वीरगन्ज- आर्थिक नगरी वीरगन्ज डेढ महिनादेखि बन्द–हडताको पीडा भोग्दै छ। मुलुकको प्रमुख औद्योगिक क्षेत्रको उत्पादन ठप्प छ। व्यापारिक कारोबार चौपट बन्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ। हजारौं कामदार बेरोजगार छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र समावेशी मधेसी मोर्चाले साउन २९ देखि सुरु गरेको अनिश्चितकालीन बन्द–हडताल र दुई दिनदेखि नाकाकेन्द्रित धर्ना कार्यक्रमका कारण नेपाल–भारत सीमाक्षेत्रमा करिब ५ हजार मालवाहक गाडी थन्किएका छन्। नेपालबाट भारततर्फ जानेबाटोमा ठूलो संख्यामा गाडी सडक किनारमा त्यत्तिकै अड्किएका छन्।
पहिलेदेखि सूचना नगरी अप्रत्यासित रूपमा बन्द गरिएकाले ठूलो संख्यामा मालवाहक गाडी अड्किएको भुक्तभोगीको कथन छ। तीन दर्जन वाणिज्य बैंक र त्यत्तिकै संख्यामा रहेका फाइनान्स तथा वित्तीय संस्थाले कारोबार गर्न सकेका छैनन्। सबैजसो बैंकका एटिएम सुरक्षा कारण देखाउँदै बन्द भएका छन्। एटिएम कार्ड उपभोगकर्ता २५ किलोमिटर टाढा सिमरा पुगेर पैसा झिक्न बाध्य छन्।
आमनागरिक–बन्द हडताको चपेटामा परे पनि सरकारले समस्या सामधानमा भूमिका नखेलेको गुनासो जताततै छ। प्रमुख राजनीतिक दलसँग आबद्ध स्थानीय खुलेर आन्दोलनमा लागेको देखिन्छ। आन्दोलनक्रममा प्रहरीको गोलीबाट ६ जनाले मृत्यु भएपछि तनावपूर्ण बनेको वीरगन्जमा भदौ १४ देखि लागेको कर्फ्यु चार दिनअघि मात्र हटेको छ।
मुस्लिमको प्रमुख चाड बकरइदको अवसर पारेर आन्दोलनकारी पक्षले शुक्रबार र शनिबार आमहडताल खुकुलो पार्ने नीति लिए पनि व्यवहारमा त्यो लागू भएन। व्यापारी–व्यवसायी र आमनागरिकमा रहेको डरका कारण मुख्यबजारका अधिकांश पसल खुलेनन्। कतिपय व्यापारीले आधा सटर मात्रै उघारेको, पछाडि ढोकाबाट व्यापार गरेको दृश्य आदर्शनगर, माईस्थान र घन्टाघर क्षेत्रमा देखियो।
आर्थिक कारोबारको केन्द्र वीरगन्जबाट डेढ महिनादेखि राजधानीलगायत मुलुकका विभिन्न गन्तव्यमा सहज किसिमले सामान ढुवानी हुन नसकेको वीरगन्जका व्यापारी बताउँछन्। प्रशासनले भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानलाई सुरक्षासहित राजधानीलगायत मुलुकका विभिन्न क्षेत्रमा पठाउँदै आए पनि ३ दिन यता गाडी जान पाएका छैनन्। यहाँको व्यापार–व्यवसाय तथा आन्तरिक ढुवानी प्रणालीमा महŒवपूर्ण भूमिका खेल्ने हजारभन्दा बढी ठेलावाला बेकामे भएका छन्। आदर्शनगरमा ठेला चलाउने लक्षुमन यादव भन्छन्, 'हाम्रो रोजीराटी चल्न यहाँको यातायात चल्नुपर्छ, ट्रान्सपोर्ट चल्नुपर्छ।' एक महिनादेखि काम नपाएको उनले सुनाए। वीरगन्ज १३ का ५२ वर्षे शम्भु यादवले डेढ महिनाको अवधिमा ३ दिन मात्र काम पाएको बताए। '३ दिनमा जम्माजम्मी ४ सय ५० रुपैयाँ कमाएँ,' यादवले भने, 'बन्द–हडताल नभएका बेला दैनिक ८ सयदेखि हजार १२ सयसम्म कमाइ हुन्थ्यो।'
सामान्य अवस्थामा वीरगन्जबाट दैनिक करिब ५० ट्रक खुद्रा मालसामान मुलुकका विभिन्न क्षेत्रमा जाने गर्छ। त्यस्तै यहाँका औद्योगिक उत्पादन र आयातित वस्तु गरी करिब ५ सय ट्रक थोक सामान राजधानीलगायत विभिन्न क्षेत्रमा जाने गरेको व्यवसायी बताउँछन्। वीरगन्ज ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष हरेन्द्रप्रसाद साह काठमाडौंलगायत विभिन्न स्थानबाट पसलका सामानको माग आइरहे पनि पठाउन नसकेको बताउँछन्।
डेढ महिनादेखि कुनै सामान पठाउन नपाएको बताउँदै उनले भने, 'ट्रान्सपोर्ट सेवा व्यापारको मेरुदण्ड हो, बन्द र हडतालले त्यो नै भाँच्चिएको छ।' सुरक्षाका कारण सामान ढुवानी नसकेको र दसैंको मुखमा जताततैबाट माग आइरहे पनि पठाउन नपाएको उनको कथन छ। वीरगन्ज भानुमार्गस्थित नारायणी इन्टरप्राइजेजका कृष्ण गुप्ता बन्द–हडताल, कर्फ्युलगायत राजनीतिक अस्थिरताका कारण व्यवसायीले ठूलो घाटा व्यहोरिरहेको बताउँछन्। 'बैंकको ब्याज तिर्नैपर्छ, कर्मचारीलाई तलब खुवाउनैपर्छ, व्यापार हुँदै भएको छैन्,' गुप्ताले भने।