ठूला उद्योग बन्द हुन थाले
१४ असोज २०७२
•
७ मिनेट पाठ
ठूला उद्योग बन्द हुन थाले
पोखरा- इन्धन र कच्चा पदार्थ अभावले पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग थला परेका छन्। केही ठूला उद्योग बन्दसमेत भएका छन्। २४ सै घन्टा चल्ने कतिपय ठूला उद्योग आधा समय मात्र चल्न थालेका छन्। उत्पादन घटेको छ। उत्पादित वस्तु बजार पठाउन सकिएको छैन।

औद्योगिक क्षेत्रभित्र सञ्चालित ठूलामध्येको पोखरा नुडल्स मंगलबार दिउँसोदेखि बन्द भएको छ। २४ सै घन्टा चल्ने रम्भा जनरल इन्डस्ट्री अहिले आधा दिनमात्रै चलाइएको छ। भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावले उद्योग बन्द गर्ने र आधा समय चलाउन थालिएको व्यवसायीको भनाइ छ।

मंगलबार दिउँसोदेखि बन्द पोखरा नुडल्सले इन्धन र कच्चा पदार्थ अभाव भएको जनाएको छ। पोखरा नुडल्सका कार्यकारी निर्देशक बाबुराम पन्तले मंगलबार दिउँसो ४ बजेदेखि उद्योग पूर्ण रुपमा बन्द गरेको जानकारी दिए। उत्पादन गर्न चाहिने कच्चा पदार्थ नभएको र बिजुली नहुँदा उद्योग चलाउन आवश्यक पर्ने इन्धन पनि सकिएको उनले बताए। उद्योग चलाएको २२ वर्षमा कच्चा पदार्थ अभावमा पहिलोपटक बन्द भएको उनले बताए।

उनका अनुसार उद्योगले दिनमा ९ हजार कार्टुन (करिब ३५ लाख रुपैयाँ मूल्यको) चाउचाउ उत्पादन गर्थ्यो। 'डिजल, मैदा, पाम आयल, टेस्टिङ पाउडर लगायत कच्चा पदार्थ सकियो अनि बन्द गर्नुको विकल्प रहेन,' उनले भने, 'मैदा र पाम आयलभन्दा पनि इन्धन अभाव भयो। टेस्टिङ पाउडर भारतमै अड्कियो। मैदा र पाम आयल स्वदेशि भित्रैबाट झिकाउन सकिन्थ्यो। तर इन्धन भएन।'

उनका अनुसार चाउचाउ उद्योगमा ४ सय ५० जनाले काम गर्थे। ती सबैलाई अर्काे सूचना नभएसम्मका लागि बिदा दिइएको उनले बताए।

पन्तका अनुसार उद्योगलाई सबैभन्दा बढी समस्या इन्धनको छ। स्टक कच्चा पदार्थबाट उत्पादन गर्न पनि इन्धन नभएको उनले बताए। रम्बा, जोजो, लिडर, तारा, बोनस, समय लगायत चाउचाउ उत्पादन गर्ने यो उद्योगलाई दैनिक ४ सय लिटर डिजल चाहिन्छ। लोडसेडिङले गर्दा इन्धनको भरमा उद्योग चल्दै आएको थियो। यसमा दैनिक ६ हजार लिटर पाम आयल र ४ सय बोरा मैदा खपत हुन्छ। ती सबै कच्चा पदार्थ अभाव भएको उनले बताए। उत्पादित सामानसमेत इन्धन अभावमा बजार पठाउन नसकेको उनले बताए।

२४सै घन्टा बिजुली नहुने अवस्थामा इन्धन अभाव थपिएपछि उद्योगहरु चल्न नसक्ने अवस्थामा पुगेका हुन्। 'उत्पादन आधा घटेको छ,' रम्भा जनरलका निर्देशक श्रीराम पाण्डेले भने, 'उत्पादन बाहिर पठाउन सकिएको छैन।' कच्चा पदार्थ ल्याउन र भएको उत्पादन बजार पठाउन समस्या भएको उनले बताए। 'सबैभन्दा धेरै सामान बिक्री हुने दसैंकै बेला हो, यही बेला समस्या आयो,' पाण्डेले भने।

पोखरा औद्योगिक क्षेत्रमा ७० उद्योग छन्। ती सबैलाई समस्या भएको औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारीले बताए। अधिकांशले एक महिनादेखि नै कच्चा पदार्थ ल्याउन नसकेको जानकारी उनले दिए। 'बाटोमा अवरोध छ, सामान बोकेर गाडी आउन सक्ने अवस्थै भएन,' उनले भने, 'झन् देशबाहिरबाट ल्याउनुपर्ने सामान त आएकै छैन।' पाम आयलदेखि उत्पादनका र्याापरसम्म उद्योगले विदेशबाट आयात गर्छन्।

'औद्योगिक क्षेत्रबाट दैनिक २०–२२ वटा गाडी सामान बोकेर बजार निस्कन्थे,' यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले भने, 'अहिले सुनसान छ। एउटा पनि गाडी बाहिरिन सकेको छैन।' पेट्रोल र डिजेल अभावले मालबाहक गाडी चल्न नसकेको उनले जानकारी दिए। अझै केही दिन इन्धन अभाव भइरहे उद्योग–धन्दा बन्दै गर्नुपर्ने अवस्था आउने राजभण्डारीले बताए। 'इन्धनसँगै कच्चा पदार्थसमेत नहुने भएकाले उद्योग बन्द गर्नुको विकल्प हुँदैन,' उनले भने, 'सरकारी तवरबाटै समस्या समाधान नभएसम्म हामीले केही गर्न सक्दैनौं।'

