काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत यस वर्षको कोरिया भाषा परीक्षामा कुल ४३ हजार ४ सय ६ जना सामेल भएका छन्।कुल ५१ हजार १ सय ३७ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । असोज २ र ३ गते काठमाडौंका विभिन्न १५ वटा र पोखराका विभिन्न तीनवटा केन्द्र गरी १८ वटा केन्द्रमार्फत परीक्षा लिइएको इपिएस कोरिया शाखाका कार्यकारी निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए।
परीक्षामा अनियमितता गर्ने र अरुका नाममा परीक्षा दिन गरी कुल १ सय १२ जना पक्राउ परेको उनले बताए । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारवाही गरिने जानकारी दिए ।
सन् २०१५ का लागि एचआरडी कोरियाले कोरियाले यस वर्षका लागि कुल ७ हजार १ सय कामदारको कोटा निर्धारण गरेको छ । यस मध्ये औद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालनतर्फ २ हजार २ सयको कोटा प्राप्त भएको शाखाले जानकारी दिएको छ। परीक्षा दिएका मध्येबाट त्यती नै संख्यामा उत्कृष्टताको आधारमा कामदार छनोट गर्ने तयारी शाखाको छ। नेपालसहित कोरियाले १५ देशबाट कामदार लाँदै आएको छ।
गत वर्ष इपिएस कोरिया परीक्षाका लागि करिब ६० हजारले आवेदन दिएकोमा नेपालका लागि करिब ४ हजारको कोटा छुट्टयाइको थियो।
परीक्षाको नतिजा असोज २१ गते प्रकाशित गरिने शाखाले जानकारी दिएको छ।