विद्युतीय सवारीलाई हेला
१० असोज २०७२
•
९ मिनेट पाठ
विद्युतीय सवारीलाई हेला
काठमाडौं- भारतले अघोषित नाकाबन्दी गरेपछि देशभरको सवारी आवागमन प्रभावित बनेको छ। पेट्रोल तथा डिजेल आभावसँगै सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली र निश्चित कोटामा मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेको छ।तर, यही बीचमा सीमित संख्यामा रहेका विद्युतीय सवारी भने निर्बाध रुपमा चलिरहेका छन्। नाकाबन्दीले इन्धन आपूर्ति रोकिएसँगै विद्युतीय सवारीका विषयमा समेत बहस चल्न थालेको छ।




विद्युतीय सवारीका विषयमा विभिन्न अध्ययन अनुसन्धान भए पनि सरकारको प्राथमिकतमा नपर्दा पेट्रोल तथा डिजेलबाट चल्ने ९९ प्रतिशतभन्दा बढी सवारी साधन नाकाबन्दीको मारमा पर्न गएको विज्ञले बताएका छन्।

सरकारी तथ्यांक अनुसार काठमाडौं उपत्यकाका विभिन्न २५ रुटमा विद्युतीय र ग्यासबाट चल्ने करिब १५ सय सार्वजनिक सवारी साधन छन्। उपत्यकाका करिब ४० लाख जनसंख्याको तुलनामा १५ सय विद्युतीय र ग्यासबाट चल्ने सवारीले धान्न नसक्ने हुँदा नाकाबन्दी जारी रहे ती सवारीको सेवासमेत प्रभावित हुने देखिएको छ।

गत चैतमा यातायात व्यवस्था विभागका निर्देशक अर्जुनकुमार थापाको संयोजकत्वमा गठित समितिले समेत विद्युतीय तथा ग्यासबाट चल्ने वातावरणमैत्री सवारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको थियो। समितिले वातावरणीय प्रदूषण नियन्त्रण तथा नाकाबन्दी जस्तो विषय परिस्थितिमा यस्ता सवारी उपयुक्त हुने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। तर, उक्त प्रतिवेदन कागजमै समिति हुँदा विद्युतीय सवारी थपिन सकेका छैनन्।

समितिको प्रतिवेदन अनुसार हाल उपत्यकामा विद्युतीय स्कुटर २ वटा, विद्युतीय टेम्पो ७ सय १४ वटा, विद्युतीय माइक्रोबस ५ वटा, विद्युतीय कार अनुमानित १ सय २५ वटा छन्। ती सवारी साधनमध्ये ७ सय १४ विद्युतीय टेम्पो उपत्यकाका विभिन्न १५ रुटमा, चार सय ग्यास टेम्पो ६ वटा रुटमा र चार वटा रुटमा अनुमानित ३ सय ६५ वटा ग्यास माइक्रोबस सञ्चालनमा छन्।

समितिको सुझाव अनुसार काम अगाडि बढेको मात्र भए यतिबेला उपत्यकामा थप १५ सयभन्दा बढी विद्युतीय सवारी सञ्चालनमा आइसकेको हुन्थ्यो। समितिले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युतीय सवारी थप गर्दै रुट व्यवस्था गर्न सुझाएको छ। जसअनुसार हाल सफा टेम्पो सञ्चालनमा रहेका रुटमा थप र अन्य नयाँ रुटसमेत गरेर २ सय टेम्पो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक सय ५० ट्याक्सी, विद्युतीय ट्याक्सी एक हजार र विद्युतीय माइक्रोबस २ सय, एक सय मिनिबसलाई दर्ता खुला गर्ने सुझाव दिइएको छ। यस्तै, समितिले काठमाडांै उपत्यकामा तत्कालका लागि ३० वटासम्म पूर्ण विद्युतीय ठूला बस सञ्चालनमा ल्याउने सुझावसमेत दिएको छ।

तर, सरकारले उक्त सुझावलाई गम्भीरतापूर्वक नलिँदा अहिले समस्या आएको बताइन्छ। समितिमा सडक विभागका इन्जिनियर विजयकुमार महतो, नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठ सदस्य थिए भने यातायात व्यवस्था विभागका शाखा अधिकृत हिरालाल भण्डारी सदस्य सचिव थिए।

