एमआरपीको हल्लाले एलसी खोलिएन
०४ असोज २०७२
•
६ मिनेट पाठ
एमआरपीको हल्लाले एलसी खोलिएन
काठमाडौं- सरकारले बजारमा बिक्री वितरण हुने वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नियम ल्याउन लागेको हल्ला चलेपछि व्यापारीले विदेशबाट सामान आयातको लागि एलसी (लेटर अफ क्रेडिट) खोल्न रोकेका छन्।




हिन्दु धर्म मान्ने नेपालीको ठूलो चाड दसैं, तिहार नजिकिए पनि सामान आयातका लागि एलसी नखोलिएको व्यापारीले बताएका छन्। गत वर्ष भदौ मै एलसी खोलेर सामान ल्याएका व्यापारीले यस वर्ष एमआरपीको सूचना निस्किने हल्ला चलेपछि प्रक्रिया रोकेको बताएका छन्।

सरकारले उपभोग्य वस्तुको एमआरपी तोक्ने बताएपछि व्यापारीले एलसी नखोली बसेको नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले बताए। 'व्यापारीले एउटा मूल्यमा सामान अर्डर गर्छन्, सरकारले अर्को मूल्य तोकिदियो भने समस्या हुन्छ,' अग्रवालले भने, 'एमआरपीबारे सरकारले आधिकारिक धारणा नल्याएसम्म एलसी खोल्न सकिन्न।'

सरकारले असोज ११ गतेबाट उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य तोक्ने बताइसकेको छ। व्यापारीले त्यसको विरोध गर्दै आएका छन्। सरकारले मूल्य तोक्ने नभई बजार अनुगमनलाई बलियो र चुस्त पार्नुपर्ने व्यवसायीको भनाइ छ।

व्यापारी र सरकारबीच भएको वार्तामा पनि सरकारी पक्षले एमआरपी तोक्नै पर्ने र व्यापारीले नहुने अड्डी कसेपछि दसैंमा आवश्यक वस्तु अभाव हुने अवस्था आएको बताइन्छ। बन्दले अस्तव्यस्त बनेको बजारमा एमआरपीले अझ समस्या थप्ने व्यवसायीको भनाइ छ।

गत वर्ष भदौ १५ अघि नै ५ हजारभन्दा बढी ट्रक, कन्टेनर काठमाडौंमा भित्रिएका थिए। अहिले एक महिना बित्न लाग्दा पनि सामान बोकेको ट्रक काठमाडौं नभित्रिएको अग्रवालले बताए। 'कोलकातामा १० हजारभन्दा बढी कन्टेनर बन्दको चपेटामा परेका छन्। यसको असर नजिकिँदै गरेको चाडपर्वमा पर्ने निश्चित भएको उनको भनाइ छ।

यही बेला सरकारले अधिकतम मूल्य तोक्ने बताएपछि व्यापारी एलसी खोल्नबाट पछि हटेका हुन्। सामान बोकेर आइरहेका मालबाहक ट्रक र कन्टेनर बीच बाटोमै थन्किएपछि दसैं, तिहारमा अभाव हुने डर बढेको हो।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मूल्य तोक्नु खुला बजार अर्थतन्त्रको भावना विरोधी भएको बताए। 'सामानको मूल्य बजार आफैंले निर्धारण गर्छ,' उनले भने, 'राज्यले कुनै पनि वस्तुको मूल्य निर्धारण गर्न मिल्दैन।'

सरकारले बजार अनुगनमलाई बलियो बनाउन सक्नुपर्ने उनको भनाइ छ। 'अनुगमन बढाएर दोषी देखिए कानुन अनुसार कारबाही गर्नुपर्छ,' उनले भने।

चेम्बर महासचिव अग्रवालले नेपालको भौगोलिक अवस्थाका कारण पनि एमआरपी तोक्न नमिल्ने बताए। 'नेपालको भौगोलिक अवस्था, ट्रान्जिट लागत, डलरको मूल्यमा हुने उतारचढावका कारण पनि मूल्य तोक्न मिल्दैन,' उनले नागरिकसँग भने, 'भन्सारमा एमआरपी तोकेपछि त्यही मूल्यमा देशभर बिक्री गर्न कठिन हुन्छ।'

'भन्सारमा तोकिएको मूल्यमा व्यापारीले सामान बिक्री गर्न सक्दैनन्। भन्सारमा तोकिएको मूल्यमा दुर्गम जिल्लामा सामान पुर्या उन नसकिने व्यापारीको भनाइ छ। स्वदेशमा उत्पादन हुने वस्तुको एमआरपी मात्रै तोक्न सकिने व्यवसायीको भनाइ छ। आयात गरेर ल्याउने सामग्रीको एमआरपी तोक्दा व्यावहारिक नहुने उनीहरु तर्क गर्छन्।

बन्दले सहज रुपमा सामान आयात हुन नसकेपछि सरकारले स्कर्टिङमार्फत ट्रक र कन्टेनरलाई काठमाडौं भिœयाइरहेको बताएको छ। त्यो पर्याप्त होइन। 'अहिले सरकारले २० प्रतिशत ट्रक, कन्टेनरलाई मात्रै स्कर्टिङ गरेर ल्याइरहेको छ,' एक व्यापारीले भने, 'यसले देशभरको मागलाई सम्बोधन गर्न सक्दैन।'

गत वर्ष यो बेला चाडपर्व लक्षित सम्पूर्ण सामान काठमाडौं भित्रिएको व्यवसायीको दाबी छ। अहिले लगातार तराई बन्द र एमआरपीको हल्लाले नआएको उनीहरु बताउँछन्। आगामी तीन दिनभित्र सम्पूर्ण सामान काठमाडौं नआए गाउँगाउँमा पुर्याेउन नसकिने व्यापारी बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस