काठमाडौं- छिमेकी भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले मुलुकभित्र आत्मनिर्भताको वहस सुरु भएको छ। अरुका नाजायज दबाबसामु नझुक्न देश आर्थिक रुपमा स्वावलम्बी बन्नुपर्छ भन्ने आवाज चर्को हुँदै गएको छ।हामी अहिले कतिसम्म परनिर्भर छौं भने स्थानीय स्तरमा उत्पादन हुने स–साना वस्तु पनि विदेशबाट आयात भइरहेको छ। यसको उदाहरण हो– पूजाआजामा प्रयोग हुने सिन्केधुप।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्ष भारतबाट ७० करोड ५७ लाख रुपैयाँ बराबरको सिन्केधुप आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८ प्रतिशतले बढी हो।
सिन्केधुप सानो लगानीमा उत्पादन हुने वस्तु हो। सानो कोठामा थोरै जनशक्तिले यो उद्योग चलाउन सकिन्छ। सानो लगानी, सामान्य प्रविधि र थोरै जनशक्तिले उत्पादन गर्न सक्ने सिन्केधुप आयातको तथ्यांकले हाम्रो सम्पूर्ण अर्थतन्त्रको परनिर्भता झल्काउँछ।
हरेक वर्ष सिन्केधुप आयात बढ्दै गएको तथ्यांक छ। आर्थिक वर्ष २०७०/०७१ मा ६७ करोड ३३ लाख रुपैयाँको सिन्केधुप आयात भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २१.६ प्रतिशले बढी थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/०७० मा ५५ करोड ३५ लाख रुपैयाँको सिन्केधुप आयात भएको थियो।
युएनडिपीको तथ्यांक अनुसार नेपालमा एक अर्ब रुपैयाँ बराबर सिन्केधुपको बजार छ। स्थानीय स्तरमा कुल मागको आधा पनि उत्पादन हुँदैन। विभिन्न संघ–संस्था, सरकारी निकायले अगरबत्तीका नामले समेत चिनिने सिन्केधुप बनाउने तालिम दिनुका साथै उद्योग स्थापना गर्न चाहनेालाई सहयोग गरिरहे पनि स्वदेशी माग धान्ने गरी उत्पादन हुन सकेको छैन।
स्वदेशमा गुणस्तरीय उत्पादन हुन नसक्दा भारतीय उत्पादनसँग प्रतिस्पर्धा हुन नसकेको व्यवसायी बताउँछन्। 'देशमा धेरै उद्योग छन्, तर हामीले बारिहको सँग प्रतिस्पर्धा गर्न सकेका छैनौ,' साबित्री ब्रान्डको कञ्चनजंगा अगरबत्तीका म्यानेजर पुस्कर केसीले भने, 'पछिल्लो समय भने गुणस्तरमा सुधार हुँदै गएको छ।'
नेपाल अगरबत्ती उद्योग संघमा अहिलेसम्म झन्डै ४५ स्वदेशी उद्योग दर्ता छन्। यीमध्ये धेरैजसो सञ्चालनमा छन्। केही बन्द भएका छन्। केसीका अनुसार कोइला, काउलो, काठको धुलो सिन्केधुप उद्योगका प्रमुख कच्चा पदार्थ हुन्।
यी कच्चा पदार्थ देशमा पाइने भए पनि उच्चस्तरको नहँुदा गुणस्तरीय उत्पादन हुन नसकेको हो। अगरबत्ती बनाउने चाहिने काँटी र यसमा प्रयोग हुने सुगन्धित वस्तु भारतबाट ल्याउनुपर्ने हुन्छ। यसमा प्रयोग गरिने स्वदेशी काठको धुलो पनि गुणस्तरीय छैन। राम्रो सिन्के धुपका लागि चाहिने काठको धुलो पाउन गाह्रो छ। सस्तो काठको धुलो प्रयोग गर्दा उत्पादन राम्रो हुँदैन।
नेपालमा उत्पादन हुने अगरबत्ती विस्तारै गुणस्तरीय हँुदै गएको उनले बताए। 'केही समयअघि हाम्रा उत्पादन बजारले मागे जस्ता थिएनन्,' केसीले भने, 'अहिले बजार माग अनुसार उत्पादन हँुदैछन्।' अहिले विदेशी उत्पादनसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्दै गएको कञ्चनजंगाका केसीले बताए।
काँटी र पर्फ्युम भारतबाट आउने गरेको छ। यहाँ ल्याएर अन्य वस्तु प्रयोग गरेर प्याकिङ गरिन्छ। मेसिनबाट उत्पादन गर्दा धेरै लगानी पर्ने, बिजुलीको सधैं अभाव हुने जस्ता समस्याले भारतीय अगरबत्तीसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको केसीले बताए।
'नेपालमा राम्रा अगरबत्ती उत्पादन हुँदै नभएका भने होइनन्। राम्रो बजार प्रवर्द्धन र सरकारी सहयोग नहुँदा आत्मनिर्भर हुन सकेका छैनौं,' केसीले भने। केही अगरबत्ती उद्योगले चीन, भारत र अरु केही देशमा निर्यात समेत गरेका छन् तर परिमाण सानो छ।
तराईका बारा, रौतहट, सर्लाही, रुपन्देही, झापा, मोरङ लगायतका जिल्लामा सिन्केधुप उद्योग छन्। यिनले देशमा आवश्यक अगरबत्ती मागको केही अंश पूरा गरेका छन्। यसलाई अझ मजबुत बनाउन सक्ने हो भने अगरबत्तीमा आत्मनिर्भर बन्न सक्ने अवस्था छ। कच्चा पदार्थ बाहिरबाट ल्याउनु पनि नपर्ने र दक्ष जनशक्ति पनि नचाहिने हुँदा सिन्केधुप उद्योग सजिलै चलाउन सकिने जानकार बताउँछन्।
स्थानीय स्तरमा उत्पादन गर्न सकिने, कच्चा पदार्थ स्थानीय तहमै सजिलै पाइने वस्तुमा समेत परनिर्भर हुँदा विदेशी उत्पादकले फाइदा दिइरहेका छन्। सिन्केधुप उत्पादन गर्न विशेष प्रविधि चाहिँदैन। स्वदेशमै यसको माग हरेक वर्ष बढ्दै गएको छ। राष्ट्र बैंकको तथ्यांकले पनि यही देखाउँछ। व्यवसायीका अनुसार सिन्केधुप बनाउने कच्चा पदार्थ स्थानीय बजारमै पाइन्छ। श्रीखण्ड, सालधुप, धुपीको धुलो, गोल, गुँद, बाँस, अत्तर, प्याकिङ मेटेरियल जस्ता कच्चा पदार्थ प्रयोग गरे सिन्केधुप बनाउन सकिन्छ।
कच्चा पदार्थलाई आवश्यकता अनुसारको साइजमा ग्राइन्डरमा राखेर पिस्ने, छान्ने जस्ता सजिलो प्रक्रियाबाट सिन्केधुप उत्पादन गर्न सकिन्छ। दुई भाग पानी र एक भाग गुँद मिसाएर ड्रममा राम्रोसँग धुलाएर यसको लेदो तयार गर्न सकिन्छ। तयार भएको लेदोलाई सिन्कामा पेस्टिङ गरेर सुकाउने र प्याकिङ गर्ने यसका बनाउने विधि हुन्।
सिन्केधुप बनाउने मेसिन पनि हाम्रै बजारमा उपलब्ध छन्। ग्रान्डिङ मेसिन, काठको किस्ती, तौलने मेसिन जस्ता सामग्री प्रयोग गरेर सिन्केधुप उत्पादन गर्न सकिन्छ।