काठमाडौंं– वैशाख १२ गते आएको भूकम्प र लगातारकाे परकम्पका कारण बन्द भएको तातोपानी–खासा र रसुवागढी–केरुङ नाका अहिलेसम्म पनि बन्द नै छ।त्यसयता चीनबाट नेपाल भित्रिने सामग्री कोलकाता बन्दरगाह भएर नेपाल आयात भइरहेको थियो। तर, मधेसवादी दलका आन्दोलनका कारण भारतबाट आउने सामानको समेत आयातमा अवरोध भइरहेको अवस्थामा चीनको सामान भारतको बाटो आउने सम्भावना नै नरहेको हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुनप्रसाद गौतमले बताए। मधेसमा आन्दोलन जारी नै रहने र चीनतर्फका मुख्य दुई नाका पनि सुचारु नहुने हो भने मुखैमा आएको दशैंमा लत्ताकपडालगायत सामग्रीको अभाव तथा महँगो हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
'दुबैतिरका नाकामा यस्तै समस्या जारी रह्यो भने यसपालीको चाडपर्वमा लत्ताकपडाको अभाव हुने र मूल्य बढ्ने समस्या पनि आउन सक्छ,' गौतमले भने। चीनको खासा र केरुङबाट खासगरी तयारी पोशाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स सामानलगायत विविध सामग्री आउने गरेका छन् । दशैं, तिहार, छठजस्ता चाडपर्वमा आम नागरिकले लत्ताकपडा, जुत्ताचप्पल र विभिन्न इलेक्ट्रोनिक्स सामानहरु किन्ने प्रचलन पनि रहँदै आएको छ। नेपालमा भारतकाे तुलनामा चीनबाट आयात हुने तयारी पोशाकको खपत बढी छ।
'दशैंका लागि एक महिनाअघिदेखि नै दैनिक करिब ७० देखि १ सयभन्दा बढी कन्टेनर सामान भित्रिने गरेको तातोपानी नाका यसपाली भने वैशाख १२ पछि ठप्प छ,' महासचिव गौतमले भने, 'सामान लोड गरिसकिएका करिब ४ सय कन्टेनर मात्रै भूकम्पपछि बाटो खोलेर नेपाल भित्र्याईयो। त्यसपछि कुनै कन्टेनर भित्रिएको छैन।' लगातार २ महिनासम्म आएका ठूला परकम्पहरु कम हुन थालेपछि दुबै नाका सुचारु गर्ने व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष नेपाली व्यवसायीहरुले माग गर्दै आएका थिए। तर, व्यवसायीको मागअनुसार नाका खोलेर आयात–निर्यातलाई सुचारु गर्न सकिएको छैन ।
नाका खोल्ने विषयमा चीन सरकारसँग कुटनीतिक पहल गरिहेको मन्त्रालयले बताएको भए पनि हालसम्म नाका भने सुचारु हुन सकेको छैन। मधेसकेन्द्रित राजनीतिक दल तथा भारतले नेपालका सीमा नाकाहरुमा बढाएको अवरोधका कारण चीनतर्फको नाका सुचारु गराउन सरकारलाई दबाब भने बढ्दै गएको छ।
नेपालसँगको व्यापारलाई सुचारु गर्न चाहेको खण्डमा चीनले दुबै नाका करिब एक सातामै सुचारु गर्ने व्यवस्था मिलाउन सक्ने व्यवसायीहरु बताउँछन्। 'नेपालको असहज परिस्थितिलाई ध्यानमा राखेर चीनले पहल गर्ने हो भने दुई व्यापारिक नाका एकसातामै खुलाउन सक्छ,' महासचिव गौतमले भने, 'यसका लागि सरकारले कुटनीतिक पहललाई सक्रिय र प्रभावकारी बनाउनु आवश्यक छ।'
चीनबाट नेपालमा बढी परिमाणमा सामान आयात हुँदै आएको तातोपानी नाकाबाट चीनको खासा बजार करिब २० किलोमिटरको दूरीमा छ। तर, रसुवागढी नाकाबाट चीनको केरुङ उपत्यका करिब २६ किलोमिटरको दूरीमा पर्छ। 'हामीलाई केरुङबाटै सामान ल्याउने गरी रसुवागढी नाका सञ्चालनमा ल्याए पनि हुने थियो,' महासचिव गौतमले भने, 'केरुङबाट सामान ल्याउँदा पनि लागत खासै बढ्दैन। दुवै नाकाबाट सामान ल्याउने नेपालतर्फको बाटोमा भने कुनै समस्या छैन।'
केरुङबाट सामान आउने रसुवागढी नाकामासमेत नेपालले भन्सार कार्यालय, भण्डारण गर्ने ठाउँलगायत सबै पूर्वाधारको व्यवस्था गरिसकेकोले सामान आयातमा खासै समस्या देखिँदैन । 'चीन सरकारले चाहे हामी त्यो नाकाबाट सामान ल्याउन सक्छौं,' उनले भने, 'चीनले नाकामा भन्सार कर्मचारीलगायत अावश्यक व्यवस्था मिलाए नाका सुचारु गर्न खासै समय पनि लाग्दैन।'