समितिका संयोजक थापाका अनुसार विद्युतीय सवारीलाई प्रोत्साहन गर्न नीतिगत सुधारदेखि कर छुटसम्मका व्यवस्था गर्नुपर्ने भएकाले तत्कालै सुझाव कार्यान्वयनमा आउन नसकेको बताए। 'तर अहिलेको परिस्थितिले विद्युतीय सवारीलाई उच्च प्राथमिकतामा पार्नुपर्ने सन्देश दिएको छ,' उनले भने, 'यो विषयमा अब फेरि आवश्यक कार्य अगाडि बढाउनुपर्ने बेला आएको छ।' उनले विद्युतीय सवारीलाई विगतमा उचित प्राथमिकतामा राख्न नसक्दा नै समस्या आइरहेको बताए।

वातावरणमैत्री सवारी तथा यातायात नीति, २०७१ मा विद्युतीय सवारीलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ। सेही नीति कार्यान्वयन गर्ने सन्दर्भमा वातावरणमैत्री सवारी साधनलाई रुट दिनका लागि काठमाडौं, भक्तपुर तथा ललितपुरका बाटाको अध्ययन (सवारी संख्या, अवस्था, यात्रु चाप तथा सडकको अवस्था) गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गर्न समिति बनाइएको थियो।

तर, नीतिमा उल्लेख भए बमोजिम सरकारी प्रतिबद्धता एवं अग्रसरता नदेखिएको, संस्थागत संरचना अन्तर्गत वातावरणमैत्री यातायात सञ्चालन समिति, कार्यसमिति, व्यवस्थापन समिति, नियामक समिति आदि गठन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, प्रतिवेदनमा दक्ष जनशक्ति र सक्षम व्यवस्थापकीय क्षमताको कमी रहेको, नीति लागु भएको एक वर्षभित्र नीति अनुकूल ऐन, नियम तथा कार्यविधि, निर्देशिका आदि निर्माण गर्नुपर्ने प्रावधान रहेकामा यसतर्फ कुनै कार्य अगाडि बढ्न नसकेको, नीतिले परिकल्पना गरेअनुसार अन्तर निकाय समन्वयमा प्रभावकारिता नआएको, सरकारी, निजी, सहकारी, साझेदारी आदि सबैको समन्वयात्मक भूमिका नरहेको, वातावरणमैत्री सवारी साधनको वर्गीकरण मापदण्ड परीक्षण संयन्त्र नभएको, दर्ता प्रक्रिया सरल, सहज र रुट परमिट उपयुक्त व्यवस्था नभएको उल्लेख छ।

काठमाडौं उपत्यकामा चीनको सहयोगमा २०३२ सालमा २२ वटा ट्रलीबस सञ्चालनमा थिए। काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किमी रुट चलेका ट्रलीबस सरकारी बेवास्ताकै कारण बन्द भइसकेको छ। तर, ०५६ सालमा विद्युतीय सफा टेम्पो र २०५२ सालमा भिœयाइएका ग्यास टेम्पो र माइक्रोबस भने अझै सञ्चालनमा छन्। यस्तै, देशका विभिन्न स्थानमा अहिले विद्युतीय रिक्सासमेत सञ्चालनमा आएका छन्।

विगतका सरकार र सरोकारवाला मन्त्रालयका नेतृत्वले मास ट्रान्सफोर्टेसन र विद्युतबाट चल्ने साधनलाई कहिल्यै प्राथमिकतामा राखेनन्। उल्टै यस्ता साधनको भन्सार शुल्क बढाउने, रुट परमिट नदिने नीति नै अंगीकार गरियो। एकातर्फ यस्ता साधनको प्रवर्द्धन गर्नुपर्छ भन्ने अर्कातर्फ अर्थ मन्त्रालयले विभिन्न स्वार्थमा डुबेर यस्ता साधनको आयात र प्रवर्द्धनमा अंकुश लगाउने काम भइरह्यो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस