बन्न थालेका छन्। मोर्चाका कार्यकर्ताको कडा निगरानी र निश्चित परिमाण मात्र पारिबाट ल्याउन पाउने निर्देशनका कारण यहाँको जनजीवन प्रभावित भएको छ।
कतिपय किसानको भदैया धान काटेर तरकारी खेती गर्ने योजना प्रभावित भएको छ। किसनपुरका प्रभु साह नाकाबन्दीका कारण दाल, चामल किन्न नपाएको गुनासो गर्छन्। पारिबाट सामान ल्याउन नसकेको उनको कथन छ। 'किलोको २० रुपैयाँमा पाइने आलु ५० रुपैयाँ पुगेको छ,' साहले भने, 'पैसा पनि छैन। रोडलाइनमा काम कतै पाइँदैन।'
घुर्कौलीका किसान शिवनरायण महतो भदैया धान काटेर काउली रोप्ने योजनामा छन्। उनले खेत जोत्ने ट्याक्टर पाएका छैनन्। डिजेल अभावमा सीमित संख्यामा चलेका ट्याक्टरलाई भ्याई नभ्याई छ। नाकाबन्दीको यो समय उनीहरुको कमाउने मौका हो। 'एक घन्टा खेत जोत्न ९ सय रुपैयाँमा फलाफाल ट्याक्टर पाउँथ्यो' महतोले भने, 'अहिले २ हजार २५ सय दिँदा पनि पाइँदैन।'
नाकाबन्दीपछि १ सय ४ रुपैयाँ बिक्री मूल्यको पेट्रोलको भाउ लिटरको २ सय ५० सम्म पुगेको छ। मिनरल वाटरको बोटलमा उपलब्ध हुने पेट्रोल सहजै पाइँदैन। ८१ रुपैयाँ मूल्यको डिजल २ सय रुपैयाँमा पनि पाइँदैन।
तराई मधेसका पर्सा, बारा, रौतहट, महोत्तरीसम्मको राजमार्गछेउका बजारमा बन्द, हडतालको प्रत्यक्ष प्रभाव देखिँदैन। बजार खेलेको छ। सीमित संख्यामा यातायात चलेका छन्। लामो समयसम्म हडतालकै बीच धेरैजसो दिन चलेका निजी स्कुल बन्द हुन थालेका छन्। बसबाट विद्यार्थी ओसार्ने स्कुलले डिजल नपाएपछि बन्द गर्ने निर्णय गरेका छन्।
लालबन्दी आदित्य डेरीका प्रेमचन्द्र महतोले किसानबाट किन्ने दूधको परिणम आधा घटाएको छ। २६ किलोमिटर टाढा चुरे फेदीका परमानिपुर, आपचौर र पत्थरकोटबाट उनको डेरमा दूध आउँथ्यो। टाढा–टाढाबाट मोटरसाइकलमा दूध आउँथ्यो, मैले डिजेलले जेनेटर चलाएर चिस्याउँथे,' महतोले भने, 'मोटरसाइकल चलाउन पेट्रोल छैन, जेनेटर चलाउन डिजल पाइँदैन।'
नाकाबन्दी र बन्दको असर थेगिँ्रदैथेग्रिँदै चुरे फेदीका पशुपालकसम्म पुगेको छ। उनीहरुका गाई, भैंसीले दूध दिरहेको छ। त्यो बजार पुग्न पाएको छैन। बन्द, हडताल र नाकाबन्दीको असर सबै वर्ग र तहलाई परे पनि त्यसको ठूलो प्रहार भने समान्य किसान र गरिखाने मजदुरलाई परेको देखिन्छ।