झापा- भारतीय पक्षले अघोषित 'नाकाबन्दी' लगाएपछि सीमावर्ती नेपाली क्षेत्रको जनजीवन मात्रै होइन, राजस्व असुलीसमेत प्रभावित भएको छ। भारतीय सुरक्षाबलले चेकजाँच तथा आवतजावतमा कडाइ गरेसँगै नेपाली भन्सारमा राजस्व संकलन घटेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइ गर्दा पानीट्यांकी नाका हुँदै नेपाल प्रवेश गर्ने पेट्रोलियम ट्यांकर र मालवाहक सवारीसाधन उतै थन्किएर बसेका छन्। सवारीसाधन नआएकै कारण दैनिक १ करोडभन्दा बढी राजस्व गुमाउनुपरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए। 'मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्नै छाडिसके,' उनले भने, 'गाडी नै नआएपछि राजस्व कसरी उठ्छ?' बिहीबार विभिन्न शीर्षकमा डेढ करोड रुपैयाँ राजस्व असुली गरेको कार्यालयले शुक्रबार ४८ हजार रुपैयाँ मात्र उठाउन सकेको अधिकारीले जानकारी दिए।
कार्यालयका अनुसार यसअघि दैनिक डेढ सयदेखि दुई सयवटासम्म कोइला, १५ देखि ३५ वटासम्म पेट्रोलियम ट्याङ्कर तथा त्यति नै संख्यामा एलपी ग्यासका गाडी यो नाका हुँदै भित्रिन्थे। प्रमुख भन्सार अधिकृत अधिकारीले भने, 'सीमावर्ती पानीट्यांकी नाकामा एसएसबीले चेकजाँचमा निकै कडाइ गरेपछि अधिकांश सवारीसाधन भारतीय क्षेत्रमा थन्केर बसेका छन्।'
बिहीबार ११ वटा गाडी नेपाल छिरे पनि शुक्रबार साँझ ६ बजेसम्म पेट्रोलियम पदार्थ बोकेका ६ वटा र फलफूलका पाँच गाडी काँकरभिट्टा सुक्खा बन्दरगाह भित्रिएको कार्यालयका सूचना अधिकृत दीपेन्द्रकुमार झाले बताए।
यसैबीच भारतीय आयल निगमले प्राविधिक कारण देखाउँदै नेपालबाट गएका ट्यांकरलाई पेट्रोलियम दिन रोकेको छ। तेल नदिएपछि नेपाल आयल निगमका १५ वटा ट्यांकर भारतको सिलिगुढी आयल निगममा थन्किएका छन्।
भारतीय निगमले प्राविधिक कारण देखाएर तेल नदिएपछि गाडी निगमपरिसरमा थन्क्याउनुपरेको नेपाल आयल निगम चारआली शाखाप्रमुख कमलेश अर्यालले बताए। तेल नदिएपछि ट्रक रित्तै फर्काउनुपर्ने अवस्था रहेको निगमले जनाएको छ। बुधबार दसवटा गाडीलाई तेल दिए पनि ती सबै तीन दिनदेखि पानीट्यांकी नाकामा थन्किएको अर्यालले बताए। 'केही ट्रक भने एसएसबीले माथिको आदेश भन्दै चेकजाँचमा कडाइ गरेपछि ढिलो गरी निगम आइपुगेका थिए,' उनले भने।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी दलका नेताले शुक्रबार नेपाल–भारत सीमामा प्रदर्शन र धर्नासहित नाका ठप्प पार्ने हल्लाले बिहानैदेखि पूर्वी नाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो। संविधानको विपक्षमा रहेका आन्दोलनरत दलले यतिखेर आफ्नो आन्दोलन नेपाल–भारत सीमामा प्रदर्शन र धर्नासहित केन्द्रित गरेका छन्।
महिनादेखि भन्सार बन्द
जनकपुर संवाददाताका अनुसार जनकपुर–जयनगर नाका बन्द भएपछि धनुषाकै एक मात्र वैकल्पिक नाकाका रूपमा अघि बढाइएको जटही भन्सार एक महिनायता ठप्प छ। मधेस आन्दोलनका कारण कार्यालय बन्द भएपछि भन्सार कारोबार हुन सकेको छैन।
दैनिक करिब दुई लाख रुपैयाँ भन्सार संकलन हुने यो कार्यालय भदौमा जम्मा एक दिन मात्र सञ्चालन भएको कार्यालयप्रमुख राममणि यादवले बताए।
जनकपुर–जयनगर रेलवे ब्रोडगेज निर्माण सुरु भएपछि करिब डेढ वर्षसम्म नाकाविहीन रहन पुगेको धनुषामा गत फागुन ११ गतेबाट जटही छोटी नाकालाई वैकल्पिक नाकाका रूपमा कायम गरियो। छोटी भन्सार हुँदा बढीमा पाँच हजारसम्मको मालसमानको मात्र भन्सार बुझ्ने यो नाकालाई वैकल्पिक नाकाका रूपमा कायम गरिएपछि सबै प्रकारका मालसमानको भन्सार संकलन सुरु गरिएको हो।
असार मसान्तसम्म करिब अढाई करोड भन्सार संकलन गरेको कार्यालयले साउनमा करिब ५० लाख रुपैयाँ असुली गर्योम। 'भदौमा जम्मा एक दिन खुल्दा डेढ लाख रुपैयाँ उठ्यो,' कार्यालयप्रमुख यादवले भने, 'त्यसयता कार्यालय नै खुल्न सकेको छैन।' कैलाली, टीकापुरमा सात सुरक्षाकर्मीसहित आठ जनाको हत्या घटनापछि कार्यालय पूरै बन्द गरिएको उनले बताए।
स्थानीयका अनुसार आन्दोलन क्रममा भन्सार कार्यालय बन्द रहे पनि सामान फाट्टफुट्ट ओसारपसार भइरहन्थ्यो। तर, शुक्रबारबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसगजा क्षेत्रमै धर्ना बसिदिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन पनि रोक लागेको छ। दसगजास्थित जमुनी नदीको पुलमै टाँस्सिएर पारिपट्टि भारतीय सुरक्षाकर्मी बसेका छन् भने वारिपट्टि आन्दोलनकारीको धर्ना छ।