आइतबारमात्रै आयाल निगमको पोखरास्थित गगनगौंडा डिपोले केही पेट्रोल र डिजेल वितरण गरेको थियो। तर, अब एक दिनलाई भन्दा बढी मौज्दात नरहेको डिपो प्रमुख मनोज ठाकुरले बताए। डिपोसँग ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख लिटर डिजेल भण्डारण क्षमता छ। गण्डकी र धौलागिरी क्षेत्रमा दैनिक ८० हजार लिटर पेट्रोल र १ लाख ६० हजार लिटर डिजेल खपत हुँदै आएको जानकारी ठाकुरले जानकारी दिए। ९ दिनयता रक्सौलबाट तेल रोकिएकाले भण्डार रित्तिँदै गएको उनले बताए। उद्योगीहरु महिना दिनसम्मलाई पुग्ने इन्धन भण्डारण गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता औंल्याउँछन्। 'अब शिक्षा लिएर इन्धन भण्डारण क्षमता बढाउन सरकारले ध्यान दिनुपर्छ,' राजभण्डारीले भने।

इन्धन अभावले निर्माण व्यवसाय पनि ठप्प हुन थालेको फास्ट ट्र्याक कन्स्ट्रक्सन एन्ड बिल्डर्सका हिक्मत कार्कीले बताए। हेभी उपकरण चलाएर निर्माण गर्नुपर्ने तर, इन्धन नभएकाले चलाउन नपाएको उनले सुनाए। उद्योग–धन्दासँगै पोखराका होटल रेस्टुरेन्टले पनि इन्धन अभावको समस्या झेलिरहेका छन्।
अर्को समाचार
हेटौंडाका उद्योगहरु बन्द हुन थाले
१९ कार्तिक २०७२
•
४ मिनेट पाठ
हेटौंडाका उद्योगहरु बन्द हुन थाले
हेटाैंडा– देशकै ठूलो औधोगिक क्षेत्र मकवानपुरको हेटौंडा औधोगिक क्षेत्रमा तेल अभावको सबैभन्दा बढी मार परेको छ। तेलको अभावमा उद्योगको काम ठप्प हुन थालेपछि उद्यमीहरु दिक्क हुन थालेका छन्। औद्योगिक क्षेत्रका ५० ठूला उद्योगको उत्पादन बन्द भैसकेको उद्योग स्रोतले बताएको छ ।

दिनको २० लिटरमात्र डिजेल दिए पनि उद्योग जसोतसो सञ्चालन गर्न सकिने माग उद्यमीहरुले राखे पनि उपलब्ध गराउन नसकिएको औद्योगिक क्षेत्र व्यवस्थापन प्रालिका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए। हेटौंडा औद्योगिक क्षेत्रका १ सय १० उद्योगलाई दिनको २० लिटरका दरले दिनको २२ सय लिटर डिजेल आवश्यक पर्छ।

'मजदुरलाई तलब कसरी खुवाउने एकातिर चिन्ता छ भने अर्कोतिर बैंकको ऋण तिर्ने समस्या बल्झिएको छ,' मकवानपुर उद्योग वाणिज्य संघका महासचिव लेखराज पोखरेलले भने, 'ठूला उद्योग बन्द भैसके घरेलु उद्योग कच्चापदार्थ र ढुवानी नपाएर अलपत्र भैसके।' भारत र तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थ पनि नाकाबन्दीले भारतमै अलपत्र परेको छ।

उनका अनुसार क्लोजर सिस्टम ईन्टरनेसनल कम्पनी ,यूनिलिभर, एसियन र बर्जर पेन्टस्लगायतका मल्टिनेशनल कम्पनीले कच्चा पदार्थ र तेलको अभावमा उद्योग बन्द गरिसके। ठूला लगानीका दाना उद्योग भ्याली पेलेट र सिद्धार्थ पेलेट, गोर्खा लहरी प्रालि, प्याकेजिङ उद्योगहरु, स्वदेशी साबुन उद्योग, बिस्कुट फ्याक्ट्रीको उत्पादन पनि ठप्प छ। दिनको २४ हजार लिटर डिजेल खपत हुने उद्योगमा त्यसको एकप्रतिशत पनि दिन पनि नसकिएको दुखेसो पोखरेलको छ । उद्योगहरुमा काम गर्ने ४५ सय कामदारलाई काम दिन नसक्नुका साथै त्यतिकै तलब दिनुपरेको भनाइ छ। औद्योगिक क्षेत्रबाट दैनिक २ करोड र वार्षिक ७ अर्ब ५० करोड राजस्व सरकारलाई बुझाइने गरिएको थियो। तेल अभावले उत्पादन नभएपछि राज्यको आम्दानीमै पनि सोझै असर पर्ने भएको छ ।

मकवानपुरमा पेट्रोल र डिजेल गरी हप्ताको ६ लाख लिटरसम्म खपत हुने गरेको थियो। अहिले हप्ताको ५० हजार लिटर पनि ल्याउन नसकिएको मकवानपुर पेट्रोलियम डिलर्स एसोशियसनका अध्यक्ष किशोरकुमार शर्माले बताए। शर्माका अनुसार बिहीबार आएको तेलमध्ये डिजेल र पेट्रोल गरी ६ हजार लिटर पालुङ पठाइएको छ। त्यस्तै ३ हजार लिटर सरकारी स्टकमा दिइएको छ। बाँकी ११ हजार लिटर सर्वसाधारलाई वितरण गरिएको छ । 'फ्याक्ट्रि चलाउनलाई त छैन,' शर्माले भने, 'ठूलो नाका विरगंजबाटै तेल आउँदैन कसरी दिने विराटनगरको जोगवनी नाकाबाट आएको थोरै तेल बाँड्ने न हो।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस